श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चासंगै सुगर र मुटुरोगको नि:शुल्क परिक्षण गरिने
पाेखरा | साउन ३, २०८२
पोखरा: पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ ।
श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा कथा श्रवण गर्न विभिन्न विशिष्ट ब्याक्तिहरुले उपस्थिती जनाउदै आएका छन । आइतबार श्रीमदवीतक चर्चामा श्रीकृष्ण प्रणामी मन्दिर पुगेका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले नैतिक शिक्षाको कमी भइरहदा धार्मिक सत्संग कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्नमा मदत पुगेको बताउदै सत्संगले जीवन बुझ्न सहयोग पुग्ने बताए । सत्संगले गलत बाटोमा लागेका तथा बाटो बिराएका हरुलाई समेत सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने उनको भनाइ रहेको थियो ।
बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले कृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा सञ्चालन भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे । कुनैपनि धार्मिक स्थलमा आयोजना हुने सत्संगमा बिना निमन्त्रण पनि गएर सत्संग सुनेमा सुख शान्ति र समृद्धि छाउने बताए । भोक र तिर्खामा खाना र पानी पिउदा जतिको आनन्द हुन्छ सत्संगमा पुगेर कथा सुन्दा त्यति आनन्द र शरिरमा शुद्धता छाउने उनको भनाइ रहेको थियो ।
श्रीमदवीतक चर्चाकै बिचमा आयोजना हुने निशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ जो कोहीले पनि लाभ लिन सकिने सचिव लक्ष्मण बरालले बताए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छभने सोमबार पोखरा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको उपस्थिती रहने छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

