माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभाको उम्मेदवार
काठमाडाैं | पुस २२, २०८०
तस्बिर फाइल
काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सत्ता गठबन्धनको आज बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो । सोही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ सिट परेको थियो । सत्तागठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।
राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

