पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । ...

पोखरा:    रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई  सहसंयोजकको जिम्मेवारी दिइएको छ । आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो ।  रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । 

पोखरा:     पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउनुुभयो ।   स्थानीय तहका विवादमा सिधै अदालत पुग्दा पैशा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलाप मार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भुमिका खेल्ने बताउनुुभयो । उहाँले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराउनुुभयो । न्यायिक समितिका सदस्य कालिदास पोखरेलले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुुभयो । वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदासले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउनुुभयो । उहाँले आफनै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गर्नुभयो । वडा मेलमिलापकर्ता संयोजक बसन्त कतिलाले वडाभित्रका विवाद समाधान गर्न आफनो तर्फबाट भुमिका खेल्ने बताउनुुभयो ।  न्यायिक समितिले महागनरका ३३ मध्य चार  वटामा मेलमिलाप केन्द्र स्थापना हुुन सकेको थिएन ।  न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ । 

पोखरा:   पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् ।  पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य पछ्याएको बालमन्दिरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र एक सय रन मात्र बनाउन सक्यो ।  बालमन्दिरका सुन्दर मगर २३ र सुमन अधिकारीले २१ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । बलिङमा मदरल्यान्डका अर्पित पौडेलले २ विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।  मदरल्यान्डका दशरथ सुवेदीले सर्वाधिक २६ रन जोडे । सन्दीप विकले २२ र किरण पौडेलले १८ रनको योगदान दिए । बालमन्दिरका मदन ढुंगाना, आदित्य देवकोटा र सागर आचार्यले २–२ विकेट लिए । मदरल्यान्डका दशरथ सुवेदी प्लेयर अफ द म्याच घोषित भए ।  आइतबार नै भएको दोस्रो खेलमा कास्की मोर्डनाइजले छोरेपाटन माविलाई ४७ रनले पराजित गरेको हो ।  कास्की मोर्डनाइजले दिएको ११४ रनको लक्ष्य पछ्याएको छोरेपाटन मावि १३ ओभर ३ बलमा ६६ रनमा समेटिएको हो । छोरेपाटनलाई सस्तोमा समेट्न कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवरले सर्वाधिक ४ विकेट लिए । नर्मत सुवेदीले ३ विकेट लिए । ब्याटिङमा छोरेपाटनका तिलोचन सुवेदीले सर्वाधिक १६ रन बनाए । अन्य ब्याटरले क्रिजमा टिकेर खेल्न सकेनन् ।  यसअघि पहिला ब्याटिङ गरेको कास्की मोडनाइजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । कास्की मोडनाइजका लागि कप्तान सोहिल कुँवरले ६८ र मन्जित थापाले १४ रन जोडेका थिए ।  बलिङमा छोरेपाटनका प्रसान्त भण्डारीले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवर प्लेयर अफ द म्याच चुनिए ।  बि बग ईभेन्ट्सको आयोजनामा तथा एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् ।  उपाधि प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

पोखरा:    आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो ।  स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास कोर्टमा प्रतियोगिता हुनेछ ।  प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तृतीय हुने दुई जनाले २÷२ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । पोखरा रंगशालास्थित कोर्टमा गएर वा स्क्वास राकेट एसोसिएसन कास्कीको फेसबुक पेजमा गएर त्यहाँ राखिएको लिंकमार्फत गुगल फारम भर्न सकिने एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । आगामी १६ फागुनसम्म फारम भर्न सकिने छ । प्रतियोगितामा चार वटा विधामा ७० जना खेलाडी सहभागी हुने अनुमान छ ।  के हो स्क्वास ? स्क्वास इन्डोर गेम हो । यसमा ¥याकेटको सहायताले रबर बललाई अगाडिको भित्तामा हानिन्छ । शारीरिक सक्रियता बढी हुने भएकाले यो खेल २० मिनेट खेल्नु र एक घण्टा दौडनु बराबर भएको मानिन्छ ।  सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो । बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारीशमशेर राणाले यो खेल नेपाल भित्र्याएका थिए । सन् १९८८ मा नेपाल स्क्वास तथा ¥याकेट संघ राखेपमा दर्ता भएको थियो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेल नेपालमा अन्य ¥याकेट खेलसरह स्थापित हुन सकेको छैन ।  पोखरामा पनि स्क्वास खेल्न रंगशालाभित्र दुई वटा कोर्ट छन् । यो खेललाई चिनाउन प्रतियोगितापछि विद्यार्थीसम्म पुग्ने र खेलाडी उत्पादनमा जोड दिने अध्यक्ष पालिखेले बताए ।   

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको कामना टोल बिकास संस्थाले पत्रकार एमबी आस्था मगर सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।  कामना टोल विकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारि संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ , सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेका भित्री सडकको स्तरोन्नतीमा ध्यान दिदा अमरसिंह देखी कालिका स्कुल र हिमालय बैंक देखि वडा कार्यालय सम्मको सडक अलपत्र परेको बताए । आगामी वर्षभित्रमा उक्त सडकको स्तरोन्नती गर्ने उनको प्रतिवद्धता रहेको थियो । यसैबिच संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पुनः कृष्ण बहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन ।  संस्थाको उपाध्यक्षमा जिवन वराल, सचिवमा डिल बहादुर कार्की, कोषाध्यक्षमा चन्द्र प्रसाद गुरुङ र सह कोषाध्यक्षमा सुक बहादुर गुरुङ निर्वाचित भएका छन । त्यसैगरी संस्थाको सदस्यहरुमा उमादेवी प्रधान, हुम कुमारी गुरुङ, डायमण्ड हमाल, रुद्र प्रसाद गुरुङ, राम प्यारी गुरुङ र राधा गुरुङ निर्वाचित भएका छन । 

पाेखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेर जर्मन नागरिकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा जर्मनी नागरिक पिया रहेका छन् ।   पिया मिर्सा झर्ने क्रममा हिजो बेलुकी (शनिबार) लडेर रुखमा अड्किएका थिए ।   पियाको शव आज बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखबाट निकालेर पोखरा ल्याएको छ ।    सँगै घुम्न गएका उनका अमेरिकन साथीले पिया लडेको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई कास्की प्रहरीले नियन्त्रणमा राखेको छ ।  

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज  फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बिच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्त्रण गरेका हुन् ।  मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउदै आएका छन् । अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गर्दै अक्षकोषको शुरुवात गरेका थिए । रकम हस्तान्त्रण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो ।  यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्बीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्त्रण गरे ।   

पोखरा:   पोखरामा ५ लाख बढीको अवैध सामानसहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई बागलुङ बसपार्कबाट विल नभएका अवैध सामानसहित बिहीबार प्रकाउ गरेको हो ।  कास्कीको माछापुच्छ«े गाउँपालिका घाचोक भई पोखरा–४ बागलुङ बसपार्कमा घर भाडामा लिएर स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका मालसामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:     ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नारासहित क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार“ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु,“स्व. घनबहादुर स्मृति पुरस्कार“ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार“ कलाकार मनबहादुर तमु (माधव), “लालशोभा उत्कृष्ट आमा अवार्ड“ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमु र “उच्च शिक्षा पुरस्कार“ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।  यस्तै “खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो भने विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुको तर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।  कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो ।  ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो भने प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको क्रियाशिल रहेको बताउनुभयो। उहाँले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र कार्यक्रम सञ्चालन सचिव कञ्चन गुरुङ, विद्यार्थी समितिका सचिव कविता तमु र सह–सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो।