टी-२० खेल्न नेपाल आइपुग्यो वेस्ट इन्डिजकाे टिम
काठमाडाैं | बैशाख १२, २०८१

काठमाडौं: टी-२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ ।
बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।
रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।
नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...
मुस्ताङ: दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडा...
पोखरा: काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौं...