गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

जीवनका कहानी अनेकौं होलान् प्रेमका परिभाषा र पात्र पनि धेरै होलान् तर हामीबीच सम्बन्ध सधैं हामी नै रहन्छौं  हामी नै हुन्छौं चाहे जीवनले नयाँ अध्याय शुरु गरोस् या नयाँ बोटो रोजोस् ! सदियौं पुरानो प्रेमिल यात्राको पनि पूर्णविराम रहोस् यद्यपि जिवन्त प्रेम गर्न पाइयोस आशातीतमा म...   हुन्थ्यौ भने तिमी  गणित किताबको फर्मुला म उहिल्यै भुलिसक्थे हुन्थेउ भने तिमी  विज्ञान किताबको परिभाषा म उहिल्यै भुलिसक्थे   हुन्थेउ भने तिमी आमाले गरेको गाली बा’ले कुटेको क्षण म उहिल्यै भुलिसक्थे तिमीलाई तर ... तिमी त हौ बेस्सरी दुखेको दिन बेस्सरी रोएको रात तिमी त हौ मुटु छेडेको सम्झना श्वास अँठ्याउने याद...   अब भन कहिले मनको मझेरीमा कहिले मस्तिष्कको आँगनमा र कहिले कलेजीको गुन्द्रीमा वर्षौदेखि नाची बसेकी तिमीलाई   म भुलौं कसरी..?   -इश्वरजंग गाहा थापामगर  (कावासोती -२, नवलपुर)

काठमाडौं:    आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।   पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।   आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।   आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो । यसैबीच भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवसको अवसरमा चितवको सौराहामा फुड फेस्टिवल भैरहेको छ ।   रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजनामा १८ औँ संस्करणको फुड फेस्टिवल भैरहेको हो । आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएका छन् । व्यवसायी समेत उत्साहित भएका छन् । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो । फुड फेस्टिवल भोलिसम्म चल्नेछ ।

काठमाडौं:    आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।  आज काठमाडौंको हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गरिँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारा, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो छ । यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।

पोखरा:       जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अवैध सुनचाँदी,नगदसहित भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पोखराबाट प्रहरीले आज (मंगलबार) भारतीय नागरिक सुरजित भौमिकलाई अवैध सुनचाँदी र नगदसहित प्रकाउ गरेको हो ।  प्रहरीले भारतको पश्चिम बंगाल घर भएका ४० वर्षीय भौमिकलाई अवैध सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९ सय ९९ ग्राम एक ढिका (विस्कुट) र ५० ग्रामको १ ढिका(विस्कुट) , , ६ किलो चाँदी र ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकहरुको चेक १३ थान, आधार कार्ड १ थान, मोवाईल १ थान, डायरी १ थानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।  अवैध सुनचाँदी र नगदसहित प्रकाउ परेका भारतीय नागरिक भौमिकलाई भोलि (बुधबार) थप अनुसन्धानका लागि राजस्व विभाग ललितपुर पठाइने कास्की प्रहरीले जनाएको छ । 

पोखरा:     पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन बिहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए । उनले अघिल्ला संस्करणमा भएका कमीकम्जोरीलाई आत्माआलोचना गर्दै थप सुधारिएर जाने समेत सुनाए । ‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन विदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’ उनले प्रा.लि.को तर्फबाट पोखरा म्याराथनलाई २५ हजार पाँच सय २५ रुपैयाँ नगद समेत सहयोग गर्ने घोषणा गरे ।  पोखरा यातायात प्रा.लि.का एमडी देवी कुइकेलले ट्याक्सी व्यवसायीहरुसँग समेत सहकार्य गरेर उक्त दिन रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने बताए । उनले विहानको समय र विदाको दिन पनि भएकाले आफुहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउन जोड दिने सुनाए । पोखरेली ट्याक्सी व्यवसायी प्रा.ली.का अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउँदै उक्त दिन म्याराथनको समयमा सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा असर पर्ने कुरा सुनाउँदै त्यो फरक पाटो रहेपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने बताए ।  उनीहरुले विहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेर चलाउन परेमा धावकलाई असरै नपर्ने गरी चलाउने प्रतिबद्धता व्यक्त गरे । तर, नीजि सवारीहरुले धावकलाई असर पार्न सक्ने भन्दै उनीहरुले त्यसका लागि आयोजकले विभिन्न सामाजिक सञ्जाल, एफएम रेडियो, अनलाइहरुबाट सूचना प्रवाह गर्न समेत सुझाव दिए ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफुहरुलाई त्यति चुनौती नहुने बताए । उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयम् सेवकसहित ट्राफिक प्रहरी रहने सुनाए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा खुसी व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो ।   

