काठमाडौं:   गण्डकी प्रदेश  प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।  काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरका...

काठमाडौं:   नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ ।  कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त आह्वान गरेको हो ।        पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ ।  जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले राससलाई जानकारी दिनुभयो ।      कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ ।  अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ । समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।

काठमाडौं:    पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।  वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।  नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो ।  समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक्त अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै तीन हजार चार सय ४० जना श्रमिक छन् ।  उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको सचिव निरौलाले जानकारी दिनुभयो । नेपालबाट विभिन्न एक सय ११ मुलुकमा नागरिक आप्रवासीका रूपमा गएका उहाँले बताउनुभयो ।  अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ ।  त्यसैले अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउन आह्वान गरेको छ ।  त्यसैले नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चÞार जगत्लगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ ।  नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति रहेको श्रम मन्त्रालयले जनाएको छ ।  नेपाल सरकारको आर्थिक वर्ष २०८/÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, रिटनी उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने आदि समावेश छ ।  आव २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड जतिको रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।  आव २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई सय ९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको समितिले जनाएको छ ।  विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी यसको रहेको छ । त्यसैले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएअनुसार विविध कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ ।  वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरणलगायत कागजात तयार पार्न स्थानीय तह तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत निकायको महत्त्वपूर्ण भूमिका छ । यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्ने सचिव निरौला बताउनुहुन्छ ।  श्रम मन्त्रालयका उपसचिव वसन्त बोहरा आप्रवासी नीति नै परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागिएको बताउनुहुन्छ । अहिले उक्त नीति सुझावको चरणमा रहेको उहाँले बताउनुभयो । मन्त्रालयका अर्का उपसचिव महेश पराजुली ९८ दशमलव नौ प्रतिशतले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाएको अध्ययनमा पाइएको र समस्यामा परेका मानिसहरूको सङ्ख्या न्यून रहेको जानकारी दिनुभएको छ ।  उहाँले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च भएको देखिएकाले त्यसलाई आयआर्जनमा लगाउनका लागि प्रोत्साहन र सचेतना जरूरी रहेको र यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

बागलुङ:     नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ ।  बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।  अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने उहाँले बताउनुभयो । आगामी तीन वर्षभित्रमा उक्त कोषमा रू. १० लाख पुर्याउने लक्ष्य लिइएको छ ।  कोषको संचालन र व्यवस्थापनलाई चुस्त बनाउन छुट्टै कार्यविधि बनाइने सचिव रिजालले बताउनुभयो ।कोषको ब्याज रकमबाट बर्सेनि विभिन्न विधामा उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराइनेछ ।  महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले श्रमजीवी पत्रकारका हकहितलाई केन्द्रमा राखेर कार्ययोजनासहित अगाडि बढ्ने बताउनुभयो । ‘हामी सिक्छौँ, सिकाउँछौँ’ कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञचालन गरिने उहाँले बताउनुभयो ।  पत्रकार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल र अन्तरक्रिया गरी आवश्यक निचोडमा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।  पत्रकारको पेसागत सुरक्षाका अतिरिक्त स्थानीय र स्वरोजगारमूलक संचारमाध्यमको सबलीकरणमा महासंघले सार्थक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

कञ्चनपुर:    मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।  भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् ।  भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउनुहुन्छ । राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो ।  सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताउनुभयो । भ्युटावर हेर्न गएका तारणी सम्पर्कविहीन हुनुभएको छ, फोन गर्न खोज्दै छौँ, स्वीचअफ आइरहेको छ बुढाथोकीलाई उद्यृत गर्दै बताएको पन्तले भन्नुभयो ।  “दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फक्र्यौँ ।” अहिले पन्त परिवारमा तनावको स्थिति छ । “दाजु फर्केर आउने विश्वासमा छौँ,” विष्णुले भन्नुभयो, “दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ, हरेश खाएका छैनौँ ।” केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको उल्लेख गर्दै उहाँले नभेटेपछि निराश हुँदै फर्कनुपरेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन ।   

