गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

कालीकोट:   जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईको मृत्यु भएको जानकारी दिनुभयो ।  चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लमजुङ:    बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन ।  तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । “हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौँ पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन”, उहाँले भन्नुभयो,“यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।” स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताउनुभयो ।  वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताउनुभयो ।  “दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन”, उहाँले भन्नुभयो । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।  विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्याएको थियो ।  पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस÷विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि रु ५५ लाखमात्र बजेट रहेको बताउनुभयो । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उहाँको भनाइ छ ।  “बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ”, इ अधिकारीले भन्नुभयो ।    पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।   दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । 

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।   काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।   दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।   उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ ।

चितवन:   जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो । जिल्लाका १ सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या आएपछि सङ्घले प्रशोधन र बजारीकरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार सङ्घले साधारणसभाबाट उक्त निर्णय गरेर काम अघि बढाएको हो ।बागमती प्रदेश सरकारको सहयोगमा भरतपुरमा चिस्यान केन्द्र बनाउने तयारी गरिएको छ ।  दुग्ध विकास संस्थानका जिल्लामा रहेका सात चिस्यान केन्द्रबाट दूध सङ्कलन गरी प्रशोधन र बजारीकरण गर्ने तयारी गरिएको बगालेले बताउनुभयो । कृषि मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । दूध प्रशोधन गरेर पाउडरदूध, पनिर, घिउलगायत दुग्धजन्य पदार्थ सहकारीमार्फत बजारमा लैजाने तयारी सङ्घको छ । सङ्घले यसअघि दाना उत्पादन गरेर सहकारीमार्फत कृषकलाई बिक्री गर्दै आएको छ ।  अध्यक्ष बगालेले भन्नुभयो, “२–३ महिनाभित्रमा हामी चक्लेट उत्पादन गर्दछौँ, अरु काम क्रमशः हुँदै जान्छ ।” उहाँका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये १ लाख ५१ हजार सहकारीमार्फत बजारमा जाने गर्दछ । दुग्ध विकास संस्थानसहित २० भन्दा बढी निजी संस्थामा दूध जाने गरेको उहाँले बताउनुभयो ।  यहाँ सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुरलगायत जिल्लामा सञ्चालित निजी डेरीले लैजाने गर्दछन् ।जिल्लाका सहकारीको किसानलाई रु ८० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । दुग्ध विकास संस्थानको मात्रै रु ३२ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ भने अरु निजी डेरीको हो ।  कतिपयको जेठ यताको भुक्तानी बाँकी रहेको भन्दै केही डेरीले नियमित भुक्तानी गरे पनि धेरैको भुक्तानी लामो समयसम्म अड्किँदा किसान प्रभावित बनेका बगालेले उल्लेख गर्नुभयो । कतिपय निजी डेरी सञ्चलकले जिल्ला बाहिर चिस्यान केन्द्र सञ्चालन गरी भारतबाट दूध ल्याएर संस्थानलाई दूध गर्नुका साथै गुणस्तरहिन दूधको बजारीकरण गर्दा स्थानीयस्तरमा उत्पादित दूध बिक्रीमा समस्या भएको सहकारी सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी किसानका समस्या समाधान गर्न सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरणको योजना बनाइएको उहाँको भनाइ छ ।

