दमौली:    तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।&nbs...

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।    उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।  

पोखरा:   कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।   छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।    सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।    बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए ।   कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्लाले सम्मान गरिएको उनले बताए ।     यस्तै अघिल्लो दिन रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदाताहरुलाई कदरपत्र प्रदान गरिएको थियो । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको अध्यक्ष गुभाजूले बताए ।    उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको थियो ।   यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको उनले सुनाए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन मिलेको उनको भनाई थियो ।    २०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ भने अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजूले जानकारी दिए ।  

काठमाडौँ:   संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।    उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएकाे छ ।   दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।   गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ ।   उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ । यो खबर रातोपाटीमा लेखिएको छ ।

दमक:     झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिप्पर ठाेक्किदा २१ जना यात्रुहरू घाइते भएका छन् ।   झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ न.को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।    उनका अनुसार  घाइतेहरूलाई  उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना  र दमक अस्पतालमा १ जना पठाइएको छ ।    स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३८ की बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने वर्ष  ४२ का कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।    

चितवन:​  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित विनोद सुनचाँदी पसलमा चोरी भएको घटनाबारे अनुसन्धान गर्न माग गरेको छ ।   गत शनिबार करिब बेलुका ८ बजे सुनचाँदी पसलमा मुखमा माक्स लगाएका व्यक्तिहरु प्रवेश गरि हात हतियार देखाई पसलमा डिस्प्ले गरेका सम्पूर्ण गरगहनाहरु उठाएर लगेकाले आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालय तथा मातहतका प्रहरी कार्यालयलाई महासंघले माग गरेको हो ।   औपचारिक रुपमै गृहमन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाइसकेको  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।   आपराधिक मनासयसहित चोरी गरेको घटनाप्रति महासंघले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । साथै महासंघले प्रहरी समक्ष​ यथाशिघ्र घटनामा संलग्नलाई खोजी गरी कारवाहीकाे दायरामा ल्याउन र चोरीका धनमाल फिर्ता गर्न माग गरेको छ । 'स्थानीय व्यस्त पूर्वी चितवनको खोलेसिमल बजारमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदासमेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको आज तीन दिनसम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ, विज्ञप्तीमा भनिएको छ,  'तसर्थ अनुसन्धान कार्यलाई थप प्रभावकारी रुपमा तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ ।’                 

तनहुँ:   चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका  विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।    क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।   क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे ।   सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए ।    यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।   कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।   चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।  

हेटौँडा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।   नेपाल विद्युत प्राधिकरणले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो ।   ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ ।   यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।   मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।   हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।   हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।   अ​मेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ ।   यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।

पाेखरा:  तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।   गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय पोखराले जनाएको छ ।   उक्त सडकखण्डको निर्माण हेटौंडाको सपना निर्माण सेवाले गरिरहेको छ ।   कुल ११ किलोमिटर रहेको सडकको हालसम्म ९० प्रतिशत भागमा कालोपत्र भइसकेको छ भने बाँकी १० प्रतिशतका लागि अल्फास्ट पिच गर्ने तयारी भइरहेको छ ।   ११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ ।    सो सडकखण्ड नवलपुरको त्रिवेणी नाका र मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड अन्तरगत पर्छ ।  

पोखरा:   गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले गण्डकीमा तमु तथा मगर भाषालाई आयोगले सिफारिस भएपनि नीति तथा कार्यक्रममा समावेश नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   सांसद गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमबारे छलफलको क्रममा बोल्दै सांसद गुरुङले तमु र मगर भाषालाई प्रशासनिक कामकाजको भाषा बनाउन माग गरे ।    ‘रोस्टममा उभिदा कता कता डर लाग्छ । मेरो मनको कुरा तपाइहरु जसरी खररर खसकुरामा भन्न सक्दिन किनभने खसकुरा पोखरा झरेपछि मात्रै सिकेको हो, उनले भने, ‘त्यसकारण मैलेपनि यो रोस्टममा उभिएर मेरै मातृभाषामा मनको कुरा खररर भन्न पाउँछु कि भन्ने ठुलो रहर छ ।’   सांसद गुरुङले भाषा आयोगले मगर र गुरुङ भाषालाई गण्डकीमा सिफारिस गरेको भएपनि अझैसम्म कार्यान्वयन गर्न नसक्नु पिडादायी विषय बनेको धारणा राखे ।   ‘संविधानले किटानी गरेको धारा ५१ र ३२ भित्र रहेको भाषिक अधिकार अहिलेसम्म प्रयोग गर्न पाएको छैन त्यसकारण गण्डकी सरकारले आगामी नीति तथा कार्यक्रममा जुन भाषा गुरुङ र मगर भाषा आयोगले पनि सिफारिस गरेको छ । त्यसलाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न भनेपनि यो नीति तथा कार्यक्रममा नदेख्दाखेरी अलि नरमाइलो लाग्यो । त्यसकारण यसलाई समावेश गर्न कुनै पुर्वाग्र नराखी राख्दा तपाइहरुलाई ऐतिहासिक जस मिल्नेछ भनेर अनुरोध गर्दछु ।’   उनले राजनीतिमा आउनुपूर्व आफु चलचित्र क्षेत्रमा सक्रिय रहेको स्मरण गराउँदै चलचित्र विकासको निम्ति नीतिमा कार्यक्रम समावेश नभएको गुनासो गरे ।   ‘गण्डकी प्रदेश विश्व चलचित्र जगतको लागि एउटा आकर्षणको केन्द्र हो । यहाँको भूगोल, संस्कृति आफैमा खुला स्टुडियो हो, उनले भने, ‘त्यसैले यो नीति तथा कार्यक्रममा चलचित्र छायांकनका लागि खुला स्टुडियोको निर्माणको कुराले पर्यटकीय राजधानीलाई सार्थकता बनाउन सक्छ ।’