पोखरा: रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् । प्रतियोगितामा सहभागिता जनाउन रोटरी वा रोट्याक्टमा आवद्ध भएको हुनुपर्नेछ । यसका अलावा रोटरी वा रोट्याक्टमा आवद्ध परिवारको सदस्य भए समेत प्रतियोगितामा भाग लिन पाउने उनको भनाई छ । देशभरका जुनसुकै उमेर समुहले भाग लिन पाउने प्रतियोगितामा एकलतर्फ ३ हजार र समुहगततर्फ १० हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ । समुहगततर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ हात पार्नेछन् । एकलतर्फको विजेताले ५० हजार, द्धितीयले २५ हजार र तृतीयले १२ हजार रुपैयाँ पाउनेछन् । जुनसुकै नेपाली गीतमा नृत्य गर्नपाइएपनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामुहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा ८ जना सम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेट सम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहित हुनेछ । प्रतियोगितामा भाग लिन चाहनेहरुले न्युरोड पोखरामा रहेको स्टार्स स्टुडियोको कार्यालयमा पुगेर, गुगल फम भरेर अथवा फोन मार्फत समेत भर्न सक्नेछन् । फाराम फागुन ५ गते बिहानसम्म भर्न पाइने आयोजकले जनाएका छन् । स्टार्स स्टुडियोले यसअगाडि ‘लोक संस्कृति र हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला, कवितामा नृत्य, चित्रकलामा नृत्य, ३० वर्ष माथिको उमेर समुहको नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता, पुष १५ टिकटक प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, गुरुङ गीत एकल नृत्य प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । यसैगरी स्व.तिलमाया गुरुङ स्मृति सम्मान, स्टार्स संस्कृति सम्मान, स्टार्स समाजसेवी सम्मान कार्यक्रम समेत संस्थाले गर्दै आएको छ । बालबालिकाको लागि स्टार्स समर क्याम्पका दुई संस्करण समेत आयोजना भयो । तेस्रो संस्करणको तयारी समेत सुरु भइसकेको छ । फाउण्डेसनको स्थापना पश्चात स्टुडियोले गर्ने सबै कार्यक्रममा फाउण्डेसनले साथ दिँदै आएको छ । विभिन्न म्युजिक भिडियो निर्माण मात्र नभएर गुरुङ चलचित्र निर्माणमा समेत स्टुडियोेले हात हालेको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा पहिलो चलचित्र ‘म्लेक्यू’ अर्थात विर्साउने पानी, दोस्रो चलचित्र ‘मि–थों’ अथार्त खुल्ला आँखा चलचित्र निर्माण भएको थियो । रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ । ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले खुलाए । सन् १९०५ फेब्रुअरी २३ रोटरी इन्टरनेशनल स्थापना भएको थियो । स्थापना दिवसलाई रोटरीक्लबहरुले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाउने गरेका छन् । दिवसको छेको पारेर आयोजना गरिएको यो प्रतियोगितामा देशभरका रोटरीयनहरुको प्रतिनिधिमुलक सहभागीता रहने आयोजकको अपेक्षा छ ।
काठमाडौं: नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो । नेपालले प्रस्तुत गरेको २ सय २८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन जोड्दै अलआउट भयो । माल्दिभ्सका लागि कप्तान सिमय बिन्तले सर्वाधिक ८ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ४ विकेट लिंदा पुजा महतो र रुविना क्षेत्रीले ३/३ विकेट लिए । त्यसअघि रुविनाको शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् । ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् । पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल ट१(४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो । त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे । नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोल्न सकेन ।
काठमाडौं: नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् । ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् । पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल ६१–४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो । त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे । नेपाल २ खेलमा ४ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोलेको छैन ।
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबिच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उहाँले यो सँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारीहरू ध्रुवीकृत भइरहेको बताउनुभयो । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सो क्रममा उहाँले पार्टी विधान र दस्ताबेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो । सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहनुभएका तुलसीपुर खानेपानी संस्थाका पूर्व अध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नयाँ शक्तिको जिल्ला अध्यक्ष हुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएका चौधरी होटेल सङ्घ बर्दियाका अध्यक्ष पनि हुनुहुन्छ । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेताहरू पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मस्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति थियो ।
पोखरा: कास्की रुपा गाउँपालिकाले स्थापना दिवसमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ । गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,झाँकी प्रदर्शनी र माला प्रतियोगिता आयोजना गरेको बताए । ‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष ओझाले भने, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै रुपा रत्न पुरस्कार वितरण गरेर मनाउँदै छौं ।’ उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५०, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । यस्तै कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले स्थापना दिवसमा विभिन्न जातजातिको झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरेको छ । रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्र्षको भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए । झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ । मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्याफटिङ संघका मुख्य प्रशिक्षक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उक्त प्रतियोगिता अन्तर्गत आज (मंगलबार) ड्राउ रिभर रेस र र्याफटिङतर्फको स्लालम हुने छ । आज सम्पन्न हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए । र्याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।
पोखरा: नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ । आज (सोमबार) बसेको ११ औं सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो । निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् । यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् । प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
पोखरा: ‘समानताका लागि आवाज’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘आवाज’ले गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला प्रहरी कार्यालयमा छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राख्ने भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा बसको बैठकबाट जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धि सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको हो । पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिसकेको छ भने आज (सोमबार) प्रदेश प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि बोर्ड राखिएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानरीक्षक विकासराज खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताकासाथ कानुनी दायरामा ल्याउन प्रदेश मातहतका कार्यालयहरुलाई निर्देशन गरेको बताउदै आवाजले सहयोग गरेको जनचेतनामुलक समाग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको धारणा राखे । डिआइजी खनालले सामाजिक रुपान्तरणका लागि आवाजलाई आगामी दिनमा यस्तै सकरात्मक र रचनात्मक कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिएका थिए । यस्तै आवाजका सदस्य अपिल विश्वकर्माले आवाजविहीनका आवाज र विभिन्न किसिमका सामाजिक हिंसाको विरुद्धमासंस्थाले काम गर्दै आएको जानकारी दिए । उनका अनुसार आवाजले यसअघिदेखिनै विभिन्न वडामा गुन्द्रीमा मुक्ति संवाद, लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।
दोलखा: दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो। गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए। (भीष्म भण्डारी) गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो। विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए। दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ। त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

