जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।   टोकियोमा सम्...

विराटनगर:    कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।    प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । 

काठमाण्डौ: कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ ।   संविधान र कानुनी परामर्श तथा सांसदहरुको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले बेलुकीपख दुईमध्ये एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आजसम्ममा मुख्यमन्त्रीमा दाबी गर्न सक्नेगरी समयसीमा दिएकोमा हिजो सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षधर सांसद केदार कार्कीले दाबी पेस गर्नुभएको छ ।   कोशी प्रदेश सभामा कुल ९३ जना सांसद रहेकोमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा दाबी गरेका दुवैले ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कारण हस्ताक्षरको आधिकारिकताका विषयमा पनि प्रश्न खडा गरेको छ ।   आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका सांसद कार्कीले पनि कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ ।   एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको अवस्था नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले कांग्रेस नेता शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएको हो । कोशीमा सरकार गठनको लागि यो नै अन्तिम विकल्प भएकाले दलहरुले आफ्ना सांसदलाई ह्वीप लगाउन पाउने छैनन् ।   बहुमत पुर्याउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद रहेकोमा सिर्जना दनुवार उपसभामुख हुनुहुन्छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ६ जना सांसद छन् ।   संविधानको धारा १६८ को उपधारा ५ मा ‘प्रदेश सभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । संविधानको धारा १६८ ९३० अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।   कोशी प्रदेशमा ७ महिनाको अवधिमा पाँचौँ सरकार गठनको तयारी भइरहेको छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसकेमा वा गठन भएको सरकारले विश्वासको मत नपाएमा मध्यावधि चुनावमा जानुपर्ने संवैधानिक व्यवस्था छ ।

काठमाडौं:  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।   बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनुभयो ।   सांसद केसीले अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने जिकिर गर्नुभयो ।  सांसद केसीले अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो ।   ‘‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार संस्कृति हो । त्यसलाई तोडिने काम एकपछि अर्को हुँदै गइरहेको छ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबभन्दा राष्ट्रिय गौरवको विषय थियो । त्यसमा विचलन आएको छ । नेपाली जनताको संस्कार र संस्कृति विविधता बिचको एकता हाम्रो संस्कृति हो ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘त्यो संस्कृतिमाथि जब विचलन आउँछ, त्यसपछि संस्कार, सरकार सबै पतनको दिशातर्फ जान्छ भन्ने कुरा सरकारले बुझ्नै पर्छ । सम्पूर्ण राजनीतिक दलहरूले गम्भीर भएर बुझ्नुपर्ने आवश्यकता छ । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले कालोमोसो दल्छु भन्यो र उसैलाई कालोमोसो दल्नु पनि त्यो हाम्रो संस्कार र संस्कृतिको कुरा होइन । त्यसकारणले उत्तेजना होइन चेतना फैलाउने र आवेग होइन विवेकले काम गर्ने परम्परा टुट्दै गएको छ त्यतातिर सम्पूर्णले एकीकृत भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारको ध्यानाकर्षण गराउँदछु ।’’   उहाँले महँगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

काठमाडौँ: विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो ।    राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु(याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ ।    मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, छिरिङका सवारीचालक लोकेन्द्रकुमार पौडेल तथा निमा गुरुङलाई विपक्षी बनाइएको छ । ७३० थान भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा यसअघि पनि मुद्दा दायर भइसकेको थियो ।    मुख्य अभियुक्तलाई छाडेर अन्यलाई मुद्दा चलाइएको भन्दै संसद्मा समेत पटक पटक विरोध भएपछि प्रहरीले पुनः मुद्दा लगेको हो । मुद्दा अनुसन्धानका सिलसिलामा पूर्वसभामुख महरासँग पनि प्रहरीले सोधपुछ गरेकोमा प्रतिवादी भने कायम गरिएको छैन ।    मुद्दामा प्रतिवादी बनाइएका छिरिङ ६१ किलो सुन प्रकरणमा पनि जोडिएका छन् । अदालतको आदेशले छिरिङ पुर्पक्षका लागि थुनामा छन् । चारै जनालाई मुलुकी अपराध संहिताको दफा २५१ ९१० तथा २५२ ९२० तथा भन्सार ऐन र सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुर आकर्षित गरिएको छ ।    अभियोगपत्रमा छिरिङविरुद्ध मुलुकी अपराध संहिताको व्यवस्था अनुसार आपराधिक विश्वासघातमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिबानाको माग गरिएको छ । यस्तै भन्सार ऐनको दफा ५७ को व्यवस्था अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैदको पनि माग गरिएको छ । यस्तै सङ्गठित अपराध निवारण ऐन २०७४ को दफा ९ को खण्ड (क) बमोजिम कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम हुने सजायमा थप ५० प्रतिशत सजायको दाबी पनि अभियोगपत्रमा गरिएको छ । यस्तै रेशम महरा, लोकेन्द्रकुमार पौडेल र निमा गुरुङको हकमा कसुर तथा दुरुत्साहनमा हुने सजाय दाबी गरिएको छ ।     

काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।   आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताउनुभएको हो । उहाँले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताउनुभयो । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेको परिणाम नआउने उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट नै सिर्जना गर्‍यौँ । आयोगलाई अधिकार र जिम्मेवारी पनि दियौँ । तर आयोगबाट अपेक्षाकृत परिणाम आएन । किनकि यसको जरामै समस्या छ । यसको नियुक्तिमै समस्या छ । यसको नियुक्तिमा धेरै दलगत हस्तक्षेप र भागबन्डा भएको छ, पछिल्लो समय अदालत पनि तानिएको छ, मुछिएको छ । अख्तियारको प्रमुख स्वयंलाई आयोगको दुरुपयोग गरेको, भ्रष्टाचारको मुद्दा लागेको छ, सदस्य सचिवलाई मुद्दा लागेको अवस्था छ । कानुन नै संशोधन गर्नुपर्छ ।’   महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताउनुभयो । नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो ।   तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गोरखा:  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ  मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो ।    मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा ९माओवादी० केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।   मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ ।   पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ । रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए । गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’ जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताए । गण्डकी प्रदेशका केही जिल्लाहरु निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उनले बताए । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न संभव नभएको र भौगौलिक विकटतालेपनि पूर्वाधार निर्माण खर्चिलो भएको उनले बताए । ‘बिभिन्न देश र दातृ निकायहरुको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गती सँगसँगै लैजानुपर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहान्छौँ ।’ विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुननिर्माण सिक्न आवश्यक रहेको बताउँदै उनले भुकम्प, बाढी, पहिरो जस्ता बिपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको बताए । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताए । जापान सरकार र अन्र्तगतका दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उनले गण्डकी प्रदेश सरकारसँगपनि सहकार्य हुने विश्वास ब्यक्त गरे । जापान सरकारलेपनि नेपालसँग दिगो संम्बन्ध राख्न चाहेको उनले बताए । भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामिण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिती थियो ।

पोखरा:  नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।   गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।   बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका प्रतिनिधिबाट प्राप्त प्रतिवेदनको अध्ययन एवम् कार्यान्वयन गर्नका लागि महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ध्रुव शर्मा पगेनी र शोभा अधिकारी सदस्य रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको छ ।   त्यस्तै बैठकले यही असोज २५ गते शुवर्ण शमशेर स्मृति विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले विरेन्द्रप्रसाद मण्डलको संयोजकत्वमा लेखा समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिका सदस्यमा तेजबहादुर कुँवर र पदमबन्धु पोख्रेल रहनुभएको छ । उक्त वैठकमा वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश समितिले भाद्र २४ गते ११० औ वीपी जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रम एतिहासिक रहेको र अनुकरणीय कार्य गरेकोमा कृतज्ञता सहित बधाई ज्ञापन गरिएको थियो ।   बैठकले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग संयोजक नारायण बरालको असामयिक स्वर्गारोहण भएकोमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै इजरायलमा भएको सांघातिक हमालामा परी निधन भएका १० जना नेपाली विद्यार्थीको निधनमा शोक व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फसेका नेपालीको शीघ्र उद्धार गर्न आग्रह गरिएको छ । गण्डकीमा फैलिएको डेगुको प्रकोप नियन्त्रणका लागि बैठकले सरकारको ध्यानकर्षण गराएको छ ।   बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभयो । पार्टीको कार्यसमिति र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी रहेको बताउँदै उहाँले उहाँले पार्टीका नीति तथा सिद्धान्त अनुसार जनप्रतिनिधिहरू कृयाशिल हुनुपर्ने धारणा राख्नुभयो ।   त्यसैगरी उक्त वैठकमा सभापति शर्माले पार्टीलाई कमजोर हुने गरि कसैलेपनि जथाभावीरुपमा अभिव्यक्ति नदिनकोलागि अनुरोध गर्नुभएको थियो । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँफू पार्टी संगठनसँग निरन्तर समन्वय गर्दै अघि बढीरहेको बताउनुभयो ।   एकतावद्ध रुपमा अघि बढ्न सकेमा पार्टी बलियो बन्ने उल्लेख गर्दै उहाँले सबै मिलेर विद्यमान समस्याको समाधान गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । पार्टीको नीति तथा आदर्शमा रही जनताले अपेक्षा गरे अनुसारका कामलाई अघि बढाउने कुरा आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।   नेपाली कांग्रेस तनहुँका सभापति एवम् गण्डकी प्रदेशका अर्थ मन्त्री जीतप्रकाश आलेले पार्टीको अधिवेशनमा तल्लो तहबाटै आउनुपर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो । बैठकमा पार्टीका उपाध्यक्षद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ,  महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने लगायतले आआफ्ना धारणा राख्नुभयो । प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन महामन्त्री किरणबाबु श्रेष्ठले गर्नुभएको थियो ।   बैठकमा जिल्ला जिल्लामा खटिनुभएका प्रदेश कार्यसमितिका सदस्यले तत्तत् जिल्लाको पार्टी संगठन, गतिविधि एवम् समस्या सहित समाधानका उपाय बारे जानकारी गराउनुका साथै प्रतिवेदन पेश गरेको प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी गराउनुभयो ।