वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ: प्रधानमन्त्री प्रचण्ड
कैलाली | बैशाख ९, २०८१
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ ।
प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बाहिर चलेका हल्लाका पछाडि लाग्न हुँदैन, सत्ता समीकरण पुरै समयावधि जाने बताउनुभयो ।
उहाँले प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको बताउनु हुँदै अव प्रदेश सरकार बलियो भएर अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको बताउनुभयो।
अहिले वाम एकता भन्नु सही पनि छैन, वामपन्थी समीकरण भनेर सत्ता समीकरण गरिएको पनि होइन, यो राजनीति समीकरण मात्र हो, राम्रो काम हुँदै गयो, समझदारी बन्दै गयो भने वामपन्थी एकताको सम्भावना पनि छ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कतारका राजाको नेपाल भ्रमण, लगानी सम्मेलन, ऐन संशोधनको तयारीमा सरकार जुटेको बताउनु भयो । उहाँले आगामी बजेट नयाँ तरिकाले ल्याउने गरि सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड आजै महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

