गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा नवलपुर च्याम्पियन, हिमाल बने सर्बाेत्कृष्ट
महिलातर्फ पर्वतलाई उपाधि
पाेखरा | बैशाख १२, २०८१
पोखरा: गोरखाको बारपाकमा सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर च्याम्पियन बनेको छ ।
बारपाकको खेलमैदानमा आज भएको फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै नवलपुरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको स्याङ्जाले नगद रु ७५ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा नवलपुरका हिमाल सुनारीमगर सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यस्तै महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गर्दै विजयी बन्यो ।
महिलातर्फपनि विजेता र उपविजेता टोलीले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्याे । महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनिन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

