भोजपुर दुर्घटना: २ को मृत्यु, १२ जना घाइते
काठमाडाैं | बैशाख १८, २०८१

काठमाडौं: भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।
भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए।
उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए।
दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका-१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...