ठूलोढुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने
पाेखरा | असोज ५, २०८२

पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ ।
विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ ।
मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उहाँले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताउनुभयो ।
सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नं ३३ निवासी स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आउनुुभएको उहाँले जानकारी दिनुभयो ।
दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् ।
निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।
बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।
यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।
प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिनुभयो ।
विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल बनिरहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको सचिव लामिछानेले जानकारी दिनुभयो । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिवद्धता आचार्यले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर सडककको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझै बढ्दै गएको छ ।
म्याग्दी: सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ...
धादिङ: गए राति खसेको पहिरोका काारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गस्थित वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्वर ७ मौवा खेला भन्ने स्थानमा गएको पहिलरोले सडक अबरुद्ध भएको हो । सडकभ...
काठमाडौं: आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको पहिलो दिन सोमबार दसैँ घर ...