फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै

पाेखरा | कात्तिक २७, २०८१

फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड ६२ वर्षीय लालबहादुर तामाङको शव फेला परेको छ । 

 

तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । 

 

‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ सय ४ सय मिटरको उचाईमा भेटिएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने ।

 

उनका अनुसार आज बिहान शव खोज्न र निकाल्न नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा आएका थिए । 

 

अहिले सोही टोलीले तामाङको शव निकाल्ने तयारी भइरहेको छ भने, उक्त टिमलाई सहयोग गर्न हाइक्यापबाट ३ जना स्थानीयहरु बिहानै मर्दी बेसक्यापतर्फ लागेका छन् ।
 

 

प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए । 

 

‘मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव निकाल्न प्रतिकुल मौसम र भौगौलिक कारण कठिनाई देखिएको छ’, उनले भने, ‘प्रतिकुल मौसमका कारण हेलिकप्टर  फर्किसकेको छ । दुर्घटनास्थलबाट आज नै शव निकाल्न प्रयास भइरहेको छ ।’

 

तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।

 

‘आज नै शव निकाल्न सके हाइक्यापसम्म ल्याउन सकिएला, मौसमले साथ दिए हेलीमा राखेर पोखरा पु¥याउने योजनामा थियौं तर मौसमले साथ दिएन । पहिला शव निकाल्नतर्फ लाग्छौं अनि मात्र सल्लाह गर्छौ ।’ उनले भने । 

 

नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोण गर्ने योजनासहित कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर शनिबार (कात्तिक २५ गते) मृत्यु भएको थियाे। 


 

यो पनि पढ्नुहोस

 

 

काठमाडौं:   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...

थप पढ्नुहोस्