पोखरामा चोरीको स्कुटरसहित ५ जना पक्राउ
पाेखरा | कात्तिक १९, २०८२
पोखरा: पोखराको विभिन्न स्थानबाट चोरी भएको स्कुटरसहित ५ जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको प्रहरीको टोलीले चोरी भएको तीन वटा स्कुटर सहित ५ युवकलाई प्रक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरी भएको ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरको स्कुटरसहित ४ जना र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग ४ प ७६८४ नम्बरको स्कुटरसहित एकजना युवकलाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा ५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा १० बस्ने २१ वर्षीय सुशिल गुरुङ, पोखरा ११ बस्ने २० वर्षीय सुदिप परियार र पोखरा १३ काहुँखोला बस्ने २७ वर्षीय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

