पोखराः तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ स्थित घलेलमा २५ औं ल्होछार घलेल महोत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष बिराज गुरुङले जानकारी दिए । उनका अनुसार ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला कुर्ची दौड प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले ल्होछार घलेल महोत्सवमा आयोजित गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेताले नगद ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुन एक समूहलाई ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ । यस्तै प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले २ वटा भालेसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क कायम गरिएको छ । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् । मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेषप्रस्तुती दिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तीव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्’ क्षेत्रीले भने, ‘यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ । उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।
काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं। १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतले बताए अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा तीन जनाको भेट भएपश्चात् दुई/तीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए । शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छ÷सात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा: रोटरी क्लब अफ गण्डकीको आयोजनामा पोखराको विकास क्रमबारे ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेको छ । पोखरामा रोटरी क्लब अफ गण्डकीको आयोजनामा इतिहासकार सुनिल उलकले ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेका हुन् । क्लबको नियमित मासिक बैठकको अवसरमा ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा कार्यक्रममा इतिहासकार सुनिल उलकले पोखराको विकास क्रमबारे चर्चा गरे । उनले पोखरामा बस्ती विकाससँगै व्यापार र शिक्षाको अवधारणा, पोखराको कला संस्कृति, पोखराको पर्यटन क्षेत्रको बारेमा चर्चा गरे । पोखरा हिजो, आजको चर्चा गर्दै भोलिको पोखराको चिन्तासमेत व्यक्त गरे । उलकले पोखरामा बस्तीको विकास बैदाम क्षेत्रबाट भएको उल्लेख गरे । ‘जहाँ हामी अहिले पोखरा भनिरहेका छौं यस क्षेत्रमा पहिले बस्ती थिएन, बस्ती बैदाम क्षेत्रमा थियो’, इतिहासकार उलकले भने, ‘अहिलेको पोखरामा त्यस समयमा औलोको समस्या थियो, त्यसैले बस्तीको विकास थिएन, पछि गाई पाल्दै जाँदै यस क्षेत्रमा बस्तीको विकास भएको हो ।’ उनले बस्तीको विकास हुनुपूर्व नै पोखरामा १५ औं शताब्दीको बिचमा शिक्षाको सुरुवात भइसकेको सुनाए । इतिहासकार उलकले भर्ति भई पेन्सनबाट फर्किएका लाहुरेले नेपालमा भित्राएकाे करिब १५ करोड रुपैयाँले पोखरा लगायत वरपर जग्गा किनबेचको सुरुवात भएको बताए । ‘पहिलो विश्वयुद्धबाट फकिएका लाहुरेले ल्याएका करिव १५ करोड रुपैयाँ नै पहिलो रकम नेपालमा भित्रिएको हो’, उनले भने,‘पेन्सनबाट ल्याएको करिव १५ करोड रुपैयाँले उनीहरुले सानो सानो जग्गा किनेको भिटिएको छ, पाँच वर्ष भित्र लाहुरेले सबै पैसा सकिएपछि पुनः विदेश फर्किदा किनेको जग्गा बिक्री गरे यसरी नै पोखरा र वरपर जग्गाको किनबेच सुरुवात भयो ।’ उनले परिचर्चा कार्यक्रममा पोखराको बालधाराको निर्माणबाट खानेपानीको व्यवस्थादेखि, पोखरामा शिव भान्सारीले सुरुवात गरेको ब्यापार हुँदै पर्यटनको विकासक्रम अगाडि बढेको बताए । रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबको मासिक बैठकमा विभिन्न क्षेत्रको व्यक्तित्वहरुसँग समय सान्दर्भिक विषयमा छलफल गर्दै आएको बताए । यस महिनाको बैठकमा उहिलेको पोखरा र अहिलेको पोखराको परिवर्तित विषयवस्तुमा चर्चा गरिएको जानकारी दिए । रोटरी क्लब अफ गण्डकीले शिक्षा, स्वास्थ्य, खेलकुदसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
पोखरा: कास्की प्रहरीले ३ जनालाई ३ ग्राम ५ मिलिग्रामसहित ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसहित ३ जना रहेका छन् । उनीहरुलाई गएराती पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित होटल डाँफेमुनालबाट पक्राउ गरिएको हो । उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि यात्रुलाई सोधपुछ गर्न थालिएको छ । आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो । विमानस्थलका अनुसार ढोका नजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको बताइएको छ । अहिले ति यात्रुलाई अर्काे जहाजमार्फत काठमाडौं लाने तयारी भएको बताइएको छ भने के कति कारणले ह्यान्डिल चलाइयो भन्ने बारे सोधपुछ गरिने विमानस्थले जनाएको छ ।
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो । एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई हनि ट्रयापमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना महिलासहित ५ जनालाई प्रकाउ गरेको छ । बसपार्क क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई विभिन्न प्रलोभनमा देखाई हनि ट्रयापमा पारेर लुटपाट तथा पकेटमार गरी दुःख दिने कार्यमा संलग्न भएको आरोपमा पृथ्वीचोक बसपार्कबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो (मंगलबार) प्रकाउ गरेको हो । पोखरा महानगरपालिका २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन स्थायी घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, पोखरा ९ बस्ने १९ वर्षीय मन्जु नेपाली, पोखरा ९ बस्ने १९ वर्षीय सम्झना परियार र लमजुङ स्थायी घर भई पोखरा ९ बस्ने योगेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । उनीहरुले पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई महिलाहरुको प्रयोग गेर घुमफिर गर्न आउने पुरुष व्यक्तिहरुलाई होटल मिलाई दिने बहानामा विभिन्न प्रलोभनमा पारेर एकान्त ठाउँमा लगि पैसा तथा मोबाइल फोन लुटपाटमा संलग्न भएको पाइएपछि प्रकाउ गरेको बैदाम प्रहरीले जनाएको छ । प्रकाउ परेका पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा आज जिल्ल प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पोखरा: कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ । पूर्व सांसद तथा उद्योगपति स्व।सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान ३ पत्रकारलाई अर्पण गरिएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा।सुरेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् । उनीहरू तीनै जनालाई जनही १ लाख ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए । पोखराका प्रथम निर्माण व्यवसायी स्व।कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो ।