सेती दोभानमा भेटिएको शवको पहिचान भएन
पाेखरा | असोज २६, २०८२

पोखरा: पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् ।
पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
सेती दोभान जाने भीर मुनी अचेत अवस्थामा फेला परेका पुरुषलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अचेत अवस्थामा फेला परी मृत्यु भएको पुरुषको सनाखत हुन नसकेपछि आज (आइतबार) सामाजिकमा हुलिया र तस्वीर राख्दै चिनेजानेको भए सम्पर्कमा आउन आग्रह गरेको छ ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन ग...
डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालि...