पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको छ। यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । आर्थिक व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै अगाडि रहेको सिटिजन फर्निचरले फर्निसिङ सप्लायर्स पनि विस्तार गरेको छ । पोखरा न्यूरोड स्थित सिटिजन फर्निचर ट्रेड लिन्क प्रालिसँगै आडमै अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका सामानका साथै फर्निसिङका सामान एकै ठाउँबाट लिन सकिने प्रोप्राइटर दीपक कार्कीले बताए । सप्लायर्समा आधुनिक डिजाइनका पर्दा, कार्पेट, तन्ना, सिरानी, ब्लांकेट, गलैंचा लगायतका सामानहरु उपलब्ध छन् । सुपथ मूल्यमा किफायति सामानका लागि सिटिजन फर्निचरमा ग्राहक पुग्ने गरेको र यसै विश्वासलाई सदैव कायम राख्ने सञ्चालक कार्की बताउँछन् । ‘सिटिजन फर्निचर पोखरेलीका लागि नौलो नाम होइन । ग्राहकको विश्वासले नै हामी फैलिरहेका छौँ । बिजनेश राम्रो छ ।’ कार्कीले भने– ‘व्यवसायिक हिसाबमा मात्रै होइन, हामी सामाजिक सहयोगमा पनि उत्तिकै अग्रसर छौँ । समाजमा जस्तोसुकै राम्रो काममा हाम्रो सहभागिता रहनेछ ।’ सिजिटनको आफ्नै फ्याक्ट्रीमार्फत समेत सामान उत्पादन गर्ने भएकाले पनि टिकाउ र राम्रो छ । करिब ११ बर्षदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले गुणस्तरीय सामान सुलभ मूल्यमा बिक्री गर्दै आएको कार्कीको भनाई छ । ‘खान पुगेकै छ, दिएरै बाँच्न सकूँ’ भन्ने भावका साथ सेवाग्राहीसँग हंसचेहराका साथ प्रत्यक्ष भेटिने कार्की ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै सिटिजनको विशेषता रहेको बताउँछन् । विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अन्तर्राष्ट्रिय ब्राण्डका अफिस कुर्ची, टेबुल, दराज, सोफा सेट, डाइनिङ टेबुल, पलङ, टि टेबल, लगायतका सामान पाइन्छन् ।
पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा आयोजना गरीएको प्रदर्शनीमा किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसि ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितिय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने शान्वता भएका थिए । उनिहरुलाई क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार रकम सहित सम्मान गरिएको थियो । प्रर्दशनीमा एकै घरबाट ५ वटा भन्दी बढी खशिबोका ल्याउने किसानलाई पनि पुरस्कार प्रदान गरिएको थियो । १२ जना किसानलाई जनही २ हजार प्रोत्साहन रकम प्रदान गरिएको हो । यसैगरि प्रदर्शनीमा खशिबोका सहित सहभागि हुने किसानलाई १ सय रुपैया दिइएको थियो । प्रदर्शनीमा प्रथम हुने महिला पशुपालक डिलु खनालले ४३ वटा बाख्रा पालेको र उनको खशि ७५ किलोको रहेको थियो।प्रर्दशनीको उदघाटन गर्दे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति असंभव हुने बताए । सो अबसरमा उनले अर्को बर्ष पोखरा प्रर्दशनी केन्द्रमा ब्यबस्थित तरिकाले किसानका स्थानिय उत्पादनका खशि बोका बिक्रि गर्ने ब्यबस्था मिलाउने जानकारी दिए । सो अबसरमा पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले महानगरले पशुपालनमा गरेको लगानी खेर नगएको बताए । कृषिमा लगानी गरेर प्रतिफल आउदैन भन्नेहरुका लागि यो एउटा उदाहरण भएको उनको भनाई थियो । पोखरा महानगरपालिका आर्थिक बिकास महशाखा प्रमुख मनोहर कडरीयाले पकेट क्षेत्रले आफुलाई सफल बनाएकोमा धन्यबाद दिए । कृषि अब आत्मर्निभरतामा जान आबस्यक रहेको उनको भनाई थियो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम हप्ता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिनुुभयो । ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उहाँले भन्नुुभयो, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’ दरखोला दोस्रो लघुुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिका तथा जिल्ला समन्वय समिति दुवैले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुभयो । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् । ‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भन्नुभयो, ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’ विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिरोले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।
काठमाण्डौ:नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्छ । यस वर्ष काठमाण्डौ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाइएको छ ।
७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्। सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। अग्निसाइर कृष्णसवरण नगरपालिका(२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका(१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो। विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो। चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र-१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो।
झापामा बालिकामाथि बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरूष पक्राउ परेका छन्। ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका-५ का ५५ वर्षीय फुलसिंह ताजपुरिया पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। ताजपुरियाविरूद्ध पीडितका परिवारले घर निजिकै खेल्न गएकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको भन्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाजुरा: जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सार्वजनिक गर्नुभएको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो । यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो । बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिनुभयो । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए । महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् । स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । रासस
कालीकोट: कालीकोटको सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा रास्कोट नगरपालिक -७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै ज्यान गएको हो । शान्तिघाटबाट जितेडाका लागि छुटेको जीप अनियन्त्रियत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गलकोट: बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खे पिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भन्नुभयो, “दश वर्ष अघि मालिकाको पञ्चासेमा चर्खे पिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खे पिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उहाँका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० रुपियाँ हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपियाँमै तयार गर्न सकिने उहाँको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दसैँ तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसैँ र तिहारमा हालिएको चर्खे पिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्त्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो) को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसैँ सुरु हुनु महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खे पिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खे पिङ देख्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तहले चर्खे पिङ संरक्षण नगरे भविष्यमा देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरू जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खे पिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ ।