पोखरा:   तेन्जेन रोका मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । ...

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ। मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो । मंगलबार बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएको छ ।  

पोखरा:     पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।  पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।  यस अघि कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले रगतको अभावमा कुनै पनि नागरिकको ज्यान नगुमोस् र कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याको कारण रगतको अभाव नबन्न पर्याप्त रगतको व्यवस्थापनमा यस प्रकार कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।    महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले रक्तदान कार्यक्रम मानवीय सेवाका दृष्टिकोणले अति आवश्यक र महत्त्वपूर्ण भएको बताए ।  स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहित जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो । 

पोखरा:     पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरिएको छ ।  पोखरा महानगरपालिका वडा नं. १९ को लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।    रु २ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १।२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।  खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।

पोखरा:    गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए ।  ‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’ उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए ।  गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे ।  ‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’ उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे ।  माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए ।  गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए ।  कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए ।   

पोखरा:     फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको छ ।  पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं।को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आएका छन् । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अव उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए । फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम गरिरहेको छ ।  यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु १० हजार जरिवाना गरेको छ ।

पोखरा:   पर्स्याङ स्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विहीबार बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् । बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे । ‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा। पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’ प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए । विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए । कार्यक्रममा अदिति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए । कक्षा नौका छात्र सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा रस्मिता श्रेष्ठले स्वागत तथा छात्र अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा नौ कै छात्रछात्रा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।  

पोखरा:    ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई  सम्मान गरिएको छ ।  महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो ।   पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो ।  महिला दिवस फागुन २५ गते शुक्र्रबार भएपनि शिबरात्री पर्वका कारण विदा परेकाले बिहिबार उद्यमी महिलालाई सम्मान गरेर मनाइएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा २४ मा रहेको पुप्पा पशुपालन तथा कृषि कर्फका पृष्पा कार्की, पोखरा १६ रहेको श्रीसम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो । त्यस्तै पोखराभित्रसंचालन भएका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रबत्ता मोतीलाल तिम्सीना, पोखरा वडा नम्वर २ का वडा अध्यक्ष दिवसमान प्रधानांग, पोखरा १७ का वडा अध्यक्ष राधिका शाहि योगी, पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँ, कार्यपालिका सदस्य भिमकुमारी पुन, कार्यपालिका सदस्य मन्दिरा गौतम, निर्मला पौडेल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले नगद ५ हजार, सम्मापनपत्र र खाँदाले सम्मान गर्नुभयो । यसअधि कार्यक्रमको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उहाँले नेपालका राजनीतिक परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै महिला र पुरुषवीचको असमानता अन्त्यका लागि हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिम्सीना, वडा नम्वर १७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा प्रज्ञाप्रतिष्ठानका निर्वतमान कुलपति पदमराज ढकाल लगायतले नेपाली राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै समानताका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।   

पोखरा:   हरियोखर्क अस्पतालमा ३ दिने आधारभूत कुष्ठरोग तालिम प्रदान गरिएको छ । सामुदायिक आउट रिच परियोजना हरियोखर्क अस्पताल आइ एनएफ नेपाल र स्वास्थ्य कार्यलय कास्कीको आयोजनामा कार्यक्रम भएको परियोजनाका आउट रिच म्यानेजर ताराहाङ तावाले जानकारी दिए। समुदायका कुष्ठरोग पत्ता लागाउने,उपचार गर्ने,अपाङ्गता हुनबाट बचाउने र समयै उपचार गराउन स्वस्थ्यकर्मिहरुलाई सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको तावाले बताए । फागुन २२ बाट २४ गते सम्म आयोजना भएको तालिमा क्षयकुष्ट फोकल पर्सनहरु कास्की जिल्लाका २० ,कपिलवस्तुका ५ र हरियोखर्क अस्पतालका ७ जनाको सहभागिता रहेको थियो ।  जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले तालिमले स्वास्थ्कर्मीहरुलाई समुदायमा क्षय,कुष्ठरोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्न उनको आग्रह थियो । तालिम सहजकर्ताहरु कास्की जिल्लाका क्षयकुष्ठ अधिकृत लक्ष्मण बस्यौला,आइ एनफए हरियोखर्कका डा.सुमन तामाङ्ग,स्वास्थ्य तालिम केन्द्र गण्डकीका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारी,छाला रोग बिशेषज्ञ डा.नम्रता बस्नेत,प्रकाश कार्की,रमेश शर्मा,सुरज महर्जन,शारदा रानाभाट,फिजियो थेरापिष्ट सुरविर सुर्यवस्ती,प्रेम बस्याल,काउनसिलर रुथ परियार,अकुपेशन थेरापिष्ट दोरोथी दास लगाएत रहेका थिए ।