पोखरा:    पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने  ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् ।  उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए ।  लुटपाट गर्न प्रयोग गरिएको धारिलो हतियार । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका एक महिला र घाइते भएका ४ जनाको पहिचान खुलेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते र एक जनाको मृत्यु भएको हो ।  स्कारपियो दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीय भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन् ।  पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ५ जना घाइते र एकजनाको मत्यु भएको थियो ।    घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।  ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइतेहरुको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।’ कास्की प्रहरीका अनुसार स्कारपियो दुर्घटना हुँदा पोखरा महानगरपालिका–१६ दिप बस्ने २० वर्षीय रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय ज्योति खत्री थकाली घाइते भएका हुन् ।  सोही स्कारपियोमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६वर्षीय खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीय नविना खत्री घाइते भएकी छिन् । घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  यस्तै बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीय अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।  सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  स्कारपियो चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट अन्दाजी ६सय मिटर तल खसेको छ ।    यो पनि पढ्नुहोस   फलोअप: घाइते ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल अस्पताल ल्याइयो, १ जनाको मृत्यु   पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै

पोखरा:  गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् ।  १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् । “१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिब शर्माले भने–“पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।” उनले थपे–“दर्ता नभएका खेलाडीहरु आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।” यसै गरी दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने जनाउँदै बैठकमा सदस्य सचिब शर्माले दर्ता खारेज हुने खेल संघहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए । खेल संघका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।  उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव समेत दिए । छलफलमा दशौै राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपािलका तहहरुमा गर्न सुझाव दिंदै प्रदेशका सबै जिल्ला र पालिकाहरुमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागिहरुले जोड दिएका छन् ।  जसका कारण सबै पालिकाहरुले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर संगै सुमदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरुको जोड थियो । १९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय ऐरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न समेत उनीहरुले जोड दिएका छन् भने हरेक जिल्लामा सबै खेलका रेफ्रिहरुको उत्पादन हुनुपर्ने विषयलाई समेत गम्भिरता पूर्वक उठाए  । सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले  ११ वटै जिल्लामा खेल संघहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरुलाई आग्रह गरे । त्यस्तै कार्यकारी सदस्य दिल बहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेलसंघहरुले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल संघहरुको समस्या समाधान गर्न परिषद संधै तयार रहेको उल्लेख गरे । त्यस्तै परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले खेलको विकासका लागि पालिकास्तरमा बाटनै संघहरुले ध्यान दिनुपर्ने जनाए ।

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।    पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना  अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।   उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे  उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।   उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।     सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।   युएनडिपीले अघि सारेको उक्त योजना  अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।   

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण पोखरेलले पर्यटकीय गन्तब्य बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा अग्रणी पोखराको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गरी सामाजिक रुपमा जोडिन पाउदा खुसी लागेको बताए । महोत्सवमा सहकार्य मात्र नभइ ब्यवसायीक प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउदै पोखरेलले पोखरा महोत्सवमा आउने दर्शकले टिकटको आधारमा बन्दीपुर केबुलकारमा विशेष छुट पाउने समेत बताए ।  पोखरेलका अनुसार पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबुलकार चढ्न जाने कुनैपनि ब्यक्तिले बन्दीपुर केबुलकारमा २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभईन रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउनेछन । बन्दीपुर केबुलकारको टिकट प्रति ब्यक्ति पाँच सय रहेको र उक्त रकममा २५ प्रतिशत छुट हुनुका साथै स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट दिने पोखरेलले बताउदै आगामी दिनमा समेत युनाईटेड क्लब संग सहकार्य गर्दै पोखरा महोत्सवको प्रायोजकलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष लोक बहादुर थापाले जनस्तरबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको बन्दीपुर केबुलकार लिमिटेड संग सहकार्य गरी अगाडी वढ्न पाउदा खुसी ब्यक्त गरे ।  उक्त अवसरमा बन्दीपुर केबुलकार कम्पनीको होल्डिङ कम्पनी आरकेडी ग्रुपका प्रमोटर तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पञ्चासे केबुलकारका प्रेसिडेन्ट चिन्तामणी शर्मा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको र अन्य तयारीहरु समेत तीब्र रुपमा अगाडी वढिरहेको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।