चाउँथेमा बसको ठक्करबाट खुशीको मृत्यु, दिपिका घाइते
पाेखरा | बैशाख १२, २०८१
पोखरा: पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो ।
यस्तै स्कुटर चालक सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्करबाट घाइते भएकी प्रधानकोलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपनि डाक्टरले मृत घोषणा गरेको थियो ।
सिन्धुपाल्चोक चौतारा नगरपालिका १३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

