सिताघाट बाटोे निर्माणमा ढुङ्गेसाँघु आमा समुहको सहयोग

पाेखरा | माघ ७, २०८२

सिताघाट बाटोे निर्माणमा ढुङ्गेसाँघु आमा समुहको सहयोग

पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । 


जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो ।


महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो ।
आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।


पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ । 


वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ ।


     सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्