प्याडल नेपाललाई राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि
पाेखरा | फागुन १, २०८०
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय ¥याफ्टिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ ।
चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए ।
यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।
त्यसै गरी ¥याफ्टिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । डाउन रिभर र स्लालम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।
कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

