पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो । बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गर्नुभएको हो । बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गर्नुुभयो । संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन बढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ । महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । शान्तारानी संगै बुधवार पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाल लगायत कलाकारहरूको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएभने जादुगर दीपक थापा मगरको जादु कलामा दर्शकहरुले मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा रकहेड्सको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा आयोजित विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुति रहेको थियो । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बिहीबार अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आयोजित छेलो प्रतियोगिताको फाइनल बिहीबार विहान ९ बजे हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो । महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो । आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ । वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ । सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार दिन प्रतिदिन बढ्दै गइरहेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी लत्ता कपडा, घरायसी सामाग्री, कृषिजन्य सामाग्रीको बिक्री बढिरहेको उनको भनाइ रहेको थियो । महोत्सवकै आयोजना गरि सामाजिक काम गर्ने भएकाले पनि युनाईटेड क्लबको पोखरा महोत्सवलाई दर्शकको साथ पाएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पोखरा महोत्सव दर्शकहरुकै साथले १४ औं संस्करण सम्म आइपुगेको बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्राबासमा खर्च खरिने बताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य खेलकुद पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ । महोत्सवमा दिन प्रतिदिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि पोखरा महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेको महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दिनमा लोकदोहोरी र महोत्सव अवधिभर हरेक साँझ लाईभ ब्याण्डको प्रस्तुति हुने भएकाले पनि युवाहरु दिनमा भन्दा साँझको समयमा बढी मात्रामा महोत्सवको अवलोकनको लागि आउने गरेका छन । महोत्सवको सातौं दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अर्जुन संगै सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुतीमा दर्शक झुमे । साँझको लाइभब्याण्ड तर्फ लेकाली ब्याण्डको प्रस्तुतीमा पोखरेलीहरु झुमे । त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहेको प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको आठौं दिन मंगलबार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पुजा तामाङ लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ ब्याण्ड तर्फ एवाइजीको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयाँको दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता शुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखेभने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अडिटर एशोसिएसन नेपाल (अडान) का केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. डोलप्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी, उपमहासचिव शिवराज बराल र हेमराज पौडेल, सचिव लिला भट्टराई, केन्द्रीय सदस्यहरू पदमबन्धु पोखरेल, रुद्रनाथ पौडेल, भोला शर्मा तथा अडान गण्डकी प्रदेशका अध्यक्ष ज्ञानबहादुर कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा बोल्दै अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेले लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सीपीई तालिम अनिवार्य र अपरिहार्य रहेको बताउनु भयो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले लेखा क्षेत्रमा भइरहेको परिवर्तन, दक्ष जनशक्ति विकास र व्यावसायिक आचरणमा सीपीई तालिमको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो। केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले लेखापरीक्षणमा प्रयोगमा आएका नयाँ प्रविधि, आर्थिक ऐनले गरेका नवीन व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्यासमा आएका नयाँ प्रविधिबारे जानकारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। तालिममा रोशन सापकोटा र विवेक श्रेष्ठले प्रशिक्षकको रूपमा प्रशिक्षण दिनु भएको थियो। अडान कास्कीका सचिव कृष्णप्रसाद ढुंगानाले कास्की जिल्लालाई आर्थिक रूपमा सबल बनाउँदै अडिटरहरूबीच एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अग्रजहरूको सल्लाह, सहभागिता र सहयोगका कारण कार्यक्रम सफल भएको हो। तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो। सोही अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई अडान गण्डकी प्रदेशद्वारा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
पोखरा: मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज सहित फस्र्ट रनरअप सोममाया तामाङ बनिन् । सोनी तामाङले मिस बेस्ट वक सहित सेकेण्ड रनरअप हुदा कविना घिसिङ तामाङ मिस पंक्चुवल सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । माया लामाले मिस कल्चरसंगै पपुलर अवार्ड हात पारिन् । यसैगरि खुसी तामाङले मिस ट्यालेण्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनिन् । प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकीछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् । विजेता तथा उपविजेताहरुलाइ बिशेष अतिथी नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ,लभ मिस तामाङ पोखरा २०२४ का विजेता एवम कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, मिस तामाङ पोखरा २०२५ का विजेता शिशा लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, कलाकार फुलकुमार बोम्जन, राम लामा लगायतले पुरस्कार वितरण गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणलाई अघि बढाउने कुरामा जोड दिए । मिस तामाङ पोखरा जस्ता कार्यक्रमले तामाङ समुदायका युवतीलाई नेतृत्व, चेतना र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको उनले बताए । कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोशिला ब्लोन तामाङ, सह संयोजक शिशा लामा तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ रहेका थिए । गायक फुलकुमार बोम्जन , विवेक दोङ, सन्तोष बस्याललगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।
पोखरा: पोखरामा केही दिन यता फोहोर उठ्न नसकेपछि महानगरपालिकाले आज एक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा केही व्यवधान उत्पन्न भएको जनाएको छ । पोखरामा केही दिन यता नियमित फोहोर उठ्न नसक्दा दुर्घन्ध समेत फैलिन थालेको छ । महानगरको शहरी विकास पर्यटन तथा वातारण महाशाखाले एक सूचना जारी गर्दै फोहोर व्यवस्थापनमा देखिएको समस्याको समाधान नहुँदा सम्म सार्वजनिक स्थानमा फोहोर नफाल्न समेत अनुरोध गरेको छ । सूचनामा भनिएको , ‘पछिल्लो विकसित समस्याको निराकरणका लागि महानगरपालिका अनवरत रुपमा प्रयत्नशील छ । यस समस्याको समाधान नभएसम्म आफ्नो घर, व्यवसायीक स्थल तथा अन्य क्षेत्रमा उत्पन्न हुने फोहोर सार्वजनिक स्थल, सडक चोक, बसपार्क, ताल तथा नदी किनारामा जथाभावी नफ्याक्नुहुन हार्दिक अनुरोध गर्दछ ।’ यस्तै महाशाखाले सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने एवम् कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न समेत आग्रह गरेको छ । पोखरा महानगरपालिकाले अहिले वडा नम्बर ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको छ । पोखरा–३३ को झाँक्रीबगरमा पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीयवासीले विरोध गरिरहेका छन् ।
पोखरा: पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो । अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्थापनमा २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ । उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछ भने साँझ ८ बजे पोखरा आइपुग्नेछ । यात्रुहरुलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाईटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरु एक स्थानबाट दुई भन्दा बढी यात्रुहरु भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ । महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएका स्टलहरुको समेत कारोबार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए । महोत्सवको छैठौं दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

