खेलकुद शिक्षा र व्यवस्थापनलाई अघि बढाउन गण्डकी विश्वविद्यालय र खेलकुद मन्त्रालयबिच समझदारी
पाेखरा | भदौ १९, २०८२

पोखरा: नेपालमा खेलकुद शिक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा गण्डकी विश्वविद्यालय र युवा तथा खेलकुद मन्त्रालयबिच छलफल भएको छ ।
खेलकुद मन्त्री तेजुलाल चौधरी र गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाको नेतृत्वकाबिच बिहीबार सहकार्यका प्राथमिक क्षेत्र पहिचान गर्दै आवश्यक कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्रालय सचिव डा। हरि प्रसाद लम्साल र गण्डकी विश्वविद्यालय ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट ९बिएसएम०का संयोजक डा। मधुसुदन सुवेदी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला प्रमुख रवी भण्डारीसहितका टोली सहभागी थिए ।
छलफलमा नेपालकै पहिलो पटक सञ्चालनमा आएको खेलकुद व्यवस्थापन विषयको स्नातक तह कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विस्तृत विचारविमर्श गरिएको थियो ।
यस क्रममा विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्यले खेलकुद शिक्षा र व्यवस्थापनलाई अझ व्यवस्थित ढंगले अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको बिएसएम कार्यक्रम संयोजक डा। मधुसुदन सुवेदीले जानकारी दिए ।
यससँगै राष्ट्रिय खेल संघहरूको संभावित संलग्नता, स्नातक विद्यार्थीहरूको भविष्य व्यवस्थापन तथा खेलकुद क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने विषयलाई पनि छलफलमा प्राथमिकताका साथ उठाइएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, शैक्षिक प्रयोजनका लागि पोखरा रंगशालाको उपयोग गर्ने सम्भावना, विद्यार्थी तथा खेलाडीलाई छात्रवृत्ति सहयोग उपलब्ध गराउने व्यवस्था, विद्यालय तहका शिक्षकहरूका लागि छोटो अवधिका तालिम सञ्चालन गर्ने आवश्यकताका विषयमा पनि छलफल भएको थियो ।
यस्तै स्नातक विद्यार्थीहरूको डिग्री प्रयोजनलाई प्रादेशिक तथा संघीय तहसँग जोड्ने विषयमा पनि छलफल भएको बिएसएम कार्यक्रम संयोजक डा।सुवेदीले जानकारी दिए ।
छलफलले सबै एजेन्डामा सहमति जनाउँदै सहकार्यलाई ठोस रूपमा अघि बढाउने र खेलकुद शिक्षा तथा व्यवस्थापनलाई संस्थागत ढंगले विस्तार गर्ने विषयमा सकारात्मक निष्कर्षमा पुगेको सुवेदीको भनाइ छ ।
काठमाडौं: सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । &lsqu...
चितवन: नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले ...
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अ...