काठमाडौं:  सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...

काठमाडौं: नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ । उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिनुभएको प्रष्ट पार्नुभयो ।    व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले सहमतिको प्रयास आफूहरूले गरे पनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनुभयो । अहिले पार्टीभित्र वैचारिक मतभिन्नता नरहेको उहाँको भनाइ छ । जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बिचमा प्रतिष्पर्धा हुनेकुरा स्वाभाविक भएको उहाँले बताउनुभयो ।   त्यस्तै अध्यक्ष पदका प्रत्याशी मायानाथ अधिकारीले कार्यकर्ता र नेताहरूले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनुभयो । आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताए पनि सफल हुन नसकेको चर्चा गर्नुभयो ।   उहाँले भन्नुभयो, ‘जिल्लातिरका धेरै अगुवा साथीहरूले र कतिपय नेताले पनि पोलिटब्युरो सदस्य तपाई पहिला नै हुनुपर्ने हो, विभिन्न कारणले बनाउन सकिएन, अब पार्टीले पोलिटब्युरो सदस्य बनाएको छ, त्यो उपयुक्त पद हो भन्नुभएको छ ।’   त्यस्तै, अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल सङ्गठनको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले यसलाई नेताहरूसँग जोडेर बुझ्न नहुने बताउनुभयो । उहाँले सहमतिका निम्ति प्रयत्न गरे पनि सफल हुन नसकेको बताउनुभयो ।   मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवारी दिनुभएको छ । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङले उम्मेदवारी दिनुभएको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।

काठमाडौँ: नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।    माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।    हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय  एक हुनुपर्ने बताउनुभयो । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताउनुभयो । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ ।  रासस

काठमाडौँ: समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो।    पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले असोज १४ गतेबाट सुरु भएको अभियान असोज २९ गते सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिने जागरण अभियानमा एकीकृत समाजवादीले नौ सय किलोमिटर जागरण जनअभियान यात्रा पूरा गर्ने छ।    उहाँले पूर्वको काँकडभिट्टाबाट सुरु भएको पार्टीको अभियान स्थानीय तहमा पुगेर आम सभा र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो। उहाँले हालसम्म १२३ स्थानमा सभा सम्पन्न भएको जानकारी दिनुभयो।   

रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।   गंगादेव गाउँपालिकाको वडा नम्बर २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।   तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरूद्ध मुद्दा दायर भएको हो।   त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाइ, वडासदस्य टिका विक, तत्कालीन वडासदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरूद्ध मुद्दा दायर छ। आर्थिक वर्ष २०७६र०७७मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता समेत भएको थियो। योजनाको वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको भनेर उनीहरूले गलत प्रतिवेदन दिएका थिए।   झुट्टा बिल भरपाइ गरी ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ। उक्त रकम बिगो कायम गरी अख्तियारले भ्रष्‍टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ।

अछाम:   नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुगेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी परेका छन्। अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिए ।  प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मङ्गलबार साँझ अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । ‘‘आचार्यलाई प्यारालाइसिस भएको छ, जसले गर्दा आचार्य बोल्न सकेका छैनन् । अरु अवस्था सामान्य रहेको बताइएको छ ।’’ पार्टी सचिव बुढाले भने । तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र) अछामको आवधिक जिल्ला समीक्षाको लागि एक दिनअघि मात्रै डडेल्धुरा, बैतडी हुँदै आचार्य अछाम जिल्ला पुगेका थिए । 

जनकपुरधाम:   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ ।   समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो ।    “अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।”   पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताउनुभयो । राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमानदार बन्नुपर्ने धारणा राख्नुभयो ।   “राजनीतिक परिवर्तन त भयो । तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन । पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ । सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ । सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ । त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु ।”   फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पार्नुभयो । “वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।     एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ ।   समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशका अध्यक्ष प्रवीण साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललगायत नेताको समेत उपस्थिति थियो । रासस

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।   मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनुभयो ।   उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको जिकिर गर्नुभयो । ओलीले यो देशमा न्याय छैन की यही हो न्याय रु भन्दै प्रश्न समेत गर्नुभयो ।   ‘‘आज चार वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । तर सरकारले एसिड आक्रमणलाई छोडिसक्यो । सरकारले उनको उपचार गराइरहेको छैन ।,’’ अध्यक्ष ओलीले भन्नुभयो, ‘‘एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरुलाई सरकारले छोडिदियो ।’’   अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ  भन्दै प्रश्न गर्नुभयो ।

काठमाडौं:  बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ ।   मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले जातीय सद्भाव भड्काउने भन्दै उक्त विषय उठान गरे ।   उनले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन् ।   “बाँकेको नेपालगञ्ज सहरमा दुई समुदायमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, हिंसाको घटनाहरु कन्ट्रोल ल्याउनुपर्‍यो,” उनले भने, “यो सबैको जड मोबाइलको जड हो । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर ठाउँको ठाउँमा दोषीहरुलाई कारबाही गर्नुपर्छ ।”    उनले सद्भावको सहर नेपालगञ्जमा धार्मिक सद्भाव कायम राख्न स्थानीयलाई पनि अनुरोध गरे ।

पोखरा:    पोखरामा सोमबारदेखि सुरु भएको नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको निर्वाचन तालिका आज (मंगलबार) सार्वजनिक भएको छ । अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ ।   अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् । साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७स्३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ ।   बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।