जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता

पाेखरा | कात्तिक २९, २०८१

जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता

पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् । 

 

बुधबार पोखरामा आइपुगेका जापानको निगाता प्रान्तका ३ सांसदसहित १६ जनाको भ्रमण टोलीले पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुसँग भेटवार्ता गरेका हुन् ।

 

मेयरसँगको भेटमा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।

 

सो टोलीले बुधबार गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, संसाद गणेशमान गुरुङ र गण्डकीका पूर्व सांसद एवम् पोखरा महानगरपालिका पूर्व मेयर कृष्ण थापासँग भेटवार्ता गरे  ।

 

यस्तै आज (बिहीबार) पोखराका मेयर धनराज आचार्यसँगै व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारसँग शिष्टाचार भेटावार्ता गरे । 

 

एनआरएनए जापानका कोषाध्यक्ष दीपक सुनारको समन्वयमा नेपाल आएका जापानको निगाता प्रान्तका सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेई ताकाकुराको नेतृत्वमा १६ जनाको टोली नेपाल आएका हुन् ।
 

यसअधि नेपाल आउने क्रममा काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

भेटघाटको क्रममा उनीहरुले सांस्कृतिक, व्यवसायिक तथा आर्थिक विकास र पर्यटन प्रवद्र्धनको विषयमा छलफल गरेका थिए ।

 

उक्त टोली शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।

 

 
 

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...

थप पढ्नुहोस्

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्