काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा:   पोखराका विभिन्न ९ वटा रोटरी क्लबहरुको आयोजनामा लेकसाइडमा ‘रोटरी कार्निभल–२०२३’ सम्पन्न भएको छ । शनिबार फेवाताल किनार खहरेमा आयोजित रोटरी कार्निभल उद्घाटन गर्दै रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले हरेक जोनमा रोटरी कार्निभल गर्नुपर्नेमा जोड दिए । उनले रोट्र¥याक्टलाई पनि समेट्दै फेलोसिपसँगै सामाजिक सेवामा कार्निभल उपयोगी हुने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले यस किसिमको कार्यक्रम रोटरीमा महत्वपूर्ण रहेको भन्दै निरन्तरताको कामना गरे । उनले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने बताए । कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरीद्वय दुर्गा सुवेदी, दिनेशराज मानन्धर, असिस्टेन्ट गभर्नरहरु जयराम पौडेल, ईश्वरप्रसाद कर्माचार्य, पुरन कुँवर, रोटरी बानेश्वरका अध्यक्ष विष्णु कार्की, रोटरी भरतपुरका पूर्व अध्यक्ष आईपी ढकाल, रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल लगायतले मनोरञ्जन र फेलोसिपसँगै सामाजिक सेवामा रोटरी कार्निभल महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले गरेका थिए । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरुले संयुक्त आयोजना गरेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिनुका साथै कौडा, तामाङ्सेलो, सालैजा, झोरा लगायत नृत्य पनि देखाइएको रोटरी प्याराडाइजका पब्लिक इमेज चेयरपर्सन तथा सहसचिव जसु गुरुङले बताइन् । नृत्य स्टार्स स्टूडियोको संयोजनमा भएको थियो ।    रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन यसपालि पोखराका ९ वटै क्लब लागेको बताए । कार्निभलबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको उनले बताए । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय, कलेज व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले बताए । आयोजनास्थल आसपासका करिब १० रेष्टुरेन्टले सहभागीलाई विभिन्न प्रकारका खानाका परिकार पस्किएका थिए । जसमा उनीहरु रातिसम्मै रमाए । कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले गरेका थिए । रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत १ सय ५४ क्लब छन् । तीमध्ये एउटा भुटान र बाँकी नेपालमा छन् । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् । 

नवलपुर:  नवलपुरकाे जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन्।   विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन्।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार  खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको हाे ।   उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए। आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए।   मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए।   पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई नचाएका थिए भने कृष्ण अखेली, सुनितामी परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा गुरुङले आफ्नो प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपालीले स्टेज तताएका थिए ।  महोत्सवमा सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले प्रस्तुती दिनेछन ।  यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

नवलपुर:    नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ ।  आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।  आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो । प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको हो । मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

काठमाडौं:    नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।  दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।  ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

पोखरा:   बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने भएको छ ।   आयोजक यूनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २६ देखि माघको ८ गते सम्म पोखरा महोत्सव हुने जानकारी दिएको हो ।   “युवाको जाँंगर राष्ट्र निर्माणको आधार”  भन्ने मुल नाराका साथ २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको छ । क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखानाको अवधारणा र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।   श्रेष्ठका अनुसार बाह्रौँ पोखरा महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी समेत रकम छुट्याइने छ ।   क्लबले पोखरा महोत्सवको आयोजना गरी हालसम्म पोखरा आसपासमा रहेका १८ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापाना एवं शैक्षिक सामाग्रीहरु वितरण ग्रामिण क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविर संगै दीर्घ तथा ठूला रोग लागेका गरिब तथा अशक्त ब्याक्तिहरुलाइए आर्थिक सहयोग गर्दै आइरहको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।   त्यसैगरी क्लबले आफै खेलकुद आयोजना गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्रायोजक, सहयोगी संस्था तथा प्रवद्र्धक भइ काम गर्दै आइरहेको र पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा लिइ पोखराको लेखनाथमा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा हाल सम्म ५८ लाख ८५ हजार रुपैया हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।   श्रेष्ठका अनुसार पोखरा जुलोजिकल पार्क अहिले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको गौरवको योजना अन्तर्गत जिल्ला डिभिजन बन कार्यालय मार्फत निर्माणको काम अगाडी वढिरहेकाले एघारौँ पोखरा महोत्सवबाट क्लबले उक्त क्षेत्रमा रकम हस्तान्तरण गर्न छाडेको हो ।   क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत  कैलाली जिल्ला हावाहुरी पडित, कोभिड १९ माहमारीको बेला गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पो.म.न.पा.वडा १० र १२, उदयपूर जिल्ला गढी गाउँपालिकाका हावाहुरी पिडितलाई आर्थिक सहयोग र भर्खरै पश्चिम रुकुम जाजरकोटका भूकम्प प्रभावितहरुलाई न्यानो कपडा वितरण गरिएको समेत श्रेष्ठले जानकारी दिए ।   महोत्सवको आमदानीबाट बचत हुने रकमबाट सेती नदी संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र क्लबको आफ्नै जग्गा रहेको पोखरा २६ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी हरेक क्षेत्रमा १५ प्रतिशत रकम छुट्याइने भएको छ ।   बाह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, टिकट प्रयोजकमा सिटिजन फर्निचर टे«ड लिङ्क प्रा.ली., प्रवेश पास प्रयोजकमा सिद्धी अटो पार्टस् एण्ड मोटरसाईकल वर्कसप, अफिसियल इन्स्योरेन्समा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, हस्पिटालिटी पार्टनरमा होटल टाक्स इन्टरनेशनल रहेको छ भने विशेष सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका र अमरसिंह मा.वि रहेको छ । मिडिया पार्टनरहरुमा ए.बी.सी. न्युज टेलिभिजन, फेवा टेलिभिजन रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले वताए ।     महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुलक प्रवेश गराइने छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ३० देखी २ सय ५०  स्टल रहने र आइतबारदेखी स्टल बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ । महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खच भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।   महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।   महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।   महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै  लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ ।   त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती,  बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिएको छ ।   पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिएभने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

पोखरा:  पोखरा रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई कास्की प्रहरीले थप १० दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।   अनुसन्धानका लागि लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप भएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक श्रवण कुमार बिकले जानकारी दिए ।   कास्की प्रहरीका अनुसार रानाभाटमाथि सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।   रानाभाटले शनिबार पोखराको अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला रविलाई मकैको खोया प्रहार गरेका थिए ।  

पोखरा:  पोखरा महानगरपालिका ९ नागढुंगास्थित चरक अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   लायन इन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता सम्पन्न शिबिरबाट कुल ६ सय ५० जनाले लाभ लिएका छन् ।   बेनी नगरपालिको नेप्टेचौरस्थित राष्ट्रिय मावि प्राङ्गणमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिदैें चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बिरामीको अवस्था अनुसार औषधिसमेत वितरण गरिएको जानकारी दिए ।    उनका अनुसार सो शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको थियो ।   सो शिविरमा डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।   लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक बलबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।    

पोखरा:  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले पहिलो चरणमा विभिन्न क्लबबाट ४८ खेलाडी छनौट गरेको छ ।   दुई दिने छनोट कार्यक्रममा करिब ८० खेलाडी सहभागि थिए ।   अहिले छनौट भएका ४८ जनालाई ४ टिममा विभाजन गरिएको कोषाध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएको छ ।   टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् ।   दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन् ।   ऋषिकेस शर्मा पौडेल र कमल थापाले टिम विभाजन गरेका थिए ।   पुष १० देखि जिल्ला छनौंट खेल शुरु हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।