काठमाण्डाै: सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो। शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले कालो सूचीमा पर्ने ऋणीहरूको नामावली जो सुकैले हेर्न मिल्ने गरेर कर्जा सूचना केन्द्रको वेबसाइटमा राख्न नहुने उल्लेख गरेको छ। आइएमएफले हालै सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदन ुफाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यूु मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित भएर तयार पारिएको यो प्रतिवेदनमा यस्तो सुझाव समेत दिइएको हो। नेपाल राष्ट्र बैंक ऐनले कालो सूचीमा राख्नुपर्ने व्यवस्था गरेको छ, तर यो जो सुकैले प्राप्त गर्ने गरी राख्नु हुँदैन,ु आइएमएफको सो प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तो जानकारी सार्वजनिक गरिदा ग्राहकको गोपनियतामा अनावश्यक हस्तक्षेप गर्ने र यस्ता जानकारीको दुरुपयोग भएर असर पुग्न सक्ने आइएमफले उल्लेख गरेको छ। यो सूचीमा दशकौंदेखिको नामावली रहिरहेकोमा पनि आइएफएफले चिन्ता व्यक्त गरेको छ। आइएमएफकाअनुसार सामान्यतया कर्जा सूचना प्रणालीबाट आधिकारीक प्रयोगकर्ताको निश्चित उद्देश्य ९कर्जा वा रोजगारी० को लागि मात्रै यस्ता जानकारीको उपलब्ध गराइन्छ। तर, कसैले जागिर गुमेको कारण वा स्वास्थ्यमा समस्या आएको कारण पनि ऋण भुक्तानीमा समस्या व्यहोरिरहेको हुन सक्ने र हिनताबोधको कारण ऋणीले सार्वजनिक सेवा लिन नसक्ने अवस्था आउनसक्ने भन्दै आइएमएफले नामावली जोसुकैको पहुँचमा पुग्ने गरी सार्वजनिक नगर्न सुझाएको छ। राष्ट्र बैंकले समेत केही समय अघि ऋण नतिरेर कालो सूचीमा परेकाहरूको जानकारी पत्रपत्रिकामा सार्वजनिक गर्दा ऋणीको फोटोको प्रयोग नगर्न निर्देशन दिएको थियो। ब्याजदरमा सिलिङले लघुवित्तको हित गर्दैन आइएमएफले लघुवित्तहरूले जारी गर्ने कर्जामा लगाइएको सिलिङले यी संस्थाहरूको दिगोपना समस्यमा आउने समेत उल्लेख गरेको छ। प्रतिवेदनले लघुवित्तहरूको ब्याजदरमा सीमा नलगाउन सुझाव दिइएको छ। अहिले लघुवित्तले कर्जामा १५ प्रतिशत ब्याजदर लिइरहेका छन्, तर १७ देखि १८ प्रतिशतसम्ममा सापटी लिइरहेका छन्, त्यसैले यसमा दिगोपना छैन, आइएमएफको प्रतिवेदनमा भनिएको छ। लघुवित्त कम्पनीहरूको ब्याज मार्जिनलाई नकारात्मक पारिरहेको प्रतिवेदनमा उल्लेख छ। हाल लघुवित्तहरूको कर्जामा ब्याजदर १५ प्रतिशत र सेवा शुल्क १।५ प्रतिशत तोकिएको छ। आइएमएफले लघुवित्त कम्पनीहरूलाई समेत आधारदर गणना गर्न लगाएर त्यसमा प्रिमियम लिन सक्ने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ। यसो गर्दा लघुवित्तमा महत्वपूर्ण शर्त सहितको आधारभूत डिस्क्लोजर बनाउने, लघु कर्जालाई स्पष्ट परिभाषित गर्ने, ब्याजदर पारदर्शी र कर्जा लिन सकिने गरी बनाउनुपर्नेमा आइएमएफले जोड दिएको छ।
काठमाण्डौ: पशु सेवा विभागले आज आइतवारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान आजदेखि शुरु गरेको हो । काठमाण्डौका विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको हो । कलङ्की खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा थानकोट दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारको होल्डिङ तथा सङ्कलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम शुरु गरिएको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । पशु चिकित्सकले दसैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ । दशैँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना भएकाले परीक्षणमा कडाइ गरिएको विभागले जनाएको छ । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न पनि विभागले सुझाव दिएको छ ।
जिल्ला प्रहरीले १० लाख रूपैयाँ बराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो। दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए। ती औषधि नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ थियो। भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
धादिङ: धादिङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज आइतवार धादिङबेसीबाट ताजिम्राङका लागि छुटेको जीप सातदोबाटोमा दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १६ वर्षका अनुरुप तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय गुम्दी स्वास्थ्य चौकीमा सातदोबाटोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । मे १ ज ख २६६९ नम्बरको जीप आज दिउँसो ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौ किलो नजिक बाप्र ०२ ०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो। आज बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
गलकोट: नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ। अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन्। देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन्। उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन्। जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताए। ुजमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरूु, माझीले भने, ुघटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ।ु माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ। घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ। यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन्। तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताए। खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ। ुजुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छु, सोमबहादुरले भने। दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन्। माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ। पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन्। दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दुःखेसो उनीहरूको छ। न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन्।
काठमाण्डौ: सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएको छ । विभिन्न माग राखेर काठमाण्डौमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच गएराति सहमति जुटेको हो । सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ । स्थानीयका कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने सहमति जुटेको छ। यस्तै, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्न र यस्तो पदमा ऐन प्रारम्भ भएको मितिले पाँच वर्षसम्म सङ्घीय निजामती सेवाका कर्मचारी खटाउने व्यवस्था समावेश गर्न उपयुक्त हुने गरी सहमति जुटेको छ । सङ्घ, प्रदेश र पालिका तीनै तहमा तहगत प्रणाली लागू गर्ने विषयमा पनि सहमति जुटेको छ । सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ । सङ्घीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै कर्मचारी विगत १४ दिनदेखि आन्दोलनमा थिए । कर्मचारीसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । आन्दोलनरत कर्मचारीका तर्फबाट दीपक गौतमको नेतृत्वमा टोली बनेको थियो ।
काभ्रेपलाञ्चोकमा पुनःडेंगीको संक्रमण देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेंगी संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेंगी संक्रमित बढेर हाल एक सय तीन पुगेको हो। सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ संक्रमित रहेको जनाइएको छ । संक्रमितमध्ये २० महिला र २१ पुरुष छन्। यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेंगी संक्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक जना संक्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताए। उनका अनुसार केही दिन डेंगी संक्रमण बढ्नसक्ने अनुमान गरिएको छ। संक्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगीबाट संक्रमित भइसकेका छन्।डेंगीको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो। डेंगीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ। लामखुट्टेले बसोबास गर्नसक्ने गाडीसवारी एवं यातायातका साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ, मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ। लामखुट्टेको टोकाइबाट डेंगी रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ।