गोरखामा आगलागीबाट तीन घरमा पूर्ण क्षति, ११ चौपाया मरे

गोरखा | माघ ११, २०८१

गोरखामा आगलागीबाट तीन घरमा पूर्ण क्षति, ११ चौपाया मरे तस्बिर फाइल

गोरखा:     गोरखामा आगलागीबाट तीन घर जलेर पूर्ण रूपमा क्षति भएको छ । 


चुमनुब्री गाउँपालिका–६, ताजुमा बिहीबार साँझको समयमा स्थानीय कुञ्चन छिरिङको दुई तल्ले कच्ची घरसहित तीन वटा घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।


आगलागीबाट  छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो । त्यस्तै एक घरको भुईँ तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाई छ ।


सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ । खाना पकाउने चुल्होमा बलिरहेको आगो घर बाहिर फाल्न प्रयोग भएको फलामको पाइपमा सल्किएर अचानक आगलागी भएको उहाँले बताउनुभयो ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने ...

थप पढ्नुहोस्

काठमाडौं:  ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने...

थप पढ्नुहोस्