पोखरा:  पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा  कार्यक्रम सम्पन्न भएको छ ।  पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगम...

पोखरा:    हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ।  यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ।  जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपुर्याउनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ।  तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ। पहिलो चरणमा रु.१८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउनेछ।  यसको पाइलोटिङ्संगै आगामी दुई वर्ष भित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइनेछ। परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।  नगर प्रमुख धनराज आचार्यका अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।  यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को। लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन्। कोरियाको तर्फबाट तारकम को.लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले नगर प्रमुख आचार्यसँग बुधवार छलफल गरेका छन्। किमले सबै सामाग्रीहरू परीक्षण पश्चात् तयारी हालतमा रहेकाले एक महिना भित्र नेपाल आइपुग्ने जनाएका छन् ।

पोखरा:     गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो । बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षामा पहुँच र जीवनस्तरमा सुधार ल्याउनु हाम्रो प्राथमिक कर्तव्य हो । ”, उनले भने । नेपालले बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण कदम चालेको र बालश्रम सँगै बालविवाहको अन्त्य गर्नका लागि कानूनी व्यवस्था बनाउन सफल भएको भनाई उनको छ । उनले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा पहुँच बढाउन विभिन्न कार्यक्रम र नीतिहरु प्रदेश सरकारले लागू गरेको बताए ।  बालबालिकाको संरक्षणका लागि शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षा क्षेत्रमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले उल्लेख गरे । मन्त्री थापाले बालबालिकाको अधिकारलाई सम्मान र सुरक्षा दिन केवल सरकारको मात्र जिम्मेवारी नभई नागरिहरुको जिम्मेवारी पनि भएको बताए ।  सबै मिलेर नै समाजका प्रत्येक बालबालिकालाई एक सुरक्षित र समान अवसरको जीवन प्रदान गर्न आवश्यक रहेको भनाई उनको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले बाल बालिकाको अधिकार प्रति प्रतिबद्द हुन आवश्यक रहेको बताए ।  सबै लागे बालबालिकाको समस्यालाई समाधान गर्न सकिने भनाई उनको छ ।  निबन्ध प्रतियोगितामा लमजुङ सुन्दरबजारकी ग्रीष्मा दवाडी प्रथम भएकी छिन् भने दोस्रो र तृतिय क्रमशः लमजुङ जिल्लाको राइनासका सुनिल श्रेष्ठ र नवलपुर कावासोतीकी रचना न्यौपाने भएका छन् । सान्तवना पुरस्कार भने तनहुँ जिल्लाका म्याग्दे गाउँपालिकाका प्रवेश पण्डित पाएका छन् ।   प्रतियोगितामा प्रदेशका ४४ गाउँपालिकाका ४४ जनाको सहभागिता थियो । प्रदेश बाल परिषदका अध्यक्ष सन्दीप चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर सरकारी महासंघ नेपाल गण्डकीका अध्यक्ष पदम पहारी, निबन्ध प्रतियोगिताका मुल्यांकन समितिका  संयोजक कृष्ण प्रसाद पौडेल, सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी लगायतले बालेका थिए ।

पोखरा:    पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आयोजित त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित तिनदिने खेलकुद प्रतियोगिताको आज तेस्रो दिनको प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।  तेस्रो दिनको जुनियर छात्रतर्फ बास्केटबल प्रतियोगिताको अन्तिम खेलमा पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  यस्तै सिनियर छात्रातर्फ बास्केटबल प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । भने छात्रतर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् ।  यस्तै घैँटो फुटाउने खेलमा जुनियरतर्फ कक्षा ५ की अदिती तिमिल्सिना र सिनियरतर्फ कक्षा ६ का सफल खड्का प्रथम भएका छन् ।  टेबल टेनिस प्रतियोगितामा कक्षा ७ का सफल थापा प्रथम, कक्षा ८ का दिप्सन क्षेत्री द्वितीय र कक्षा ७ का प्रज्वल मल्ल तृतीय भएका छन् । उक्त त्रिदिवसीय खेलकुद प्रतियोगितामा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब २४ ओटा खेल आयोजना गरिएको थियो ।  सम्पूर्ण प्रतियोगिताहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो । कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीको उत्साह एवम् सहभागिताले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास हुन सहयोग हुने कुरा बताए ।  कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खेलकुदमा विजेता हुने समूह एवम् विद्यार्थीलाई बधाई ज्ञापन गरे ।  विजेता विद्यार्थीलाई आगामी पौष ४ गते हुन गइरहेको विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।     यो पनि पढ्नुहोस   विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन १२ खेल सम्पन्न विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन १२ खेल सम्पन्न

पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १ सय ८ धारासहतिको शिव मन्दिरको शिलान्यास गरिएको छ ।    देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दिर सन्यास आश्रमधामका पिठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् ।    दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलन्यास गरिएको हो ।    उक्त घाटमा यसअघि शवदाहस्थल व्यवस्थित गर्न मलामीका लागि विश्राम स्थल, अन्त्येष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, वृक्षारोपण र तारवार लगाइएको थियो ।    मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।   मन्दीर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगि कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिी निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन दिए ।    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।      मन्दिर निर्माणका लागि पोखरा–२१ घर भई हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थनाको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैया दिएको र थप ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।    यस्तै अमेरिकाबस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।    यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका संघ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।    कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् ।     

पोखरा:    गण्डकी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ (तमु) भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग गरेको छ ।   आज (सोमबार) तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई तुरुन्त सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो ।    तमु धिं नेपालका अध्यक्ष हुमबहादर तमुले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा मगर र गुरुङ भाषालाई प्राथमिकता दिएपनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरे ।   ‘नेपालको संविधानको धारा ६, ७, ३२,२८७ साथै भाषा आयोग ऐन २०७७ समेत गरी भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ भाषालाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता दिएको धन्यवाद दिन चाहान्छु’, अध्यक्ष तमुले भने, ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया बढाई कार्यान्वयन मागसमेत गर्दछु ।’   यस्तै तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे समक्ष ५ बुँदे मागसमेत राखेको छ ।    ज्ञापन पत्रमा भनिएको छ,गण्डकी प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा रुपमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा कार्यालय स्थापना गर्नसमेत माग गरेको छ ।    तमु धिं नेपालले गुरुङ भाषा नामाकृत गाउँ, बस्ती, ठाउँ, भुगोलहरुको नामाकरण पुनः गुरुङ भाषामै गर्न, मातृभाषा खोज, अध्ययन साथै तालिम केन्द्रको व्यवस्था, गुरुङ जातिको बसोबास रहेको स्थानको विद्यालयमा गुरुङ भाषा पठनपाठन गर्न समेत माग गरेको छ । 

पोखरा:  पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा त्रिदिवशीय कार्यक्रम आज दोस्रो दिन १२ खेल सम्पन्न भएका छन् ।  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन १२ खेल सम्पन्न भएका हो ।  दोस्रो दिनको सदनात्मक र खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा कक्षा नर्सरीमा वाटर रेस प्रतियोगितामा परितोष पौडेल प्रथम, इमान थापा क्षेत्री द्वितीय र अनिक शिट तृतीय भएका छन् ।  यस्तै कक्षा एल.के.जी. बाट वाटर रेसमा सृष्टि मोन्डल प्रथम, कृष्ण मेट्या द्वितीय र नोमिका नेपाली तृतीय भएका छन् । सोही कक्षाबाट मेकिङ गाल्र्यान्ड (माला बनाउने) खेलमा एल्बिना तामाङ प्रथम, प्रज्ञा खनाल द्वितीय र सायरा देवकोटा तृतीय भएका छन् ।  यु.के.जी. तर्फबाट विज्ञान दौडमा प्रीतिकोना मोन्डल प्रथम, एड्विन देवकोटा द्वितीय र कृषा कार्की तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।  कक्षा एकबाट विज्ञान दौडमा सुभान सुवेदी प्रथम, पारोमिता मोन्डल द्वितीय र समीक्षा बास्तोला तृतीय भएका छन् । सोही कक्षाको ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् । यस्तै जुनियर प्रा.वि. तहमा कक्षा २ बाट गणित दौडमा एन्जिला थापा प्रथम, रेनिस अमगाईं द्वितीय र रन्जन सुनार तृतीय भएका छन् । कक्षा २ मा स्पोन रेसमा अंश सुनार प्रथम, स्वप्निल सुनार द्वितीय र क्रेलिशा बि.क.तृतीय भएका छन् ।  कक्षा ३ बाट गणित दौडमा अंकित मन्ना प्रथम, अन्मोल तामाङ द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् । सोही कक्षामा स्पोन रेसमा     युनेश रोका प्रथम, कपिल पौडेल द्वितीय र काव्या बि.क. तृतीय भएका छन् ।  कक्षा ४ बाट मेमोरी पावर खेलमा युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र दिव्या लम्साल तृतीय भएका छन् । कक्षा ५ मेमोरी पावर खेलमा श्रीषा तिमिल्सिना प्रथम, केन्जल जि.सी. द्वितीय र रुपा ठकुरी तृतीय भएका छन् । कक्षा ४ को गणित दौडमा दिया क्षेत्री प्रथम, युनिका खनाल द्वितीय र प्रेमिका नेपाली तृतीय भएका छन् ।  कक्षा ५ को गणित दौडमा श्रीषा तिमिल्सिना प्रथम, मुस्कान भण्डारी द्वितीय र प्रज्वल न्यौपाने तृतीय भएका छन् । सोही तहमा ४००मी. रिले दौडमा छात्रातर्फ पहेँलो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । ४००मी. रिले दौडमा छात्रतर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएको छ ।  टग अफ वार समूहमा हरियो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । यसैगरी सेभेन ए साइड फुटबलमा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय भएका छ ।  त्यस्तै आधारभूत सिनियर तर्फ ४००मी. दौड छात्रामा कक्षा ७ की खुश्बु सापकोटा प्रथम, कक्षा ६ की सबिता सुनार द्वितीय र कक्षा ६ कै सृष्टिका कोइराला तृतीय भएका छन् ।  मा.वि.तर्फ ४००मी. दौडमा छात्रातर्फ कक्षा १० की सुजिता सुनार प्रथम, सोही कक्षाकी अनिता बि.क. द्वितीय र निर्सरा पौडेल तृतीय भएका छन् । सोही तहमा छात्रतर्फ ४००मी. दौडमा कक्षा ९ का अस्दीप बर्देवा प्रथम र सुजन राई द्वितीय भएका छन् ।  यस्तैआधारभूत सिनियरमा छात्रातर्फ ४००मी. रिलेमा निलो सदन प्रथम र पहेँलो सदन द्वितीय भएका छन् भने छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मा.वि. तहमा ४००मी. रिले दौडमा छात्रातर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  सोही तहको छात्रतर्फको रिले दौडमा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । टग अफ वारको छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् भने छात्रातर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  मा.वि. तहको सेभेन ए साइड फुटबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् । त्रिदिवसीय कार्यक्रम मंगलबार सम्पन्न हुने विद्यालयलय जनाएको छ ।   