सिरहा:    सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ ।  गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ ।  दैनिक १०÷१५ गाग्री पानी ओसार्ने चमेलीले सुक्दै गरेको खोलातर्फ देखाउँदै सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै चिन्ता व्यक्त गर्नुभयो ।  “दिनदिनै खोलाको पानी सुक्दै जान थाल्यो । अबको एक÷दुई दिनमा गाग्रो भर्नै समस्या होला जस्तो छ”, गाग्रोमा पानी भर्दै गर्नुभएकी उहाँले भन्नुभयो,“हिउँदको छ महिना पूरै गाउँ काकाकुल हुन्छ । खोला, इनार, कुवा सबै सुक्छन् । मान्छेलेसमेत तिर्ख मेट्ने मुस्किल हुन्छ, बस्तुभाउको के कुरा ।” चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“मङ्सिर नलाग्दै पानीका स्रोत सुक्न थाले । पानीकै चरम अभावले बसाइँ सर्ने अवस्था आइसक्यो । न त अघाउञ्जेल पानी पिउन पाइन्छ, न त कुनै बालिनाली सप्रिन्छ । हाम्रो त उठीबासको अवस्था छ ।” हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उहाँले दोहो¥याउनुभयो । २ दशकदेखि खोरिया गाउँमा बस्दै आउनुभएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “आसैआसमा जिन्दगी जानेभो हजुर । हामी गरिबको लागि कुनै सरकार रहेनछ ।” अन्नको नाउँमा परम्परागत कोदो खेतीमात्र वर्षमा एक पटक उत्पादन गर्नु यहाँका किसानको बाध्यता हो ।  अन्य बाली खडेरीले खाने विश्वकर्माको भनाइ छ । खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने वडाअध्यक्ष बराहीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका अधिकांश क्षेत्रका कुवा, इनार र खोला सुक्ने हुँदा नगरपालिकाको मात्र नभएर देशकै लागि चुनौती बन्दै गएको नगरप्रमुख श्रवणकुमार यादवको भनाइ छ ।  अघिल्लो वर्षको हिउँद समयमा कतिपय सुख्खा क्षेत्रमा ट्र्याक्टरमा पानी ओसारेर गाउँबस्तीतिर वितरण गरेको स्मरण गर्दै स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ । “नगरपालिकाले चुरेक्षेत्रलाई लक्षित गरि यस आर्थिक वर्षमा तीनवटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसमध्ये वडा नं ९ को घुर्मीमा एउता बोरिङ चालु गरिएको छ । अन्य स्थानमा त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“स्थानीय स्रोत र साधनकले मात्र सम्भव छैन ।  त्यसका लागि प्रदेश तथा केन्द्रमा पनि पहल गरिरहेका छौँ । पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।” उहाँले नगरका उत्तरी भेगका खोरिया, रामपुरा, सुन्दरपुर, ननुवा लगायतका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  पछिल्लो समय चुरेक्षेत्रमा पानीका सतह गहिरिँदै जाँदा ठूला ‘डिपबोरिङ’ असफल भइरहेकाले यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकार बताउँछन् ।  वातावरणविद् दिनेश यादव भन्नुहुन्छ, “डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”

पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।    बुधबार पोखरामा आइपुगेका जापानको निगाता प्रान्तका ३ सांसदसहित १६ जनाको भ्रमण टोलीले पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुसँग भेटवार्ता गरेका हुन् ।   मेयरसँगको भेटमा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।   सो टोलीले बुधबार गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, संसाद गणेशमान गुरुङ र गण्डकीका पूर्व सांसद एवम् पोखरा महानगरपालिका पूर्व मेयर कृष्ण थापासँग भेटवार्ता गरे  ।   यस्तै आज (बिहीबार) पोखराका मेयर धनराज आचार्यसँगै व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारसँग शिष्टाचार भेटावार्ता गरे ।    एनआरएनए जापानका कोषाध्यक्ष दीपक सुनारको समन्वयमा नेपाल आएका जापानको निगाता प्रान्तका सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेई ताकाकुराको नेतृत्वमा १६ जनाको टोली नेपाल आएका हुन् ।   यसअधि नेपाल आउने क्रममा काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।   भेटघाटको क्रममा उनीहरुले सांस्कृतिक, व्यवसायिक तथा आर्थिक विकास र पर्यटन प्रवद्र्धनको विषयमा छलफल गरेका थिए ।   उक्त टोली शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।      

