लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

पोखरा:    भीमकाली क्लब पोखराको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले मदनलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार पोखरा–१ बगरमा क्रियाशिल क्लबको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा अनिस गुरुङ, सचिवमा चाइनिज गुरुङ, कोषाध्यक्षमा किरण अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जन देवकोटा, युनिका तामाङ, आयुषा सुनार, निश्चल गुरुङ र स्नेहा साई चयन भएका हुन् ।   निर्वाचन समिति संयोजकमा अधिवक्ता विष्णु प्रसाद आधिकारी त्यसैगरी सदस्यहरु कल्पना पराजुली (रोजि) र शोभा गुरुङ थिए । यसअघि कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर १ वडाध्यक्ष शाहारा प्रधानले उद्घाटन गरे । उनले क्लबले समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई क्लबलाई सामाजिक दायित्वमा गर्ने गतिविधीमा वडामा साथ रहने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा क्लवका संस्थापक अध्यक्ष विम्ब कवि प्रज्ञा रमेश श्रेष्ठ र संस्थापक कोषाध्यक्ष युसफ श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई क्लवका विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा सम्मानित व्यक्तित्व विम्ब कवि प्राज्ञ रमेश श्रेष्ठ, दिप युनाइटेड क्लबका अध्यक्षका बिष्णु गुरुङ, भीमकाली टोल विकास समिति अध्यक्ष कल्पना पराजुली ’रोजी’, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार समिति अध्यक्ष कल्पना आचार्य बास्तोला, क्लवका सल्लाहकार दिल प्रसाद गुरुङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।

पोखरा:   विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा  आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ ।  पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुनलागेको हो ।  राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिदै छ भन्ने देखिने २० वर्ष अघि र अहिलेको तस्बिर पनि समावेश हुने छ ।  ताल कसरी पुरिदै छ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराउदै संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।  हाम्रा बानीले ताल कसरी प्रदूषणको चपेटामा पर्दै गएको भन्ने दृश्य पनि फोटो प्रदर्शनीमा समेटिने आयोजकले बताएका छन् ।  पत्रकार कृष्णमणि बरालले विगत १६ वर्ष अघि देखि गिद्ध र सिमसार संरक्षणकाागि संरक्षण  फोटो प्रदर्शनी गर्दे आएका छन् । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका तालहरु कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको पत्रकार बरालले बताए ।  यस वर्षको नारा हाम्रो साझा भविश्वकालागि सिमसार संरक्षण रहेको छ । सबै सजिव प्राणीकालागि नभैनहुने पानीका स्रोतहरु सुक्दै र प्रदूषणको चपेटामा पर्दै गएका छन् ।  भोलि पानीको अभावमा काकाकुल हुने अवस्था आउन नदिन अहिले देखि पानीका स्रोतहरु, खोला, नदी, ताल, तलैया सुक्न र प्रदूषणको चपेटामा पर्न नदिन संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनीको आयोजना गरिएको पनि उनले बताए ।  पोखराका ९ तालहरु २०७२ माघ २० गते अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् । पोखराका तालहरु अन्तर्राष्ट्रिय करण गरिएपनि संरक्षणमा नागरिक र तीन तहकै सरकारले चासो नदिदा प्रदूषणको चपेटामा परेका छन् । देशकै दोस्रो ठूलो ताल फेवा प्रत्येक वर्ष साँगुरिदै पनि गएको छ । 

काठमाडौं:     नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाइ गरेको जनाएको छ । उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको क्यानले जनाएको छ । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ । मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो । उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो । मोन्टिकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टि ट्वान्टी विश्व कप समेत खेलेको थियो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख भट्टले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयोे । नेपालीबीच आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने यस पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँले बताउनुभयो ।   प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि उहाँले लिनुभयो । आफ्नो धर्म र जातिय सांस्कृतिक मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको भन्दै उहाँले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको बताउनुभयो ।    ‘नयाँ पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । विशेष अतिथि प्रतिनिधिसभा सांसद मनबहादुर गुरूङ, तामाङ घेदङुका संघीय उपाध्यक्ष दीपक तामाङ, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त योञ्जनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शान्ति तामाङ र स्वागत बोसबहादुर तामाङले गर्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार तामाङ जाति जनसंख्याको हिसाबले पाँचौ नम्बरमा रहेको छ । कुल जनसंख्याको ५ दशमलव ६ प्रतिशत अर्थात् १६ लाख ३९ हजार ८ सय ६६ जना तामाङ जाति नेपालमा बसोबास गर्दछन्। ५.५ प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्म अनुसार बौद्ध धर्मावलम्बी दोस्रो नम्बरमा छन् । २३ लाख ९३ हजार ५ सय ४९ अर्थात् ८ दशमलव २ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्दछन् ।   

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरूबारे ध्यानाकर्षण गराउनुभएको हो ।  कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।  सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो । 

काठमाडौं:    त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो ।  नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् । एक सय दुई रनको विजयी लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान दिइन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै सुवानान खियाओतोले १४ तथा कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् । बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक एक विकेट लिइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

चितवन:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “माओवादी केन्द्रप्रति जनतामा ठुलो भरोसा बढेको छ ।” अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताउनुभयो ।  सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नवलपरासी:    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवास जंगलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।  विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो ।  हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।  काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौंँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:    त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ । यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबसँग खेल्नेछ ।