पोखरा:    कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत् निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् । यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् । नवनिर्वाचित अध्यक्ष कुँवरले विधानानुसार दुई जना सदस्यहरु गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनित गरे । निवर्तमान अध्यक्ष दुधमान गुरुङ ९आशिष० स्वतः कार्यसमितिमा रहन्छन् । युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा एकनारायण चापागाईं र प्रकाशमान सिंह भण्डारी रहेका थिए । नवनिर्वाचित अध्यक्ष कुँवर यसअघि संस्थाका प्रथम उपाध्यक्ष थिए । क्यान कास्कीमा १२ वर्ष बढी निरन्तर क्रियाशील कुँवर पोखराको न्यूरोड स्थित कस्मिक कम्प्युटिङ सोलुशन एवं कस्मिक एकेडेमीका सञ्चालक हुन् । सूचना प्रविधिको क्षेत्रमा कुँवर दुई दशकदेखि संलग्न परिचित नाम हुन् । कास्की अन्नपूर्ण–१ निवासी कुँवर पोखरामै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवद्र्धनमा सक्रिय छन् । यसअघि, संस्थाको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको शनिबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । उनले क्यान कास्कीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उद्घाटन समारोहमा संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय प्रतिनिधि चिन्तामणि बास्तोला, पोउवा संघका उपमहासचिव सुदीप प्रधनाङ्ग, पूर्व अध्यक्षका तर्फबाट गुणानिधी पाण्डेले बोलेका थिए । साधारणसभाको बन्दसत्रमा सचिव महेन्द्र भुर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।  अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए । २०६५ सालमा विधिवत् दर्ता भएको क्यान कास्कीको नेतृत्व जगनबहादुर गुरुङ, इबिन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधी पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र दुधमान गुरुङ ९आशिष० ले सम्हालिसकेका छन् । 

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् ।  सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उनले भने । मन्त्री थापाले काम गरेर कोहि पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएका छन् । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । “सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो।”, उनले भने । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गरे । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उनले गराएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मी भद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश श्रृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने९सैलुन०, फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराए ।  उनका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ । स्वरोजगार स्थापना र उद्यमशिलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उनी आशावादी छन् । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरि कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उनले गराए । कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्ण प्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए । 

पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् ।   बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो ।   मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका  आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते ।   मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन् । उनले मल्टिट्यालेन्ट अवार्ड समेत जितिन् । मन्जिता खत्री सेकेण्ड रनर अप, आर्या बराल थर्ड रनर अप भए । आर्याले एक्सप्रेस क्वीन अवार्ड पति जितिन् ।   यस्तै, रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जितेका छन् ।   गत वर्ष सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका थिए ।   यसपालि, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा करिब ४ घण्टा चलेको कार्यक्रममा निर्णायकमा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा.दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ.अनिल ढुंगाना र माया गुरुङ थिए ।   आयोजक नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले कार्यक्रम संचालन गरेका थिए । शाही स्वयंको कोरियोग्राफी थियो ।   नन्द इन्टरटेनेमन्टले प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धिका लागि बेलाबेलामा विविध कार्यक्रम गर्दै आएको संस्थाका निर्देशक देवेन्द्र शाहीले बताए । गत महिना संस्थाले गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।