पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।  ...

बाँके:     नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ ।       निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताउनुभयो ।       उहाँका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ ।       अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयोे, “हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ । यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौँ ।”       रङ्गशालामा रहनुभएका निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो रु आफूहरूले पनि खोजी गरिरहेको बताउनुभयो । उहाँले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयम आफूहरूले  पनि बुझ्न नसकेको बताउनुभयो ।       राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई रु नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकामा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त ९जुन १५० मा मात्र काम सम्पन्न गरेको थियो । 

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।   आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।   उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’  विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’  र भण्डारढिकबीच खेल्नेछ ।  तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।   चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच  हुनेछ ।   छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।   सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।  

पोखरा:   ​ गण्डकी प्रदेश मुवाँथाई संघको संयोजकमा मिलन थापा चयन भएका छन् । पोखरामा आज (बुधबार) सम्पन्न भएको गण्डकी प्रदेश मुवाँथाई संघ तदर्थ समितिको भेलाले थापालाई संयोजनमा चयन गरेको हो ।  मुवाँथाई संघको सहसंयोजकमा सुनिल तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर पुन, माउ तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, आशिष श्रीस, पदमा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् ।   तदर्थ समितिले प्रथम अधिवेशन गर्ने गरी समिति गठन गरिएको गण्डकी प्रदेश मुवाँथाई संघले जनाएको छ । 

पोखरा:     १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो । बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ ।  मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो ।  अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए ।  

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका आज (मंगलबार) ९ खेल सम्पन्न भएका छन् ।   सेडुअल अनुसार १२ खेल हुने भनिएपनि प्रतिकुल मौसमका कारण ९ खेलमात्रै सम्पन्न भएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।   उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा आज भएको पहिलो खेलमा क्याफे क्यामेलिया टिम एले छोरेपाटनलाई ३–० गोल अन्तरले पराजित गर्याे ।   यस्तै दोस्रो खेलमा क्याफे क्यामेलिया टिम बिले नयाँगल्लीलाई २–१ गोल अन्तरले हरायो ।    तेस्रो खेलमा कस्केरी टोलले पोखरा म्युजिकल हाउसलाई ३–० गोल अन्तरले पराजित गर्यो   भुजुङ युथ क्लब र मार्सल युथ क्लबबीच भएको चौंथो खेल गोलरहित भएपछि टाइब्र्रेकरमा मार्सलले २–० गोल अन्तरले जित हाँसिल गर्याे ।   यस्तै कमल पोखरी र मिक्की एफसीबीच भएको पाँचौ खेलपनि १–१ को बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा कमलपोखरीले ३–२ गोल अन्तरले जित निकाल्दै कमलपोखरी अघिल्लो चरणमा प्रवेश गर्याे  ।   छैटौं ​खेलमा गेमशालाले माछापुच्छ्रेलाई १–० हरायो ।   सातौं खेलमा ब्याम्बो एफसीलाई क्रस एफसीले ५–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।    आठौ खेलमा केआइइसी बुनले वल्ड हाउसलाई २–० गोलले पराजित गर्दै बुन अघिल्लो चरणमा प्रवेश गर्याे ।    आज भएको अन्तिम खेलमा मिलन टोलले अम्र्या कन्स्ट्रक्सनलाई २–० गोल अन्तरले हरायो ।    अब बुधबार पनि ११ वटा खेलहरु सञ्चालन गरिने थपलियाले बताए । उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।   उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।   यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।   प्रतियोगितामा कुल ६१  टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

काठमाडौँ:   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गर्नुभएको छ ।   अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गर्नुभएको हो ।   त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको कामना गर्नुभयो ।   कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो ।   यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।

काठमाडौं:     साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।   भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।  उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।

पोखरा  महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक  हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ ।   हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    उक्त प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए ।   यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार  पुरस्कृत भए ।       यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए ।   विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका  प्रमुख  अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदाता लगायतले पुरस्कार वितरण गरे ।    प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान  गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो ।    हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।   कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।      

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन (सोमबार) पनि १२ वटा खेलहरु हुने भएको छ ।   आयोजकका प्रतिनिधि आकाश थपलियाका अनुसार आगामी ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगितामा पहिलो चरणकै खेल जारी रहेको छ ।   सोमबार पहिलो खेल लेकसिटी र अर्चलबोटबीच हुनेछ । यस्तै दोस्रो खेल कोमागाने र बिवाइवाईसीबीच हुनेछ ।     तेस्रो खेलमा पसगाउँ र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । चौंथो खेल मिक्की एफसी र सन्तोष मेमोरियल, पाँचौ खेलमा अनिश एफसी र भण्डारढिक, छैटौं खेल युनाइटेड बगर र ट्रिपल ए बीच हुनेछ ।   सातौ खेलमा नदीपुर र एम ३२ मजुवाबीच प्रतिस्पर्धा हुनेछ ।    यस्तै आठौं खेल रामघाट र सनराइज, नवौं खेलमा क्याफे क्यामेलिया र छोरेपाटन, दशौं खेलमा वल्ड हाउस र केआइइसी, एघारौं खेलमा आम्र्या कन्सट्रक्सन र मिलनटोल र अन्तिम खेलमा कसेरी १ र आर १० रामबजारबीच प्रतिस्पर्धा हुने थापलियाले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।   उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।   यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।   आज पनि पहिलो चरणकै १२ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।