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ ।   पोखरा महानगरपालिका २७ स्थित श्रीकृष्ण प्रणाली मन्दिरमा आश्रित वृद्ध वृद्धा तथा बालबालिका लागि ५० हजार बराबरको खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।   मन्दिरका संरक्षक कल्याण कार्की  तथा व्यवस्थापन समितिका सचिव तिलकसालिक अधिकारीलाई कार्यक्रमका संयोजक थमनसिं गुरुङ क्लबका अध्यक्ष धिरज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र क्षेत्री, कास्की जिल्ला भलिबल संघका कोषाध्यक्ष बुद्ध सिंह, क्लबका सदस्यहरु लगायतले सहयोग समाग्री हस्तान्तरण गरे ।   सो अवसरमा बोल्दै मन्दिरका संरक्षक कल्याण कार्कीले क्लबको सहयोग प्रति आभार प्रकट गरे ।   उनले मन्दिर अन्तरगत सञ्चालनमा रहेको आश्रममा १० जना वृद्ध वृद्धा र १० जना बालबालिका गरी कुल २० जना आश्रित रहेको बताए ।   कार्कीले उक्त आश्रमबारे धेरैलाई थाहा नपाएकाले अन्य आश्रमको तुलनामा सहयोगीदाताहरु पुग्न नसकेको सुनाए ।   यस्तै स्याङ्जाको विरुवा गाउँपालिका २ घर भई हाल पोखरा १४ मझेरीपाटन बस्दै आएकी मृगौला पीडित शान्ति कुमारी गुरुङलाई नगद रु १० हजार सहयोग प्रदान गरेको कार्यक्रम संयोजक थमनसिं गुरुङले जानकारी दिए ।   उनले यसअघि पनि आफ्नै पहलमा संकलित रकम १ लाख ३५ हजार सहयोग गरिसकेको बताए ।   ‘उहाँ विगत ७८ वर्षदेखि उपचाररत हुनुहुन्छ । उहाँको उपचारको क्रममा धेरै खर्च भइसकेको छ, उनले भने, ‘त्यसैले हाम्रो क्लबको तर्फबाट सानै भएपनि सहयोग गरेका हौं । यहाँहरुले पनि सहयोेग गर्न चाहनुहुन्छ भने दिल खोलेर सहयोग गरिदिनुहोला ।’     क्लबले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट संकलित रकम कोषमा राखिएको कोषाध्यक्ष कुमार गुरुङले बताए ।   उनले गत सालमात्रै क्लब स्थापना गरेको बताउदै एक वर्षभित्र धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको जानकारी दिए ।    उनका अनुसार क्लबले यसअघि रक्तदान कार्यक्रम, भेट्रान्स भलिबल प्रतियोगिता तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिसकेको  छ ।    

काठमाडौँ:   उच्च अदालतको फैसलालाई सर्वाेच्चले सदरगरेसँगै पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ) कारागार चलान भएका छन् ।   ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी जनाएको छ ।   आज काठमाडौंबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।   त्यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार लगिएको हो ।   उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।   सोही मुद्दालाई कात्तिक २० गते सर्वोच्च अदालतले फैसला मिलेको भन्दै सदर गरेको थियो ।    ५ वर्ष कैदको फैसला भएको मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।   यो पनि पढ्नुहोस   ज्यान मार्ने उद्योगमा प्रदेश सांसद 'दीपक मनाङे' दोषी ठहर, ५ वर्ष कैदको फैसला दीपक मनाङे काठमाडौंबाट पक्राउ  

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड ६२ वर्षीय लालबहादुर तामाङको शव फेला परेको छ ।    तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।    ‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ सय ४ सय मिटरको उचाईमा भेटिएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने ।   उनका अनुसार आज बिहान शव खोज्न र निकाल्न नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा आएका थिए ।    अहिले सोही टोलीले तामाङको शव निकाल्ने तयारी भइरहेको छ भने, उक्त टिमलाई सहयोग गर्न हाइक्यापबाट ३ जना स्थानीयहरु बिहानै मर्दी बेसक्यापतर्फ लागेका छन् ।     प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए ।    ‘मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव निकाल्न प्रतिकुल मौसम र भौगौलिक कारण कठिनाई देखिएको छ’, उनले भने, ‘प्रतिकुल मौसमका कारण हेलिकप्टर  फर्किसकेको छ । दुर्घटनास्थलबाट आज नै शव निकाल्न प्रयास भइरहेको छ ।’   तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।   ‘आज नै शव निकाल्न सके हाइक्यापसम्म ल्याउन सकिएला, मौसमले साथ दिए हेलीमा राखेर पोखरा पु¥याउने योजनामा थियौं तर मौसमले साथ दिएन । पहिला शव निकाल्नतर्फ लाग्छौं अनि मात्र सल्लाह गर्छौ ।’ उनले भने ।    नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोण गर्ने योजनासहित कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर शनिबार (कात्तिक २५ गते) मृत्यु भएको थियाे।    यो पनि पढ्नुहोस   स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै