पाँचथर: पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको ज्यान गएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो । हिजो आइतवार दिउँसो ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो । मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो । प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर त्यही कम्पनीमा आबद्ध भइ काम गरिरहनुभएको थियो ।
प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए। प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो। वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो। नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
सोलुखुम्बु: सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा.साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका जर्मन नागरिक त्यसपछि सम्पर्कमा नआएका भन्ने परिवारको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ । गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ ।
काठमाण्डौ: सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा आइतवार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । नेपालबाट हिजो मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावकै कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो। भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल(मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११।१८ र रु ५।०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो । रासस
दार्चुला: दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
काठमाण्डाै: सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो। शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले कालो सूचीमा पर्ने ऋणीहरूको नामावली जो सुकैले हेर्न मिल्ने गरेर कर्जा सूचना केन्द्रको वेबसाइटमा राख्न नहुने उल्लेख गरेको छ। आइएमएफले हालै सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदन ुफाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यूु मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित भएर तयार पारिएको यो प्रतिवेदनमा यस्तो सुझाव समेत दिइएको हो। नेपाल राष्ट्र बैंक ऐनले कालो सूचीमा राख्नुपर्ने व्यवस्था गरेको छ, तर यो जो सुकैले प्राप्त गर्ने गरी राख्नु हुँदैन,ु आइएमएफको सो प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तो जानकारी सार्वजनिक गरिदा ग्राहकको गोपनियतामा अनावश्यक हस्तक्षेप गर्ने र यस्ता जानकारीको दुरुपयोग भएर असर पुग्न सक्ने आइएमफले उल्लेख गरेको छ। यो सूचीमा दशकौंदेखिको नामावली रहिरहेकोमा पनि आइएफएफले चिन्ता व्यक्त गरेको छ। आइएमएफकाअनुसार सामान्यतया कर्जा सूचना प्रणालीबाट आधिकारीक प्रयोगकर्ताको निश्चित उद्देश्य ९कर्जा वा रोजगारी० को लागि मात्रै यस्ता जानकारीको उपलब्ध गराइन्छ। तर, कसैले जागिर गुमेको कारण वा स्वास्थ्यमा समस्या आएको कारण पनि ऋण भुक्तानीमा समस्या व्यहोरिरहेको हुन सक्ने र हिनताबोधको कारण ऋणीले सार्वजनिक सेवा लिन नसक्ने अवस्था आउनसक्ने भन्दै आइएमएफले नामावली जोसुकैको पहुँचमा पुग्ने गरी सार्वजनिक नगर्न सुझाएको छ। राष्ट्र बैंकले समेत केही समय अघि ऋण नतिरेर कालो सूचीमा परेकाहरूको जानकारी पत्रपत्रिकामा सार्वजनिक गर्दा ऋणीको फोटोको प्रयोग नगर्न निर्देशन दिएको थियो। ब्याजदरमा सिलिङले लघुवित्तको हित गर्दैन आइएमएफले लघुवित्तहरूले जारी गर्ने कर्जामा लगाइएको सिलिङले यी संस्थाहरूको दिगोपना समस्यमा आउने समेत उल्लेख गरेको छ। प्रतिवेदनले लघुवित्तहरूको ब्याजदरमा सीमा नलगाउन सुझाव दिइएको छ। अहिले लघुवित्तले कर्जामा १५ प्रतिशत ब्याजदर लिइरहेका छन्, तर १७ देखि १८ प्रतिशतसम्ममा सापटी लिइरहेका छन्, त्यसैले यसमा दिगोपना छैन, आइएमएफको प्रतिवेदनमा भनिएको छ। लघुवित्त कम्पनीहरूको ब्याज मार्जिनलाई नकारात्मक पारिरहेको प्रतिवेदनमा उल्लेख छ। हाल लघुवित्तहरूको कर्जामा ब्याजदर १५ प्रतिशत र सेवा शुल्क १।५ प्रतिशत तोकिएको छ। आइएमएफले लघुवित्त कम्पनीहरूलाई समेत आधारदर गणना गर्न लगाएर त्यसमा प्रिमियम लिन सक्ने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ। यसो गर्दा लघुवित्तमा महत्वपूर्ण शर्त सहितको आधारभूत डिस्क्लोजर बनाउने, लघु कर्जालाई स्पष्ट परिभाषित गर्ने, ब्याजदर पारदर्शी र कर्जा लिन सकिने गरी बनाउनुपर्नेमा आइएमएफले जोड दिएको छ।