काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...

पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ ।   आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।   नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।  

सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ।   विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्। भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन।   तीनरचार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।   मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने सेतोपाटीलाई बताए। ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने। गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो। डाटा भरिएर सर्भर डाउन भएको थियो। कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेका डाटा हराउँदा ती डाटा रिकभर गर्न समय लागेको थियो।   सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।  

कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।   मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् । चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

स्कुल बसले चेपेर‍ रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ।   इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले  बालिकालाई चेपेको थियो।   प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए।   दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ। यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो।

सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।   आजको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक सोमबार र मङगलवार बस्नेछ ।

मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो ।   साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डौ प्रहरीले जनाएको छ ।

पोखरा:  पोखराको विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आज पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रकाउ गरेको हो ।  प्रहरीले चितवनको रत्ननगर–९ स्थायी घर भएर पोखरा महानगरपालिका–६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठको कोठाबाट १ किलो लागूऔषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) र पोखरा १७ ड्यामसाईड बस्ने २१ वर्षीय बिजन सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने पदार्थ सहित प्रकाउ गरेको हो ।  यस्तै  पोखरा रंगशाला गेट अगाडी रहेको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा खाजा घरका सञ्चालक ४९ वर्षीय देवीमाया गुरुङलाई लुकाईछिपाई राखेको १ किलो २ सय ८० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ र ८७ हजार ४ सय ३५ रुपैयाँसहित प्रहरीले प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा–८ बगालेटोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा–९ न्यूरोड बस्ने ३३ वर्षीय बिष्णु कुँवरको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरेर १२० एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।  लागूऔषधसहित प्रकाउ परेका पाँचै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:    पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो ।  योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ ।  पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम हुनेछ ।  इभेन्ट म्यानेजमेन्ट संस्था प्रचारका आशिष पुरीका अनुसार प्रख्यात योगा मेन्टरर्स जायन (विन्यास योगा), योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड  हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) रहनेछन् ।  माछापुच्छ«े, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमि बनाएर चिसो र स्वच्छ हावा लिँदै फराकिलो मैदानमा करिब ३ दर्जन देशी विदेशी योगप्रेमीहरुले सहभागिता जनाउँदै छन् ।  स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले कार्यक्रमको सबै तयारी पूरा भएको जनाउँदै कार्यक्रम स्थल काहुँडाँडा हुने र पाहुनालाई होम स्टेमा आवास सुविधासहित राखिने जानकारी दिए । ‘आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम योग हो । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो ।’ प्रचारका पुरी भन्छन् – ‘अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएकाले हामीले यस कार्यक्रम पोखरामा ल्याएका हौँ ।’  योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति भएकाले यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । मानसिक स्वास्थ्यका लागि तनाव कम गर्न, खानपानमा सुधार गर्न र शारीरिक लचकताका लागि पनि योग अपरिहार्य रहेको पुरीको ठम्याई छ ।  पोखरामा अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिवल नै पहिलो पटक हुन लागेको आयोजकको दाबी छ । अहिले योग फेस्टिवल राज्यस्तरबाटै हुन थालिसकेको छ । गत जेठमा सार्क राष्ट्रसहित इरान र साउदी अरबका खेलाडी सम्मिलित माउन्ट एभरेष्ट योग फेस्टिभल प्रतियोगितात्मक हिसाबमा सम्पन्न भएको थियो । पोखरामा भने योगका कला प्रशिक्षण मात्र हो । 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए ।  ‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा  भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’ भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।  खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ ।  यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार  तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ ।  पुष ५ देखि ९ गतेसम्म सञ्चालन हुने २५ औं संस्करणको भदौरे पञ्चासे, कोदो महोत्सव, ल्होसार मेलामा २३ लाख रुपैयाँ आम्दानी हुँदा २० लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष अनिल गुरुङले बताए ।