फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै

पाेखरा | कात्तिक २७, २०८१

फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड ६२ वर्षीय लालबहादुर तामाङको शव फेला परेको छ । 

 

तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । 

 

‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ सय ४ सय मिटरको उचाईमा भेटिएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने ।

 

उनका अनुसार आज बिहान शव खोज्न र निकाल्न नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा आएका थिए । 

 

अहिले सोही टोलीले तामाङको शव निकाल्ने तयारी भइरहेको छ भने, उक्त टिमलाई सहयोग गर्न हाइक्यापबाट ३ जना स्थानीयहरु बिहानै मर्दी बेसक्यापतर्फ लागेका छन् ।
 

 

प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए । 

 

‘मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव निकाल्न प्रतिकुल मौसम र भौगौलिक कारण कठिनाई देखिएको छ’, उनले भने, ‘प्रतिकुल मौसमका कारण हेलिकप्टर  फर्किसकेको छ । दुर्घटनास्थलबाट आज नै शव निकाल्न प्रयास भइरहेको छ ।’

 

तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।

 

‘आज नै शव निकाल्न सके हाइक्यापसम्म ल्याउन सकिएला, मौसमले साथ दिए हेलीमा राखेर पोखरा पु¥याउने योजनामा थियौं तर मौसमले साथ दिएन । पहिला शव निकाल्नतर्फ लाग्छौं अनि मात्र सल्लाह गर्छौ ।’ उनले भने । 

 

नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोण गर्ने योजनासहित कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर शनिबार (कात्तिक २५ गते) मृत्यु भएको थियाे। 


 

यो पनि पढ्नुहोस

 

 

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्