गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

पोखरा:   आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।   नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो ।   सोमबार पोखरामा आयोजित रोटरीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजकसमेत हो ।   सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उनले प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहिन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।     रोटरीयनहरुले सफल पोखरा म्याराथनको ‘रनफर फन’मा समेत भाग लिएर उत्साह थप्ने जनाउँदै पोखरामा हुने रोटरीयनहरुको सम्मेलनलाई समेत म्याराथनकै अवसर छोपेर सँगैको मितिमा गरेको उनले बताए ।   उनले भने–“दौडनु स्वास्थ्यका लागि समेत उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दैछ । यो स्वास्थ्यलाई सवल बनाउनृ अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।”   फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयनहरु समेत म्याराथनमा सहभागि हुने जनाउँदै उनले रोटरी क्लबहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वान समेत गरे ।     रोटीरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले आफु आबद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । अर्का एसिस्टेन्ट गर्भनर इश्वर कर्माचार्यले रोटरी क्लबका लागि आवश्यक पर्ने टिसर्टको लागि सहयोग गर्ने सुनाए । उनले म्याराथनसँग जोडिदै टिसर्टको खर्च रोटरीले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।   पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारीक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताए । रोटरी मार्फत जाँदा समेत अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान हुने उनले सुनाए ।   निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि सुरुमा जोडिएको बताए । म्याराथनको बारेमा प्रस्तुति दिदैँ गुरुङले म्याराथनमा ठूलो मात्रामा रोटरीयनहरुको सहभागिता हुनेमा आशावादी रहेको उनको भनाई छ  । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुन: अर्को योगदान गरेकोमा खुसी व्यक्त गरे ।   उनले सबैले राष्ट्रको विकासका लागि काम गरिरहँदा खेलकुदमा समेत जोडिनु सुखद् पक्ष रहेको सुनाए । पोखरा म्याराथन गुणस्तरमा अघि बढिरहँदा आउने चुनौतीहरुमा रोटरीको साथले राहत मिलेको बताए ।     

काठमाडौं:     प्रतिनिधिसभाको बैठक सकिएको छ । हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० पेस गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल भएको छ ।

गोरखा:    गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका(५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिनुभयो ।  परिवारका सदस्यले उपचार(प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए । खाना कोठाभित्र पुर्‍याउनका लागि फलामे ढोका मुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भन्नुभयो, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।” घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र  शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नुपरेको बताउनुभयो । उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पुर्‍याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो ।  वि.सं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो । गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर ९सपना पुन० सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो । उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पुर्‍याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उहाँको भनाइ थियो ।

काठमाडौं:  प्रहरीले विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय  शैलेश आले, मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् ।    प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो ।    यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु पक्राउ परेका थिए ।    उनीहरुलाई  चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पोखरेली ३ पत्रकार पुरस्कृत भएका छन् ।   प्रेस चौतारी कास्कीद्वारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट नेपाल पत्रकार महासंघ कास्कीका सचिवसमेत रहेका माधव बराल पुरस्कृत भए ।   उनलाई दोसल्ला र सम्मानपत्रसहित नगद २२ हजार २ सय २२ रुपैयाँ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारी लगायतले प्रदान गरे ।   यस्तै प्रेस चौतारी पत्रकारिता सम्मान २०८० बाट मीना गुरुङ र हुमबहादुर गुरुङ पुरस्कृत भए ।   प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिस गरिएको थियो ।   प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस अगाडि पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल,शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भइसकेका छन् ।   पत्रकारिताको विकासका लागि पत्रकार एकजुट हुनुपर्छ: नेता अधिकारी   नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासको लागि सबै पत्रकार एकठाउँमा हुनुपर्ने बताए ।   उनले पत्रकारितामा पछिल्लो समय विभिन्न खालका चुनौती थपिएको उल्लेख गर्दै सबै एकजुट हुनुपर्ने धारणा राखे ।     उनले गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक पारित गर्न लागेको बताउदै पत्रकारिता राज्यको चौथौं अगं भन्दापनि अनिवार्य अंग टिप्पणी गरे ।   अधिकारीले पत्रकारहरु आफ्नो पेशा व्यवसायिक र मर्यादित नभएकै कारण अन्य क्षेत्रमा समेत काम गर्न बाध्य भएको धारणा व्यक्त गरेका थिए ।  

