काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् । प्रदर्शनका कारण बल्खु, एकान्तकुना, सानेपा, नयाँ बाटो लगायतका क्षेत्रमा सवारी आवातजावत ठप्प भएको छ । प्रदर्शनकारी नेपालको राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका छन् । बिहान युवा संघ र प्रसाई समर्थकबीच झडप र ढुंगा हानाहान भए पनि पछिल्लो समय प्रदर्शन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताउनुभएको छ । प्राकृतिक स्रोतको समुचित प्रयोग र दिगो विकासका लागि सरकारले गरिरहेको प्रयासमा निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग रहेको उहाँको भनाइ थियो । दिगो विकासका लागि जलविद्युत् विषयक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री बस्नेतले दिगो विकासका लागि पनि ऊर्जा क्षेत्रको उत्तिकै महत्त्वपूर्ण योगदान रहने र नेपालले निर्धारण गरेको शून्य कार्बन उत्सर्जनको योजनालाई साकार बनाउन पनि यसैमा जोड दिनुपर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि पनि जलविद्युत् क्षेत्र उत्तिकै महत्त्वपूर्ण रहेको तथ्य प्रस्तुत गर्दै उहाँले सोही आधारमा सरकार सन् २०३५ सम्म थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अग्रसर रहेको उल्लेख गर्नुभयो । आन्तरिकरुपमा सहज विद्युत् उपलब्धता तथा सबैका लागि ऊर्जा भन्ने नाराका साथ काम भइरहेको र हालसम्म ९८ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच भएको उहाँको भनाइ थियो । आन्तरिक माग परिपूर्तिका साथै क्षेत्रीय बजारमा समेत नेपालको बिजुली उपलब्ध गराउने र त्यसबाट आर्थिक उपार्जन गर्ने लक्ष्य राखिएको मन्त्री बस्नेतले बताउनुभयो । नेपालको कूल उत्पादन क्षमताअनुसार विद्युत् उत्पादन, प्रसारण एवम् वितरण लाइन विस्तार गर्दै बजारको सुनिश्चितता गर्नु र लगानीमैत्री वातावरण बनाउनका लागि नीतिगत एवम् संरचनागत सुधारमा ध्यान दिइएको उहाँले स्पष्ट पार्नुभयो । यस्तै निजी क्षेत्रले उठाएको विद्युत खरिद सम्झौता (पीपीए) का विषयमा सरकार सकारात्मक रहेको र वन क्षेत्रको जग्गा प्रयोग तथा बाढीपहिरोका कारण क्षतिग्रस्त भएका आयोजना पुनः स्थापनाका लागि पनि सरकारले निरन्तर छलफल गरिरहेकाले निष्कर्षमा पुगिने मन्त्री बस्नेतको भनाइ थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०का अध्यक्ष गणेश कार्कीले सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएकाले तत्काल विद्युत् खरिद सम्झौता ९पीपीए० गर्न माग गर्नुभयो । उहाँले संसदमा विचाराधीन विद्युत् विधेयकका केही प्रावधान निजी क्षेत्रमैत्री नभएकाले त्यसमा सुधारको जरुरी रहेको बताउनुभयो । रासस
मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। आजको बैठक नियमित समेत रहेको उनले बताए।
कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा भोलि बिहीवार काठमाण्डौ आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । राज्यमन्त्री अल–मुरैखीस भ्रमण सकेर शुक्रवार काठमाण्डौबाट प्रस्थान गर्नुहुनेछ ।
काठमाडौं: नेकपा (एमाले)ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको छ । राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ । त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ ।” यसैगरी, उनले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिए । उनले भने, “मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ । यो महत्त्वपूर्ण निर्णय हो ।” सो दिन बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर पदयात्रा सुरु हुने उनको भनाइ छ । यसैगरी, जाजरकोट र रुकुमपश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रमा आवासविहीनलाई राज्यले उचित ध्यान दिन नसकेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको पनि उनले बताए ।
नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडिओ फैलाइएको बताएको छ। भक्तपुरको एक पार्टी प्यालेसबाट मंगलबार बेलुकी बास बसिरहेका महिलाहरूलाई निकालिएको घटनामा आफ्नो संगठनको नाम मुछिएपछि युवा संघले प्रष्टिकरणसहित बुधबार विज्ञप्ति जारी गरेको छ। संघका अध्यक्ष क्षितिज थेवेले आफूहरूले संविधान र विधिको शासनलाई स्वीकार गर्ने बताउँदै लोकतान्त्रिक मूल्य मान्यता र आचरणसहित आफूहरूले गतिविधि गरिरहेको उल्लेख गरेका छन्। ‘मंसिर ७ गते आयोजना गरिने युवा(विद्यार्थी विशेष कार्यक्रमलाई विथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गरिरहेको हामीले आशंका गरिरहेका छौं। घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौं। यस्ता खालको कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता खालका गतिविधि नगरिएको जानकारी गराइन्छ,’ उनले भनेका छन्। यस्तै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त घटनामा आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तीमा ‘भ्रष्टाचार, अनियमितता नियन्त्रणमा सरकारको अकर्मन्यता तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने गतिविधिहरु विरुद्ध युवा विद्यार्थी विशेष प्रदर्शनको सम्मुखमा महिला आमा दिदीबहिनीहरु माथि भएको अमानवीय र अशोभनिय ज्यादतीको भिडियो सामाजिक संजालमा आइरहेकोमा उक्त मानवता विरोधि कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छौं।’ उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोहि भए पनि कानूनबमोजिम कडा कारबाही अगाडि बढाउन अनेरास्ववियु माग गरेको छ।
काठमाडौं: पछिल्लो समय बैंक तथा बित्तीय संस्थाबाट लिएको रिन तिर्न नसकेर उल्टै विरुद्धमा अभियान चलाउँदै हिँडेका दुर्गा प्रसाइका समर्थकमाथि अघिल्लो रात दुव्र्यवहार भएको छ । प्रसाइले आज राजधानीमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’मार्फत शक्ति प्रदर्शन गर्दैछन् । सोही प्रदर्शनमा भाग लिन देशका विभिन्न स्थानबाट आएका समूह राजधानी प्रवेश गरेका छन् । सोही समूहअन्तरगत भेला भएका महिलाहरुको एक समूहमाथि रातको समूहमा दूव्र्यवहार भएको हो । महिलाहरुलाई सुतिरहेकाबेला उठाउँदै जबर्जस्ती घर फर्काउने प्रयास भएको हो । प्रसाइ समर्थितलाई मध्यरातमा उठाएको दृश्य बुधबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफूलाई नेकपा एमाले समर्थित राष्ट्रिय यूवा संघका कार्यकर्ता भन्ने समूहले जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको देखिन्छ । ‘जहाँबाट आएको हो उतै फर्कनुस्’ मध्यरातमा धम्कीपूर्ण शैलीमा भनिएको छ । उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको आलोचना सुरु भएको छ । सञ्जालमा उक्त घटनाको आलोचना गर्दै कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाइको कदम ठिक भएको भन्दै कार्यक्रमलाई थप सहयोग गर्ने समेत बताएका छन् । ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु स्वाभाविक हो, तर मध्यरातमा सुतिरहेकालाई कुनै पनि चाहानामा हस्तक्षेप गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा प्रवीण कार्की लेख्छन्, ‘यसले अन्ततः द्वन्द्वलाई बढावा दिन्छ ।’ ‘म दुर्गा प्रसाइको पक्षमा हैन, छैन पनि, तर यो ज्यादती विरुद्ध उभिनै पर्ने देखियो,’ सामाजिक सञ्जालमा सदिच्छा कार्की लेख्छिन्, ‘उनको कार्यक्रममा सहयोग गर्न तयार छु ।’ सञ्जालमा युवा संघको चौतर्फी विरोध र आलोचना भएपछि संघले भने उक्त हर्कत नगरेको दाबी गरेको छ । उक्त घटनापछि संघका प्रवक्ता निरोज पौडेलले बिहीबार बिहान खण्डन गरेका छन् । युवा संघको खण्डन ‘हामी अमानवीय काममा लाग्दैनौ, समाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिदैँनौ । हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौं, त्यसपछिसाथीहरु आफ्नो स्थानमा जानुभएको छ । अहिले प्रहरीले भनेपछि यो घटना थाह पाए, मैले र्यालीमा भेट हुुने वातावरण नहोस भनेको थिए । यस्तो भए रुट डाइभर्ट गरिदिनु भनेको थिए, हामीले हिजो साँझ सांकेतिक विरोध गरेका हौ । हाम्रा साथीहरुले यस्तो अमानवीय हर्कत गर्दैनन्, हामी पनि यो घट्नामा छानवीन गरिरहेका छौ, घुसपैठ भएको हुनसक्ने आशंका भएका छन् । हामी आफै सिरिसय भएर छानबिन गरिरहेका छौ, महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन । प्रहरीले पनि छानबिन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं ।’ – अध्यक्ष, क्षितिज थेबे त्यस्तै, संघका प्रवक्ता निरोज थेबेले पनि खण्डन गर्दै ‘राती ११ बजेसम्म हामी युवा संघको कार्यालयमा रहेका छौ, हाम्रो नाममा यस्तो कसैले ग¥यो कि भन्ने आशंका छ, हामीलाई बद्नाम गर्न यसो गरियो, बास बसेको चरीलाई त कसैले केही गर्नु हुँदैन भन्ने मान्यता रहेको छ, हामीसँग पनि मानवता छ, मानवता विरुद्ध कोही कसैले यस्तो गरेको हुनुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपीडितका समस्या समाधान गर्न राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको पोखरेलले बताए।
नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ। जडिबुटीस्थित एक ब्याङ्क्वेटमा बस्ने केन्द्रीय समिति बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ। नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्। गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।