मन्त्री पद होइन बजेट चाहिएको छ: सांसद गुरुङ (भिडियोसहित)

पाेखरा | मंसिर २८, २०८०

मन्त्री पद होइन बजेट चाहिएको छ: सांसद गुरुङ (भिडियोसहित)

पोखरा:   गण्डकी प्रदेश मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङ (मनाङ्गे)ले मनाङको विकाशको विकासका लागि बजेट दिन माग गरेका छन् । 

 

प्रदेश सांसद मनाङ्गेले गण्डकी प्रदेशमा मन्त्री पद नदिएपनि मनाङको विकासको लागि आवश्यक बजेट दिन माग गरेका हुन् । 

 

उनको प्रदेशको मन्त्री बन्ने मोह नरहेको स्पष्ट पारे । 

 

 

 

मनाङ १ (ख) बाट निर्विरोध निर्वाचित सांसद मनाङ्गेले मन्त्री बन्नकै लागि एकिकृत समाजवादी पार्टी प्रवेश गरेको हो भन्ने प्रश्नमा समाजवादीका अध्यक्ष नेपालको अनुहार हेरेर पार्टी प्रवेश गरेको तर्क गरे ।

 

‘म हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको अनुहार हेरेरै समाजवादी पार्टी प्रवेश गरेको हो’, सांसद मनाङ्गेले भने, ‘प्रदेशमा कसलाई मन्त्री बनाउने भनेर केन्द्रमा तीन जनाले टुङ्गाउँछ, मलाई मन्त्री पद होइन, मनाङको विकासको लागि बजेट दिए हुन्छ ।’

 

उनले आफु मन्त्री नभएकोमा अनावश्यक टेन्सन नलिनसमेत आग्रह गरे । 

 

‘कसलाई कहाँ मन्त्री बनाउने टुङ्गो केन्द्रले टुङ्गाउछ, मलाई किन गण्डकीमा मन्त्री बनाएनन् भनेर केन्द्रमा सोध्नुहोला’, उनले भने ‘हामीले समर्थन गरेर प्रदेशमा मुख्यमन्त्री बनाएका छौं, मलाई किन मन्त्री बनाएर भनेर अनावश्यक टेन्सन नलिनु होला, केन्द्रमा सोध्नुहोला ।’

 

उनले मन्त्री भएर झण्डा हल्लाउने काम मात्र भएको टिप्पणी दिएका थिए ।


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्