यु–१९ महिला विश्वकप क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

काठमाडाैं | माघ ११, २०८१

यु–१९ महिला विश्वकप क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

काठमाडौं:    आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।


मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो । छयालिस रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।


नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिइन् । उनले ३२ बल खेल्ने क्रममा चार चौका प्रहार गरिन् । यसैगरी, ज्योत्सिन्का मरासिनले सात र सिमाना केसीले अविजित चार रन जोडिन् । बलिङतर्फ मलेसियाका लागि मार्सा क्विस्टिना बिन्टी अब्दुल्लाहले तीन विकेट लिइन् ।


यसअघि ब्याटिङ गर्ने क्रममा मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।


बलिङतर्फ नेपालका लागि पूजा महतो एक्लैले चार विकेट लिइन् भने रचना चौधरीले तीन विकेट लिइन् । त्यसैगरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिए ।


विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल यसअघि समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै  समूह ‘ए’ मा रहेको मलेसिया पनि समूह चरणमा भारत, श्रीलङ्का र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्