पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:     ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको फाइनल सोमबार सोमबार हुने भएको छ ।   त्यसका लागि तिन वटै उमेर समूहतर्फको (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि) उपाधिका दाबेदार टिमको टुंगो लागेको क्लबका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी पोखरा र ब्र्रदरहुड कामाण्डौंं उपाधिका लागि भिड्नेछन् ।    यस्तै ५० वर्ष उमेरतर्फ हेटौडा भेट्रान्स र फ्रेण्डसिप काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । भने, ६० वर्षतर्फ सिडिएफए चितवन र मास्टर्स देह्रादुन भारतबीच प्रस्पिर्धा हुनेछ ।   ६० वर्षतर्फको फाइनल खेल बिहान १० बजे, ५० वर्षतर्फको फाइनल ११ बजे र ४० वर्षतर्फको फाइनल खेल दिउँसो ३ बजे सञ्चालन हुने भाइखलकका महासचिव मनकाजी गुुरुङले बताए ।    उनका अनुसार सो प्रतियोगिताको समापन गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।   यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।    

पोखरा:    लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ ।  आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो ।   जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ । फाइनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेको रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो । खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए ।  लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै अनुशासित टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

पोखरा:    कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले माघ १४ गतेसम्म कास्की प्रहरी मातहत प्रहरी इकाईहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सयुक्त टोलीले स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीको १०० र जिल्ला ट्राफिक कार्यालय कास्कीको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध समेत गरेको छ ।   

पोखरा:    पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।  पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश र महिलातर्फ टाइगर ग्रुपले एपिएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सर्लाही:    प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ। सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो। अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

काठमाडौं:     उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कानुनबमोजिम दाबी भएको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नरोकिने बताउनुभएको छ ।  महिला आर्थिक पत्रकार सङ्घ फेजाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अघिल्लो सरकारका पालामा बाँकी रहेको भुक्तानी दायित्व वर्तमान सरकारले निर्वाह गर्नुपर्दा असहज भएको बताउनुभएको हो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “अब सरकार निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा पुगेका छौँ । सरकारले कानुनसम्मत रूपमा दाबी गरेको रकम भुक्तानी रोकेको छैन ।” उहाँले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो । “सार्वजनिक खरिद ऐन, वन ऐन, वातावरण ऐनलाई सुधार गरेर पुँजीगत खर्च बढाउनुपर्ने आवश्यक छ । त्यसका लागि नियमनलाई प्रभावकारी बनाउन ध्यान दिनेछौँ”, मन्त्री पौडेलले भन्नुभयो, “पुँजीगत खर्चको तुलात्मक रूपमा मूल्याङ्कन गर्दा गत वर्षको तुलनामा यस वर्ष प्रगति भएको छ तर यो पर्याप्त छैन ।” उहाँले बैंकहरूको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको तर यस क्षेत्रमा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको धारणा राख्नुभएको छ ।  “मापदण्ड पूरा गरेर नै बैंकहरूले घरजग्गामा लगानी गरेका छन् । घरजग्गा कारोबार गर्नेहरूलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधार हुन सक्दैन । यस क्षेत्रमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरूरी छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने र यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको छ । सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधानका निम्ति नीतिगत सुधारमा जोड दिएको र अध्यादेश त्यसैको सशक्त पहल भएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

काठमाडौं:    महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल आजको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्‍सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन जोडिन । नेपालका सिता रानामगरले ५, मनिषा उपाध्यायले २ र कविता जोशी र इन्दु वर्माले १र१ विकेट लिए ।

काठमाडौं:     सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनलाई लिएर निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृप ध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई गत ६ गते खारेज गरेको थियो । रिट खारेजसँगै सार्वजनिक सेवामा परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयनको बाटो खुला भएको थियो । तर सार्वजनिक सेवा पाउन नागरिकले कष्ट बेहोर्न नपर्ने गरी मात्र परिचयपत्र अनिवार्य गर्न शुक्रवार पूर्ण पाठमार्फत आदेश दिएको हो । राष्ट्रिय परिचयपत्र प्राप्तिका बारेमा सबै नागरिकलाई जानकारी गराउन सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन समेत अदालतले जोड दिएको छ । त्यसका लागि नागरिकका वासस्थान नजिकै पुगी नेपाली नागरिकताको आधारमा व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्नेछ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन तथा वितरणका लागि पर्याप्त स्टेसन वा एकाइ सञ्चालन गर्नुपर्नेछ ।  साथै राष्ट्रिय परिचयपत्रका विवरण वैज्ञानिक तरिकाले अभिलेखीकरण गरी व्यक्तिको सूचना अनधिकृत प्रयोग वा दुरुपयोग हुन नदिने कुरामा ध्यान दिन आदेश दिइएको छ ।  गत जेठ २४ को मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार १० मा राजपत्रमा सूचना प्रकाशन गरेर नागरिकले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न परिचयपत्र अनिवार्य गर्ने जनाइएको थियो । गत साउनदेखि परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले गत भदौमा परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा आदेश गरेको थियो । सरकारले त्यति बेला पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत सेवामा परिचयपत्र अनिवार्य गर्ने सूचना जारी गरेको थियो । अदालतले त्यति बेलाको रिट नै खारेज गरेर पूर्ण पाठ सार्वजनिक गरेको हो । स्वास्थ्य बिमा, निवृत्तिभरण, राजस्व ९व्यक्तिगत आयकर दर्ता०, सवारी चालक अनुमति पत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको थियो । त्यस्तै बैङ्किङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिम कार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेच सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । सरकारी योजना अनुसार निवृत्तिभरण व्यवस्थापन कार्यालयले २८ जिल्लामा पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ ।

पोखरा:    गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो ।  पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो । चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।  उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो । यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।