पोखरा:     प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय  ¥याफ्टिङ  च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए । यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ ।   प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । त्यसै गरी ¥याफ्टिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।  डाउन रिभर र स्लालम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे । कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्‍याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो ।

पोखरा:   पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा आजदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे ।     बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे ।   यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे । काठमाडौंको जीतमा करण खड्काले निर्णायक गोल गरे ।   प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँ खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले भूमिका खेल्ने धारणा राखे ।   विगत लामोसमयदेखि निरन्तर रुपमा आयोजना हुदै आएको प्रतियोगिताले पोखराको फुटबलको विकासमा ठुलो टेवा पुर्याएको सांसद बरालले बताए ।    उनले १७ औं संस्कणसम्म एउटै प्रतियोगिताले निरन्तरता पाउनु पछाडि आयोजक संस्थाको अतुलनिय सँघर्ष भएको उल्लेख गर्दै खुलेरै प्रशंसा गरे ।   उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिदैं उनले आफ्ना तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।   आगामी १० गते सञ्चालन हुने सो प्रतियोगितामा ५६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अुनसार उनका अुनसार फागुन २ गते पहिलो चरणकै ८ खेल हुनेछन् ।    (फागुन २ गते हुने खेलतालिका) सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   तियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।   १६ औं संस्करणकौ बिटी कपको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।  

पोखरा:     पोखरा महानगरपालिकाले आलुु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुुगमन गरेको छ ।  पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको संयोकत्वमा रहेको बजार अनुुगमन समितिले पोखराको शान्ति वन स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चार वटा आलुु, प्याजका पसलहरुमा अनुुगमन गरिएको हो । पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भैरहेको भन्ने प्रधानमन्त्री कार्यालयमा रहेको हेलो प्रधानमन्त्रीमा गुुनासो परेपछि कृषि उपज तथा थोक बजार(मण्डी)मा रहेका आलु, प्याज गोदाममा अनुुगमन गरिएको हो ।  अनुुगमनका क्रममा ढकाल आलु पसल फोहोर, मुल्यसुचि नभएको, नापतौलको दर्ता नभएको, ब्यवसाय नविकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा विक्री वितरण गरेको भेटिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीले जानकारी दिनुुभयो । उहाँका अनुुसार पसल सञ्चालक देवराज ढकाललाई पसल सरसफाई गर्न र जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै सन्दिप श्री ट्रेड्र्समा सामान खरिद र विक्री बिल नभएको र आफुले सामान खरिद गर्ने ब्यवसायीले समेत खरिद बिल नदिएको गुनासो गर्नुभयो । उहाँले आफुले किन्ने र विलको मुल्य फरक पर्ने गरेको भन्दै त्यसलाई समोजन गरिदिन आग्रह गर्नुुभयो । नम्रता विविध सप्लार्यसमा खरिद विक्री विल अध्यावधीक नगरेको भेटिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताउनुुभयो । आर एण्ड जयसवाल सप्लार्यसमा मुल्यसुची नभएको, सरसफाई नभएको, नापतौल, किलाकाटाँ नविकरण नभएको, व्यवसाय नविकरण नभएको भेटिएको छ । सञ्चालक सरोजकुुमार जयसवाललाई एक हप्ताभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । आलु र प्याजको खुद्रा र होलसेल मुुल्यमा धेरै अन्तर रहेको बताउदै त्यसलाई उपभोक्ता र व्यवसायी दुुबैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभयो । अनुुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरी जस्तो कृहिएका आलुु, प्याज नभेटिएको  पोखरा महानगर आर्थिक विकास महाशाखा मनोहर कडरियाएले बताउनुुभयो । अनुुगमनमा उपप्रमुख एवं अनुुगमन संयोजक मञ्जुुदेवी  गुुरुङको संयोजकत्वमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखाका प्रमुुख अनिल कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दिपक कुुँवर, महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि राजेन्द्र लिगलको सहितको टोलीले अनुुगमन गरेको हो । लेखेका कागजमा खानेकुरा पोको नपार्नु  पोखरा महानगरपालिकाले महानगरभित्र मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको छ । कुनैपनि खाद्य उत्पादक, व्यवसायी वा विक्रेताले खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंङ्गाइएको कागजलाई प्रयोेग नगर्न अनुुरोध गरेको हो । नेपाल सरकार कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा(७) मा भएको अधिकार प्रयोग गरी खाद्य बस्तुुको गुणस्तर निर्धारण सम्वन्धमा २०८० जेठ २५ गते राजपत्रमा सुचना प्रकाशित गरी खाद्य प्रदार्थमा यस्ता प्रकारका काजगहरुको प्रयोग नगर्न सुचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि यस्ता प्रकारका कागजमा खाद्य बस्तु राखेर बिक्री वितरण गर्न प्रतिबन्ध गरेको हो । खाद्य ऐन २०२३ दफा ५ को उपदफा(२) बिपरित हुने भएकाले सोही अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको छ । ऐनको उल्लघन गरेमा प्रमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने ब्यवस्था रहेको छ । यसैवीच सोही ऐन कार्यान्वयनका लागि पोखरा महागनरले अनुुगमन समेत गरेको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरपुुरी तरकारी, पकौडा र मासु फ्राई  गरेर  बिक्री गर्ने चार पसलमा लेखेका कागजमा खाद्य सामाग्री राखेर नबेच्न पहिलो पटक सचेत गराइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो ।

