काठमाडौँ:  सत्तापक्षीय दलको बैठक बसेको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो ।   बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,...

मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो।   शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको पाइएको छ।     बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए।   सोही क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। ‘बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ डिएसपी भण्डारीले भने। प्रहरीका अनुसार शव फेला परेकामध्ये एक जनाको सनाखत भइसकेको छ।   चितवनको राप्ति गाउँपालिका १ दुबिचौरका हरि पौडेलको शव फेला परेको हो। 

पाेखरा:  पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्कीले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।   ‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयो ।   उहाँले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।   “इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन”, कार्यालय प्रमुख रिजालले भने, “अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।”   कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ ।   “अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ”, कार्यालयको सूचनामा उल्लेख छ ।   प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए । 

नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि यो पहिलो पटक गर्न लागिएको सम्मेलन हो।   सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।   प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।   कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ। ‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ विधानमा लेखिएको छ।   'एउटा अधिवेशन समाप्त भई अर्को प्रदेश अधिवेशन प्रारम्भ नहुँदाको अवस्थामा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक अधिवेशनको सबै कार्य गर्न सक्ने' प्रदेश सम्मेलनको काम, कर्तव्य र अधिकार तोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आइतबारबाट महोत्तरीको जलेश्वरमा सुरू हुँदैछ।   आज मध्याह्न १२ः३० बजेबाट संयुक्त बैठक सुरू हुने पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए। ‘केन्द्रीय सदस्य र सांसदहरू ११ बजे आइसक्नुहुनेछ। साढे बाह्र बजेबाट बैठक सुरू गर्छौं,’ उनले भने। बैठक तीन दिनसम्म चल्ने छ।   राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका छन्। आजबाट सुरू हुने संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे विमर्श हुने अर्यालले जानकारी दिए।   प्रदेश सभापतिहरूलाई पनि बोलाइएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका अतिरिक्त प्रदेशहरूले राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, समग्र पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको संसदीय कार्यको मिहीन समीक्षा हुने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।   राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने छ। वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताएका छन्।   पार्टीको समग्र रोडम्याप र अवलम्बन गर्ने नीति पनि यो बैठकले तय गर्ने उनले जानकारी दिए।   रास्वपाले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ। महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि चरणचरणमा छलफल चलाएको रास्वपाले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला खटाएका थियो। तीन दिन बसेर उनीहरूले जनताका सुझाव संकलन गरेर ल्याएका थिए।   लगत्तै रास्वपाले काठमाडौंमा दस्तावेजकेन्द्रित बौद्धिक मन्थन पनि गरेको थियो। अहिले मधेसमा संयुक्त बैठक राख्नुका पछाडि पनि दस्तावेजमाथिको छलफललाई विस्तारित गर्नु नै रहेको नेताहरूले बताएका छन्।  

झापा:  झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।   सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका- ४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो।    डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल-४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।   थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ। 

म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ।   गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगलवा गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्।म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ।   घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको विषय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमर्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ।

पोखराः  पोखरा महानगरपालिका-१० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।  साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा-१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङले भवनको उद्घाटन गर्नुभयो । त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित अघि बढाउन सञ्चालक समिति र शेयर सदस्यहरुको ठूलो भूमिका हुने बताउनुभयो ।  विकेन्द्रीकृत पूँजीलाई केन्द्रीकृत गरी स्वावलम्वन बन्दै सहकारी क्षेत्रलाई अघि बढाउँदै सरकारको तीन खम्बे नीति अनुसार सहकारी अघि बढ्नुपर्ने र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाका सांसद शिव नेपालीले सहकारी संस्थाहरुले जनताको बचत सुरक्षित गर्नुपर्ने र कुनै समस्या नआउने गरी सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभयो । श्रीवृद्धि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको बताउनुभयो ।  शेयर पूँजी वृद्धि, निक्षेप संकलनका लागि प्रभावकारी खाता सञ्चालन, ऋण असुली प्रक्रिया थप प्रभावकारी, संस्थाका शेयर सदस्य तथा कर्मचारीको ज्ञान, सीप, अनुभव र क्षमता वृद्धिका कार्यक्रम सञ्चालनको योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  अध्यक्ष गुरुङले भन्नुभयो,“सम्पूर्ण शेयर सदस्यहरुलाई पनि आफ्नो सहकारीको अपनत्व महसुस हुेन गरी सहकारीका क्रियाकलाप अघि बढाएका छौँ । पछिल्लो समय केही सहकारीले आफ्नो कारोबार बिगारेका कारण सहकारीप्रति जनविश्वास कम हुँदै गइरहेको अवस्थामा पनि हामी हाम्रो संस्थालाई अवतरण गराउन सफल भएका छौँ । ” ढिकालेथर महिला बचत सहकारीका अध्यक्ष सिर्जना आचार्य सिग्देलले कुनै एक सहकारीका संचालकले गरेको बदमासीले गर्दा समग्र सहकारी र राम्रो काम गर्नेहरुलाई समेत असर परेको बताउनुभयो ।  बचतकर्ता तथा ऋणिहरुले बजार हल्लाको पछि नलागि कारोबार गरेमा सहकारीमा समस्या नआउने आचार्यले उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यक्रममा  सहकारी संस्थाका संस्थापक अध्यक्ष प्राडा कृष्ण केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा वुद्धिबहादुर थापा, रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चाँदनी हमाल, सुनौलो भविष्य महिला सहकारी संस्थाका संस्थापक सल्लाहकार अनिता तिमिलिल्सना लगायतले श्रीवृद्धि सहकारीले आफ्नै कार्यालय भवन निर्माण गरेकामा कारोबार सञ्चालनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । साधारणसभामा स्वागत संस्थाका उपाध्यक्ष कृष्णप्रसाद गौतम(धैर्य), सञ्चालन कार्यबाहक सचिव तथा कोषाध्यक्ष रुद्रनाथ अधिकारी र सहकारीका सात सिद्धान्त बाचन सञ्चालक समिति सदस्य डा विनिता कोइराला शर्माले गर्नुभएको सहकारीका कार्यालय प्रमुख दुर्गाप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।   

पोखरा:   पोखरा आउँदै गरेको हाइसमा विशाल दिसवा थारु लागूऔषधसहित पोखरा महानगर-३० पावरहाउसमा प्रकाउ परेका छन् ।  वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पावर हाउस चोकमा हिजो(शनिबार)सवारी चेकिङ गर्ने क्रममा पर्साको ठोरी गाउँपालिका–३ घर भएका २० वर्षीय विशाललाई १ सय ७७ पिस नाईट्रोभ्याट लागूऔषधसहित प्रकाउ गरेको हो ।  प्रकाउ परेका विशालाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।