सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडाैं | भदौ ११, २०८२

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं:  स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ । 


हिजो मङ्गलबार एक तोला सुन रु। एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३६० मा क्रयविक्रय भएको थियो । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ  ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ ।  हरितालिका...

थप पढ्नुहोस्