लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पाेखरा | असार २४, २०८२

लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पोखरा:  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । 


कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शनिवार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो ।
    

कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरुलाई आगामी दिनका लागि शुभकामना दिँदै समाजको हितका लागि सदैव क्रियाशील हुन आग्रह गरे । 


समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा कलेज प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष प्रा. डा. पराजुलीले लेकसिटीका विद्यार्थीहरु समाजमा अव्वल सावित हुने विश्वास व्यक्त गरे ।
    

धेरै मानिसले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान कलेज जीवनमा गर्ने गरेको भन्दै परिचय निर्माण र शीप विकासमा पनि केन्द्रित हुन उनले विद्यार्थीलाई सुझाव दिए ।
    

सो अवसरमा कलेजका सहायक क्याम्पस प्रमुख शोभकान्त सिग्देलले संस्थाको हरेक गतिविधिलाई अघि बढाउन विद्यार्थीले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गरे । 


सहायक क्याम्पस प्रमुख सिग्देलले अध्ययन पूरा गरेर विदा भए पनि कलेजले पूर्वविद्यार्थीहरुलाई सँधै संस्थाको सदस्यका रुपमा सम्मान गरिरहने बताए । 
    

कार्यक्रममा मानविकी तर्फ स्नातक तह पूरा गरेका विद्यार्थीद्धय मार्था हिताङ  र स्मृति काफ्लेले मन्तव्य राख्दै कलेजमा अध्ययन गर्दाका विभिन्न प्रसंगहरु स्मरण गरे । उनीहरुले लेकसिटी सदैव  जीवनको अभिन्न अंग बनिरहने बताए । विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रतीक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यार्थीद्धय अस्मिता रानाभाट र सम्झना भट्टराईले गरेका थिए । 


मानविकीतर्फ स्नातक तहको अध्ययन पूरा गरेकी विद्यार्थी मिसान गोम्जाले गीत प्रस्तुत गरेकी थिइन । त्यसैगरी कलेजमा मानविकी र व्यवस्थापनतर्फ स्नातक तहमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरुले  सांस्कृतिक प्रस्तुतिका रुपमा नृत्य प्रस्तुत गरेका थिए । 
    

कार्यक्रममा कलेजमा अध्ययापनरत प्राध्यापकहरुले विद्यार्थीहरुलाई टिका, खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।
    

कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
    

लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु (समाजसेवा) विषयमा पठनपाठन गर्दै आएको छ ।
 

काठमाडौं:   गण्डकी प्रदेश  प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।  काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरका...

थप पढ्नुहोस्

पोखरा: भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।    &nb...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...

थप पढ्नुहोस्