डडेल्धुरा:     जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । उनकाअनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पर्वत:     उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि सम्झौता रद्द गर्ने तयारी भएको हो । सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगतरूपमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणले गति लिन भने सकेको छैन । मन्त्री ज्वालाको निर्देशनपछि कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा एक साताभित्र मजदुर र उपकरण थप गरेर निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको आयोजनाका इञ्जिनियर अच्युत विलास पन्तले जानकारी दिनुभयो । उहाँकाअनुसार अबको एक महिनाभित्र योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने गरी छलफल भएको हो । आयोजना कार्यालयले तत्काल कामको प्रगति देखिने गरी निर्माणको काम सुरु नभए ठेक्का रद्द गर्ने र पुनःनयाँ ठेक्का प्रक्रियामा जाने चेतावनी दिएको इञ्जिनियर पन्तले जानकारी दिनुभयो । “निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पार्दै आएका छन्”, इञ्जिनियर पन्तले भन्नुभयो, “अन्तिम पटक अब एक महिनासम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्नेछौँ र नयाँ प्रक्रिया सुरु गर्नेछौँ ।” सडकको किनारबाट बग्ने कालगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव देखाउँदै ठेकेदारले धिमा गतिमा काम गरिरहेको छ । सम्झौतामा ३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ । दोस्रो पटक थपिएको म्याद गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनःतेस्रो पटक छ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ । ठेकेदार कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका प्रतिनिधि अमृत भट्टराईले ठेक्का सम्झौतामा कालीगण्डकी नदीबाटै निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भए पनि अदालतको आदेशका कारण सामग्री प्रयोग गर्न नपाएको भन्दै अब छिमेकी जिल्ला वा अन्य वैकल्पिक उपाय अपनाएर भए पनि सामग्री उपलब्ध गराएर निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ । कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको छ । हिउँदमा धुलो र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका छन् । म्याग्दी र मुस्ताङ तथा पर्वतकै जलजला क्षेत्रमा सञ्चालन हुने दैनिक सयौँको सङ्ख्याका सवारीसाधनले उडाएको धुलो बस्तीसम्म पुग्दा स्थानीयको जीवनयापनमा समस्या भएको छ । सडकमा गुडेका सवारीसाधनले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधारणको स्वास्थ्यमा असर पुगेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । सो सडकखण्डअन्तर्गत पर्ने पर्वतको खनियाघाट, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।।

पोखरा:    पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो ।  माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद, दयारानीका निर्देशक एवम् लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायतका कलाकर्मी एवम् मिडियाकर्मीको बाक्लो उपस्थिति थियो ।  प्रिमियर शो हेरिसकेपछि दयारानीले राम्रो प्रतिक्रिया पाएको छ । सिनेमामा देखाउन खोजिएको कथा सबैलाई मन परेको छ । प्रिमियर शोको औपचारिक उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एक पछि अर्को साहित्य, कला र चलचित्र क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको उल्लेख गरे ।  पोखराका स्थायी बासिन्दा कलाकार माओत्से गुरुङले निर्देशन गरेको सिनेमा दयारानी समाजको समसामायिक कथामा आधारित रहेको उनले बताए । पोखरामा सिनेमा क्षेत्रको गतिविधि बढाउन पोखरा महानगरपालिका सम्बन्धित संघसंस्थासँग हातेमालो गर्न तयार रहेको उनले बताए ।  पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि प्रतिक्रिया दिँदै भने, ‘माओत्से गुरुङ कलाकारिता सँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । सिनेमामा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ ।’  मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायाँकन गरिएको दयारानी मार्फत उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ सिनेमा छायाँकनका लागि उत्कृष्ट रहेको भन्दै दयारानी मार्फत याङ्जाकोटको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने उनले उल्लेख गरे ।  कवि रमेश श्रेष्ठले दयारानीको कथा पछिल्लो समय छरछिमेक र समाजमा देखिएको कथा भएको उल्लेख गरे । दयारानीको छायाँकन देखि संगीतसंयोजनमा सम्मको विषय उत्कृष्ट लागेको भनाई उनको छ । सिनेमामा स्थानीय लवजलाई समेत स्थान दिइएकोले दयारानी सबैका लागि भएको उनले बताए ।  दयारानीको निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेबारी हुन्छ ।’  उनले निःसन्तान हुँदा आफ्नै साथीसर्कलको परिवारमा देखिएको समस्यालाई दयारानीमा समावेश गर्ने प्रयास गरेको बताए । समाजको पुरुषवादी चिन्तनलाई कथामा प्रस्तुत गर्न खोजिएको उनले बताए । दयारानीको कथाका लागि दयाहाङ राई र दिया पुन नै उत्कृष्ट भएकाले उनीहरुलाई मुख्यभूमिकामा प्रस्तुत गरिएको उनले बताए ।  नायिका दिया पुन पनि दयारानीबाट आशावादी देखिन्छिन् । दयारानीले आफ्नो कलाकर्ममा थप ईटा थप्ने विश्वास उनको छ । दयारानीको रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । सामाजिक परिवेशलाई सिनेमा मार्फत उठाउन खोजिएको विषयमा अभिनय गर्न पाउँदा नौलो लागेको उनले बताइन् ।  गायक विनोद बानियाँले पहिलो पटक सिनेमा मार्फत संगीतकार र गायकको भूमिकामा रहन पाउँदा खुशी लागेको बताए । पोखराको संगीतले पनि मेन स्ट्रीमको नेपाली सिनेमामा स्थान पाउँछ भन्ने गतिलो उदाहरण दयारानी भएको उनले बताए । दयारानी माओत्से गुरुङको मात्र सिनेमा नभई हरेक नेपालीको सिनेमा भएको उनले उल्लेख गरे ।  दयारानीमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनार, राजेन्द्र थापा, सितादेवी गुरुङ, कृष्टी गुरुङ लगायतले अभिनय गरेका छन् । सिनेमामा मोहन गुरुङ (टिला), न्यू आइटी भेन्चर(जापान), किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन सुर्यप्रकाश गुरुङको लगानी छ ।