आज नेपाल र कतार खेल्दै
काठमाडाैं | बैशाख १, २०८१
तस्बिर फाइल
काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ ।
अल अमारतमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए ।
यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे ।
नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए ।
यसअघि मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो । मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए ।
मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले ।
प्रिमियर कप अन्तरगत नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भएको छ।।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

