पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका बीच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताईन । पराजुलीले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको पराजुलीले उल्लेख गरिन । विहिबार देखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ । त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक धुब्रबावु भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने उनले जानकारी दिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ । महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।को मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रप ९नर्भिक हस्पिटल०, पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन ।
पोखरा: अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्त रूपमा शान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो । बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहनु भएको थियो । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताउनु भयो । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग रुपैया सहयोग गर्दै आएको छ ।
पोखरा: विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा समेत मुख्य प्रायोजकलाई निरन्तरता दिएको हो । महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना गर्दै छ । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा चौथो पटक सहकार्य गर्न पाउदा खुसी लागेको बताए । बेटरलाई जनताहरुले मन पराइरहेको सन्दर्भमा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गर्नु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो । पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले आफ्नो उत्पादन बेटर ब्राण्डको इलेक्ट्रिक र किचनका सामाग्रीहरु बिक्री गर्दै आइहरहेको छ । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए । सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।
पोखरा: सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए । शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरे । सो अवसरमा उनले गण्डकी टेनिसले टेनिसमार्फत बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोले बैंकले सहकार्य गरेको बताए । उनले सहभागि बालबालिकाहरुको उज्जवल भविष्यको कामना गर्दै बैंकले आफ्नो सहकार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको अध्यक्ष्तामा भएको कार्यक्रममा संघका सचिब लक्ष्मण बरालले समेत आफ्ना भनाई राखेका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयोजनमा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्था पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, पश्चिमान्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय संघका सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा ३० जनाको लाइब्रेरियनको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। इन्द्रप्रसाद तिवारीबाट सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तिवारीले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा गण्डकी विश्वबिद्यालयले पनि सक्दो सहयोग तथा सहकार्य गर्ने बताए । तालीममा प्राप्त सिप र ज्ञानको भरमग्दुर प्रयोग गरी आफ्नो वृत्ति बिकास र ब्यक्तित्व बिकास गर्न तलिममा सहभागीहरुलाई शुभकामना दिदै तिवारीले वर्तमान अवस्थामा चुनौतीहरु थपिएको बताए । तालिमको समापन गदैँ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले पुस्तकालयको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताए । सहभागिले दुइ दिनसम्म प्राप्त गरेको ज्ञानल तालिम पछि कार्यक्षेत्रमा जादा कार्यसम्पादनमा सुधार आउने अपेक्षा व्यक्त गरे । त्यसैगरी पोखरा विश्वविद्यालयका सह– प्रध्यापक डा। रबिन्द्र घिमिरेले तालिममा सिकेका ज्ञान र सीपहरूले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए। यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने भएकाले तालिम अवधिभर प्रशिक्षक तथा सहजीकरणकर्ताले सिकाएका कुरामा ध्यानपूर्वक मनन गर्नुपर्ने कुरामा उनले जोड दिए । तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा। रबिन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय सङ्घका अध्यक्ष मीन कुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गरेका थिए। तालिमको संयोजन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सुवर्ण आचार्य तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फबाट संघका सचिव भुवन ढकालले गरेका थिए ।
पोखरा: १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । झाँकी ¥याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए । कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए । सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए । प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए । स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए । त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए । खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन । सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए । ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए । मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए । विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।
पोखरा: युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षति भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ । क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षति भएका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने क्रममा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी प्रदेश पोखराको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यले एक थान कम्प्युटर प्रदान गरेको हो । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य बुद्ध कार्की लगायतको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख अनुसन्धान निर्देशक प्रजेश सिंह हमाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख मोहन बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखराका अनुसन्धान निर्देशक प्रजेश सिंह हमालले जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडबाट आफ्नो कार्यालय पूर्ण रुपमा क्षति भइ कामकारबाहीमा अफ्ठ्यारो परिरहेको बेला युनाईटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कार्यालयलाई अतिनै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको पूर्ण सफलताको कामना गर्दै आफ्नो कार्यालयको तर्फबाट समेत महोत्सवलाई सभ्य बनाउनका लागि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । यस्तै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै पोखरामा खुल्ला चिडियाखना निर्माणमा पहलदकमी, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको बताए । विपद ब्यवस्थापन कोष अन्तर्गत यसपटक जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं १२, १० र १५ लाई समेत कम्प्युटर हस्तान्तरण गरिएको उनले बताए । युनाईटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
पोखराः रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो । अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्नुभयो । महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यसपटकपनि यसको व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग गरिने बताउनुभयो । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उहाँले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराखिने जनाउनुभयो । अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पार्नुभयो । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उहाँले प्रष्ट्याउनुभयो । ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाउनुभयो । रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पार्नुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिनसबै खाले सुरक्षा निकायसंग समन्वय गरिने बताउनुभयो । बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिनुभएको थियो । महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।
पोखरा: पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव सिकाईको थलो बनेको छ । ‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’ घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।