पोखरा:    एमालेका युवा नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् । बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्गसमेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए । ‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भए पनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न सकिन्छ,’ पाल्पा हाउसमा उनको सम्मानमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘त्रिकोणात्मक रुपमा एउटा सिटीमा कन्भर्ट गर्ने मोडलमा गई सिंगो नेपालको विकासमा राम्रो उपलब्धि हुनेछ ।’ कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि रानीमहलसम्म ट्रयाक खोल्न आफूले सदनमा बोलेकोबोल्यै गरेको उनले बताए । पटक पटकको दबाबपछि अर्थ मन्त्रालयले १ अर्ब ४८ करोड खर्च स्वीकृतिका लागि साइन गरेको र चालु आवमै उक्त ट्रयाक खोल्न टेन्डरमा जाने उनको भनाइ थियो । उनले लुम्बिनी र गण्डकी प्रदेशसँग जोडिएको पर्यटकीय एवं धार्मिक क्षेत्र रानीमहल, रिडी, छेर्लुङ वरिपरि पर्यटन पूर्वाधारका हिसाबले निजी क्षेत्रबाट नै केही संरचना निर्माण गर्न सकिएमा दुवै प्रदेशको पर्यटन विकासमा पनि सघाउ पुग्ने बताए । २०४६ सालको परिवर्तनपछि भएको पाल्पा विकास गोष्ठीको निष्कर्ष स्मरण गर्दै उनले पाल्पाको विकासका मूल आधार ः शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन भएको बताए । त्यसबेला पूर्वाधार विकासतर्फ तानसेन–छहरा–अर्घाखाँची मोटरबाटो, तानसेन–चिलाङ्दी–राम्दी, आर्यभञ्ज्याङ–रामपुर तथा बाँस्टारी–झडेवा हुँदै खैरेनी जोड्ने मोटरबाटो गरी ४ सडक पूर्णरुपमा सम्पन्न गरी कालोपत्रे गर्न सकिएमा पाल्पाको विकासमा पूर्वाधार तयार हुने निष्कर्ष रहे पनि ती सडक सबैभन्दा अप्ठेरो र धूलाम्यमै सीमित हुनु दुखदायी हो भने । ती सडक विकासमा आगामी वर्षको योजनामा समेट्ने प्रयास भइरहेको उनले जनाए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तलाको पकेट क्षेत्र भएको उल्लेख गर्दै वन क्षेत्रमा पनि सुन्तला खेती गर्नुपर्ने बताए । उनले कुसुमखोला र बाँस्टारीमा कोल्डस्टोर निर्माणको कोशिस भएको जनाए । पाल्पाको भगवती जात्रालाई सरकारीको औपचारिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालदेखि नै पाल्पा जिल्ला मानव सूचकांकमा विकसित जिल्ला भएको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासमा सबै जनाले हातेमालो गर्नुपर्नेमा जोड दिए । जिल्लाका २ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयन भएकोमा अहिले ५ वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गर्दासमेत प्रगति ११ प्रशितमात्र भएकोमा गुनासो गरे । गत वर्ष आफू सांसद निर्वाचित हुने बेला तानसेन–बुटवल यात्रा गर्दा साढे ३ घण्टा लाग्ने र झोलामा एकजोर कपडासमेत बोक्नुपर्ने अवस्था भएको स्मरण गर्दै डुम्रे, चिडियाखोला (कालीमाटी), भूतखोला लगायत चार ठाउँबाहेक सडक स्तरोन्नति भएको दाबी गरे । सिद्धबाबा सुरुङमार्ग प्रारम्भिक चरणमा रहेको र यो समयमै सम्पन्न गर्न सकिएमा तानसेन–बुटवल सडक सरल बन्ने अपेक्षा गरे । एमालेका युवा नेता गैरे अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष उनी पोखरामा सुरु मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन अवसरमा यहाँ आएका हुन् । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार आयोजित समारोहमा सांसद गैरेलाई पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा कोलोनीका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले पाल्पाली ढाकाटोपी, खादा र माला लगाएर स्वागत गरे । पाल्पा हाउस खोलेर एकताबद्ध रुपमा पाल्पालीहरु लाग्दा पोखरासहित पाल्पाको समेत विकासमा सघाउ पुग्ने विश्वास लिए ।