काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन र...

काठमाडौं:   नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ । 

पोखरा:   गण्डकी प्रदेश मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङ (मनाङ्गे)ले मनाङको विकाशको विकासका लागि बजेट दिन माग गरेका छन् ।    प्रदेश सांसद मनाङ्गेले गण्डकी प्रदेशमा मन्त्री पद नदिएपनि मनाङको विकासको लागि आवश्यक बजेट दिन माग गरेका हुन् ।    उनको प्रदेशको मन्त्री बन्ने मोह नरहेको स्पष्ट पारे ।        मनाङ १ (ख) बाट निर्विरोध निर्वाचित सांसद मनाङ्गेले मन्त्री बन्नकै लागि एकिकृत समाजवादी पार्टी प्रवेश गरेको हो भन्ने प्रश्नमा समाजवादीका अध्यक्ष नेपालको अनुहार हेरेर पार्टी प्रवेश गरेको तर्क गरे ।   ‘म हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको अनुहार हेरेरै समाजवादी पार्टी प्रवेश गरेको हो’, सांसद मनाङ्गेले भने, ‘प्रदेशमा कसलाई मन्त्री बनाउने भनेर केन्द्रमा तीन जनाले टुङ्गाउँछ, मलाई मन्त्री पद होइन, मनाङको विकासको लागि बजेट दिए हुन्छ ।’   उनले आफु मन्त्री नभएकोमा अनावश्यक टेन्सन नलिनसमेत आग्रह गरे ।    ‘कसलाई कहाँ मन्त्री बनाउने टुङ्गो केन्द्रले टुङ्गाउछ, मलाई किन गण्डकीमा मन्त्री बनाएनन् भनेर केन्द्रमा सोध्नुहोला’, उनले भने ‘हामीले समर्थन गरेर प्रदेशमा मुख्यमन्त्री बनाएका छौं, मलाई किन मन्त्री बनाएर भनेर अनावश्यक टेन्सन नलिनु होला, केन्द्रमा सोध्नुहोला ।’   उनले मन्त्री भएर झण्डा हल्लाउने काम मात्र भएको टिप्पणी दिएका थिए ।  

नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।   हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।   यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत  गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ ।   भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।    

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।  अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।  उनका अनुसार बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनमा दलको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।  दलका नेता तथा रास्वपा सभापति रवि लामिछाने बेलायतमा छन् । उनको अनुपस्थितिमा बैठकको अध्यक्षता कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् । 

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।  मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२:१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।

पोखराः  नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को कास्की आइपुगेको छ ।  मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली कास्की प्रवेश गरेको हो ।     ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोलीलाई कास्की र पर्वतको सिमाना नयाँपुलमा स्वागत गरिएको एमाले कास्कीका उप–सचिव एवम् प्रचारप्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।  नयाँपुलपछि अन्नपूर्ण गाउँपालिकाका नागडाँडामा स्वागत र पोखरा महानगरपालिका २५ मिलचोक हेम्जामा स्वागत एवम् भेटघाटको कार्यतालिका रहेको छ ।

काठमाडौं:    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो । “सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । “नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।” मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तक्र्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताउनुभयो । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उहाँको भनाइ थियो । “यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उहाँले जानकारी दिनुभयो । आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ थियो ।

काठमाडौं:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह सहित पार्टीको सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।  बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार बैठकले इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न  पार्टीका उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौँमा बस्ने छ ।

ढोरपाटन:    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट(चिवाभन्ज्याङ संकल्पयात्रा सुरु गरेको बताएका छन् ।  झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्राका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताए । उनले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताए। पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । अध्यक्ष ओलीले भने, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरूलाई धेरै सम्भावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने र यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरूले योजना बनाउन थालेका छौँ ।’ अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताएका छन् । मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको उनको भनाइ थियो ।