पोखरा: पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात र विक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका दर्जन पसलमा अनुगमन गरिएको थियो । सोही क्रममा प्लाष्टिक जन्य फूलको माला विक्री गर्न नपाइने भन्दै व्यवसायीहरुलाई सचेत गराएको हो । महानगरले गत वर्ष पनि अनुुगमन गरेर विक्रीवितरण नगर्न अनुरोध गरेको थियो । गत वर्ष विक्री वितरण नगर्न निर्देशन दिएको ७ पसललाई कारवाही स्वरुप ४० हजार जरिवाना गरेको छ । १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको प्लाष्टिकका फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार अनुुगमनका क्रममा पोखरा वडा ९ मा रहेको जयमा पुजा सामाग्री भण्डारलाई १० हजार जरिवाना र ९० हजार ४ सय ६० रुपैयाँ बराबरको फुलका माला जफत गरिएको छ । त्यस्तै पोखरा–३ को माता मनकामना पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ७ हजार बराबरको फुलका माला जफत गरिएको छ । पोखरा ३ कै किरण टे«ड लिंकलाई ५ हजार जरिवाना र ८ हजार ५ सय बराबरको प्लाष्टिकका माला जफत गरिएको छ । पोखराको महेन्द्रपुलमा रहेको सुधा साहुुको पुजा सामाग्री भण्डारलाई ५ हजार जरिवाना र ३ हजार मुल्य बराबरको फूलको माला जफत गरिएको छ । यस्तै पोखरा–३ को खाल्सा गिफ्ट हाउसलाई ५ हजार जरिवाना र ६ सय ५० रुपैयाँ मुल्य बराबरको फूलको माला जफत गरिएको अधिकृत ऋषि सापकोटाले जानकारी दिए । नमो शिवाय पुजा सामाग्री भण्डार पोखरा–९ लाई ५ हजार जरिवाना गरिएको छ भने पोखरा १ बगरमा रहेको स्वीट एण्ड चार्ट रेष्टुुरेन्टलाई ५ हजार जरिवाना र ३ सय बराबरको रसबरी नष्ट गरिएको छ । स्विट हाउसमा रसबरीमा झिंगा, पुरानो चास्नी र फोहोर रहेकाले नष्ट गरी जरिवाना गरिएको हो । अन्य पाँच पसलहरुलाई सचेत गराउनुको साथै आगामी दिनमा प्लाष्टिक जन्य फूलगुच्छा, माला विक्रीवितरण र भण्डार नगर्न निर्देशन दिइएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउन १२ गते राजपत्रमा सुुचना प्रकाशित गरि सोही मितिदेखि प्लाष्टिक जन्य फुलका गुच्छा उत्पादन आयात, बिक्रीवितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
पोखरा: पोखरा ट्रेल रेस सिरिजद्वारा आयोजित पञ्चासे अल्ट्रा रेस शनिबार भएको छ । प्रतियोगितामा २३ विदेशी र ८७ नेपाली गरी १ सय १० खेलाडीले भाग लिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए । ८० किलोमिटर दौडतर्फ सफल लामा, सुदीप थापा र सुखद बस्याल क्रमश: पहिलो, दोस्रो र तेस्रो बने । लामाले दूरी १२ घण्टा १२ मिनेट, थापाले १४ घण्टा ३८ मिनेटमा र बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् । ८० किलोमिटर दौड लुम्रेबाट लोक्याम्प हुँदै बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिएको थियो । विजेतासहित दौड पूरा गरेका हसन गुरुङ र सन्तोश गुरुङले मेडल र केटिम सिटी तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । ५५ किलोमिटरको दौडमा पुरुषतर्फ वेदबहादुर सुनुवार, धीरज बहादुर बुढा र मोहन देव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ भने प्रिय राई, मन्जु रावत र निकोला स्वराघान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रथम भएका सुनुवार र प्रिय राईले १ महिनापछि थाइल्याण्डमा हुने दौडमा भाग लिने आयोजकले बताए । त्यसै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ७ हजार प्राप्त गरेका छन् । २५ किलोमिटरको दौडको पुरुषतर्फ निरज भट्ट क्षेत्री, अशोक बराम र तेन्जोन रोका मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने गनना भण्डरी, नितु तामाङ र कानुका सिल्भिय क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । ७ किलोमिटरको दौडको पुरुषतर्फ श्याम मग्रती, दिवाकर बुढा मगर र विक्रम खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ भने हुमी बुढा मगर, सुस्मिता राना र ममता नेपाले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताले नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा धावक हरि रोकायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए । श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको प्रष्ट पारे ।
बागलुङ: बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरा: पोखरामा लागूऔषध (ब्राउनसुगर)सहित तीन जना युवालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका २१ कश्यारघाटमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार तीन जना युवालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्रामसहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा पोखरा महानगर १७ बस्ने २१ वर्षीय कौशल पुन मगर, पोखरा १३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ बस्ने २१ वर्षीय अनिस सुनार प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
जाजरकोट: जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए । भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजारम्हः पूजा, २९ गते भाइटीका परेको छ ।
काठमाडौं: प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो । “हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ । कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ”, शर्माले भन्नुभयो । राहत वितरणपछि पुनः निर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुन: निर्माणमा लाग्ने उहाँको भनाइ थियो । भूकम्पका कारण अवरुद्ध भएको विद्युत तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताउनुभयो । जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युतको बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको लाईन काटिरहेको छ । पोखरा वितरण केन्द्रले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकहरुको लाईन काटिएको छ । कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पनि उक्त लाईन काटिनेको सूचीकृत पर्याे । तर संवेदनशीलताका आधारमा र भुक्तानको प्रक्रिया अघि बढाएको प्रतिवद्धता जनाएपछि लाइन जोडिदिएको मालेपाटन शाखाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए । ‘यस वितरण केन्द्रबाट सरकारी र व्यक्ति (ग्राहक) सबैले महसुल नतिरे लाइन काट्न सक्छौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘बक्यौता रकम नतिरेपछि हिजो कास्की कारागार र भौतिक मन्त्रालयको लाईन काटेका हौं, तर प्रमुख जिल्ला अधिकारीसँगै कारागार प्रतिनिधि आएर सुरक्षा संयन्त्रसँगको कुरा भएपछि संवेदनशीलतालाई मध्यनजर गरेर लाइन जोडिदिएका हौं ।’ उनले कास्की कारागारको २० लाख रुपैयाँ बक्यौता रकम रहेको जानकारी दिए । प्राधिकरणले हालसम्म लाइन काटेर बक्यौता रहेको रु १ करोड ३४ लाख ४३ हजार ८ सय असुल गरेको छ । कारागारको विषयमा टुंगो लागेपनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको भने लाइन जोडिएको छैन । अधिकारी भुवाजुले भौतिक पूर्वाधारको तर्फबाट प्राधिकरणसँग कुनै समन्वय र केही पनि छलफल नभएको बताए । उनका अनुसार भौतिक मन्त्रालयले २७ हजार ६४ रुपैयाँ महसुल तिर्न बाँकी छ ।
लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक(फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गङ्गालाल बि.क., काठमाडौँ गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुरज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् । उनीहरूलाई पक्राउ गरेको जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका सूचना अधिकारी तथा प्रवक्ता ९प्रहरी उपरीक्षक०चक्रराज जोशीले दिनुभयो । जोशीका अनुसार उनीहरूले लामो समयदेखि नेपाल(भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौँको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ ।