शुभ अधिकारी ट्राभल्सद्वारा एसि सोफा र स्लिपर सहितको पर्यटकीय बस सञ्चालन
पाेखरा | भदौ १९, २०८२

पोखरा: शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसि, सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ ।
बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शुभ अधिकारी ट्राभल्सले बुधबारदेखि सञ्चालन हुने गरि पोखरा काठमाण्डौको र काठमाण्डौं पोखराका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।
बुधबार पोखरा ५ का स्थायिन बयोवृद्ध द्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गरे । सो अवसरमा वोल्दै पोखरा ५ का स्थानिय केदारनाथ बरालले शुभ अधिकारी ट्राभल्सले समयको माग अनुसार बसहरु सञ्चालन गर्दै आइरहेको बताए । ट्राभल्सले नेपालमा मात्र नभइ भारतका विभिन्न धार्मिक स्थलहरुमा समेत यातायातको सेवा प्रदान गर्दै आएकाले शुभ अधिकारी सम्पूर्णमा लोकप्रिय बनेको उनको भनाइ रहेको थियो ।
त्यसैगरी अर्का स्थानिय बिमल तिमिल्सिनाले शुभ अधिकारीले सुविधासम्पन्न बस सञ्चालन गर्ने बेलादेखीनै आफुले नजिकबाट नियाल्दै आएको बताए । आफ्ना सम्पूर्ण परिवार र नातागोता आफन्तले समेत शुभ अधिकारी ट्राभल्स मार्फत नै यात्रा गर्ने गरेको बताए ।
सो अवसरमा वोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्ष अगाडिदेखि पोखरा बाग्लुङबाट बस सञ्चालन शुरु गरि अहिले नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतका विभिन्न शहरहरुमा समेत बस सञ्चालन गर्दै आएको बताए । शुभ अधिकारीले समयको माग अनुसार बस सञ्चालन संगै भाडामा समेत एकरुपताका साथ सञ्चालन गर्दै आएको समेत थापाले बताए ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर टिकाराम अधिकारीले समयको माग अनुसार पोखरा देखि काठमाण्डौ सम्म पर्यटकीय बस सञ्चालन गर्ने उद्देश्य अनुसार २०७२ सालदेखि पर्यटकीय बस सञ्चालन गर्दै आइरहदा बुधबार देखि सुरु भएको बस आफुले सञ्चालन गरेको अन्य बस भन्दा भिन्न रहेको बताए ।
आफुले विदेशी पर्यटकलाई भन्दापनि स्वदेशी खास गरी बृद्ध आमा बुवाहरुलाई लक्षित गरी हरियो प्लेटको सवारी सञ्चालनमा ल्याएको बताए । बुधवार देखि सुरु भएको बसको भाडा पोखरा देखि काठमाण्डौंको चक्रपथ, बसुन्धारा, चाबेल, बौद्ध जोरपाटी, नारायणटार हुँदै साखु सम्म १२ सय रुपैया तोकिएको र त्यसमा यात्रुहरुले सोफा सिट, स्लिपर सिट, एसी, ब्लांकेट, मोबाइल चार्जर खाजा र पानीको सुविधा प्रदान गरिने अधिकारीले बताए । काठमाण्डौको सांखुदेखि बौद्ध जोपाटी चाबहिल चक्रपथ, गोंगबु कलंकी हुदै पोखरा आउने उक्त बस सेवामा यात्रुको चाप बढेपनि भाडामा कुनैपनि फेरबदल नहुने उनको भनाइ रहेको छ ।
३७ सिट, ४ वटा स्लिपर रहेको र भाडा १२ सय कायम गरिएको छ । २ करोड ५० लाखमा सञ्चालनमा ल्याइएको उक्त बस पोखराबाट सांझ ७ बजे र बिहान ७ बजे र काठमाण्डौंको सांघुबाट ६ः ४५ मा छुट्ने अधिकारीले बताए ।
काठमाडौं: सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । &lsqu...
चितवन: नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले ...
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अ...