पोखरामा सातौ विरेन स्मृति १७ औं ‘बिटी कप सुरु
उद्घाटन खेलमा मेनीमोर विजयी
पाेखरा | फागुन १, २०८०
पोखरा: पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा आजदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे ।
बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे ।
यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे । काठमाडौंको जीतमा करण खड्काले निर्णायक गोल गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँ खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले भूमिका खेल्ने धारणा राखे ।
विगत लामोसमयदेखि निरन्तर रुपमा आयोजना हुदै आएको प्रतियोगिताले पोखराको फुटबलको विकासमा ठुलो टेवा पुर्याएको सांसद बरालले बताए ।
उनले १७ औं संस्कणसम्म एउटै प्रतियोगिताले निरन्तरता पाउनु पछाडि आयोजक संस्थाको अतुलनिय सँघर्ष भएको उल्लेख गर्दै खुलेरै प्रशंसा गरे ।
उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिदैं उनले आफ्ना तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
आगामी १० गते सञ्चालन हुने सो प्रतियोगितामा ५६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अुनसार उनका अुनसार फागुन २ गते पहिलो चरणकै ८ खेल हुनेछन् ।

(फागुन २ गते हुने खेलतालिका)
सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
तियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
१६ औं संस्करणकौ बिटी कपको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

