काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो ।   शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिनेछन् ।   गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् ।    बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले  गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् ।   उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए ।   उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।   मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ । 

पोखराको अमरसिंहमा हुने १३ औं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकस्थित होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरको रुपमा सहकार्य गर्ने भएको छ ।    युनाइटेड क्लबको आयोजनामा यही पुषको २५ देखि माघको ७ गतेसम्म आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो ।   महोत्सवको आयोजक युनाइटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधिबिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता गरे ।    सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए ।    युनाइटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नललेसमेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको हो ।    होटल टास्कले  तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर विक्री गर्दै आइरहेको छ ।    बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए ।    लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ ।  नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु   रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।   महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको बताउदै होटल टास्क इन्टरनेश्नल जस्तै सहयोग मनहरुको साथ र सहयोगबाट महोत्सव १३ औं संस्करणसम्म आइपुगेको बताए ।    महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा महिलातर्फ टिम ताङतिङ र स्पोर्टस् काठमाडौं भिड्ने भएका छन् ।    पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पोर्टस् काठमाडौंले अन्नपूर्ण कास्कीलाई ४३–१० को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।    यस्तै दोस्रो खेलमा टिम ताङतिङले एएमआइसीआइलाई ४२–९ को फराकिलो अङ्कले पराजित गर्दै फाइनलमा स्पोर्टस् काठमाडौंसँगको भेट पक्का गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए  ।    उनका अनुसार शनिबार उपाधिका लागि भिड्नेछन् ।   यस्तै पुरुषतर्फ भने सेमिफाइनल समिकरण पुरा भएको छ ।   पुरुषतर्फको पहिलो क्वाटरफाइनल खेलमा रामघाट टिम ‘ए’ले ताङतिङलाई ५४–४७ को अङ्कले पराजित गर्याे । यस्तै दोस्रो खेलमा मर्दीखोलाले नदीपुरलाई ६१–५० अङ्कले पराजित गर्याे।    यस्तै तेस्रो क्वाटरफाइनल खेलमा बेगाले अन्नपूर्ण म्याग्दीलाई ६८–५२ अङ्कले पराजित गर्याे। चौथो क्वाटरफाइनल खेलमा छोम्रोङले क्याङलाई ५३–४५ अङ्कले हरायाे ।    शनिबार बिहान पुरुषतर्फको दुई सेमिफाइनलसहित महिला/पुरुषको फाइनल खेल सञ्चालन हुने संयोजक गुरुङले बताए ।    खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।   गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।   यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।     महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।   संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।  

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।  शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे । “योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने । मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् ।   संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ ।  मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे ।  कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उनले गरेका छन् । शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए ।  उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।

दाङ:    दाङमा आज भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।  घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।  उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।  

काठमाडौं:    एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग  नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको  छ ।       आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो ।  जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।      बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले  १८ रन बनाइन । साथै सुमैया  अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन ।      त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए ।

काठमाडौं:     सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको  बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी सङ्घीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीयतालाई कमजोर बनाउनेगरी व्याख्या भइरहेको छ, त्यो बेठिक छ । कैयौँ कुरा क्षमता, कानुन र बुझाइको अभावमा कमजोरी हुन पुगेका छन् ।”  उहाँले सङ्घीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।  सभामुख घिमिरेले भन्नुभयो, “कानुन निर्माणदेखि सङ्घीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै सङ्घीयता बोझिलो, खर्चिलो र स्रोतको दुरुपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको छ, । संविधानका संशोधनमा सङघीयताका बारेमा बहस हुनु गलत छ ।” सङ्घीयतासम्बन्धी अभ्यास, जिम्मेवारी र भूमिका कस्तो रह्यो भनी अब गम्भीर समीक्षाको खाँचो रहेको बताउँदै सभामुख घिमिरेले भन्नुभयो, “आगामी दिनमा सङ्घीय संसद्मा यसबारे पर्याप्त बहस र छलफलका लागि आवश्यक वातावरण मिलाइनेछ ।” वित्तीय सङ्घीयताका ज्ञाता यमनाथ शर्माले ऋण लिएर भए पनि प्रदेश र स्थानीय तहलाई खर्चको व्यवस्थापन गरेकाले नेपाल सरकार वित्तीय सङ्घीयता कार्यान्वयका हिसाबले उदार रहेको टिप्पणी गर्नुभयो । आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयता, राजस्व व्यवस्थापन, खर्च जिम्मेवारी, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, स्रोत परिचालनसम्बन्धी विवाद समाधान, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन अध्ययन गरेर प्रचारप्रसार गर्ने कार्यलाई समेत आयोगले कार्यक्षेत्र बनाएको जानकारी दिनुभयो । आयोगका सचिव किरणराज शर्माले सङ्घीयता, वित्त सङ्घीयता, अन्तर–सरकारी वित्त व्यवस्थापन र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा सम्बन्धित विषयका ज्ञाताका ३८ वटा लेख रचना प्रकाशित स्मारिकामा समावेश रहेको जानकारी दिनुभयो ।  प्रकृतिक संरक्षणका क्षेत्रमा कार्यरत डा घनश्याम गुुरुङले प्रकृति र प्राकृतिक स्रोतसाधनको दीगो विकास र उपयोग गर्नका विषयमा आएका आवाजलाई विकास विरोधी भन्न नमिल्ने बताउनुभयो । पूर्वसचिव वेगेन्द्र शर्मा पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तीन तहकै सरकारलाई सन्तुलित, पारदर्शी र न्यायिक ढङ्गले सरकारको ढुकुटीको रकम वितरणको अधिकार रहने बताउनुभयो ।  स्मारिकामा  सङ्घीय इकाईको आवधिक योजना र बजेट, नेपालमा सङ्घीयता, अर्थशास्त्र, अर्थतन्त्र, बजेट र सार्वजनिक ऋण, वित्तीय सङ्घीयता कार्यान्वयनमा अन्तर सरकारी वित्त व्यवस्थापन प्रणाली र आगामी कार्यदिशालगायतका शीर्षका विषय विज्ञका लेख समावेश छ ।  

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ ।  उहाँले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गर्नुभएको छ ।  मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।  मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।  मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताउनुभयो ।  “कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो”, उहाँले भन्नुभयो, “यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।” प्रवक्ता बुढाथोकीले मन्त्रालयले व्यवस्था गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्यमा सेवासम्बन्धमा गुनासा भए टिपाउन आग्रह गर्दै त्यसको सुनुवाइ भइरहेको दाबी गर्नुभयो ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो ।  प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो । सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो । भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा  परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा हुनुहुन्छ । –––